कानूनी बाटोबाट राज्यबाट प्रदत्त सेवा, सुविधा र अधिकार उपयोग गर्ने क्रममा अनावश्यक बाधा, व्यवधान र बन्देज खडा भयो भने नागरिक तथा सेवाग्राहीले गैरकानूनी बाटो समात्न पुग्छन् । यसरी कानून तोड्नेहरूको सङ्ख्या बढी भए मुलुकमा अराजकता, अनुशासनहीनता, भ्रष्टाचार र दण्डहीनताको शृङ्खलाले उकालो चढ्नेछ । यसो भएमा राज्यको कानूनलाई रद्दीको टोकरीमा मिल्काउँदै अव्यवस्था सृजना हुने र त्यसको फलस्वरूप जनमानसमा असन्तुष्टि एवं आक्रोश दन्किएर एकदिन राज्यव्यवस्थाविरुद्ध नै केन्द्रित हुन पुग्नेछ । बेथितिहरूलाई प्रारम्भमा नै नियन्त्रण गर्न नसके समय बितेपछि पछुताउनुको विकल्प बाँकी रहँदैन ।
मुलुक जनताले तिरेको करबाट चलिरहेको हुन्छ । मुलुकको आर्थिक मेरुदण्ड राजस्व हो । उद्योगी, व्यापारी, कृषक, कर्मचारी, विद्यार्थीलगायत विभिन्नरूपबाट जनताले राज्यलाई कर बुझाइरहेका हुन्छन् । करदाता जनता
राज्यलाई बुझाएको कर राज्यको ढुकुटीसम्म सहजरूपमा पुगोस् भन्ने चाहन्छन् । कर तिरेर आफ्नो व्यवसाय तथा सेवाप्रति आफू ढुक्क हुने चाहना हरेक नागरिकको हुन्छ । तर, कानूनी बाटोबाट सहजरूपमा आउने राजस्वलाई बीचैमा व्यवधान खडा गरी गलत बाटो प्रयोग गर्न बाध्य पार्ने गिरोह मुलुकमा धेरै पहिलादेखि सक्रिय छ । यस्ता गिरोहमा जुनसुकै व्यक्ति, एकाइ तथा अधिकारीहरू भएपनि ती राज्यव्यवस्थाका शत्रु हुन् । आज हाम्रो मुलुकको आर्थिक मेरुदण्डलाई धराशयी पारी राज्यव्यवस्थालाई असफल पार्ने यही मुलुकका प्रहरी र प्रशासनिक एकाइका केही भ्रष्ट व्यक्तिहरूले खलनायकको भूमिका खेलिरहेका छन् ।
भन्सारले शिलबन्दी गरेको ट्रकमा राजस्व अनुसन्धानले चेक गर्दा प्रज्ञापनपत्रभन्दा दोब्बर सामान फेला पर्यो । राजस्व अनुसन्धानले दण्डित गरेर छाडेको ट्रकमा सोही राजस्व अनुसन्धानको अर्को एकाइले चेकजाँच गर्दा अझ बढी सामान फेला पर्यो । तस्करीमा संलग्न व्यापारीहरूले प्रहरी र प्रशासनलाई रकम दिन भन्सार छली गर्न बाध्य भएको बताएका छन् । व्यापारीको गुनासोलाई एक कानले सुनेर अर्को कानले उडाउनु वा मजाक बनाउनुभन्दा पनि राज्यले गम्भीरताका साथ लिनुपर्ने अवस्था आइसकेको छ । भन्सार र राजस्व अनुसन्धानले शिलबन्दी गरेको ट्रकमा समेत राजस्व छलीको सामान फेला पर्नुले भ्रष्टाचारको सञ्जाल संस्थागत भइसकेको कुरालाई पुष्टि गरेको छ । राजस्व छली नगर्ने व्यापारीलाई ठाउँ–ठाउँमा प्रहरीले रोकी चेकजाँचको बहानामा दुस्ख दिने, कैंयन दिन लगाइदिने र ठाउँ–ठाउँमा सामान लोड अनलोड गर्दा ट्रकभाडा एवं मजदुरी खर्च वृद्धि हुने, मालसामान खराब हुने साथै मागबमोजिम समयमा सामान पुर्याउन सम्भव नहुनेलगायतका समस्या व्यापारीहरूले झेल्नुपर्ने हुन्छ । प्रतिस्पर्धात्मक बजारमा यसरी व्यापार गर्न सम्भव छैन । यो अवस्थामा सजिलो तरिका प्रहरीलाई पैसा खुवाउनु र अगाडि बढ्नु हो । त्यही पैसाका लागि राजस्व छलीतर्फ व्यापारीहरू उद्दत छन् । राज्यले प्राप्त गरेको राजस्वभन्दा कैंयन गुणा बढी रकम चुहावट भइरहेको प्रष्ट छ । हिजोका दिनमा भन्सार बिन्दुभन्दा दायाँ–बायाँबाट हुने राजस्व चोरी आज भन्सार, प्रहरी र राजस्व अनुसन्धानसमेतको संलग्नतामा भइरहेको छ । अझै पनि राज्य मौन रहने र संलग्न दोषीहरूमाथि कडा कारबाई गर्न चुक्ने हो भने भोलिका दिनमा राजस्वका सबै प्रणालीहरूलाई भ्रष्टाचाररूपी धमिराले नष्ट पार्नेछन् । अर्थतन्त्रमा धमिरा लागेको मुलुकमा जुनसुकै शासन व्यवस्था भएपनि टिक्न गार्हो हुनेछ ।