–समीर पाख्रिन
पर्सा जिल्लाको शान्ति, सुरक्षा, अमनचैनमा
सुखद भविष्यको नयाँ पालुवा पलाएको देखिन्छ
अब फल लागोस्, लटरम्म चौतर्फी विकासको
मेरो नववर्षको शुभकामना ।
उद्योग–धन्दा, बजार, व्यवसाय फस्टाऊन् दुबोसरि
बगोस् समृद्धिको धारा घरघरमा
मेरो नववर्षको शुभकामना ।
मिलोस् समान हक अधिकार नयाँ बन्ने संविधानमा सबैले
कसैले कम बेस भन्ने मौका नपाऊन्
मेरो नववर्षको शुभकामना ।
जाति, धर्म, रीतिरिवाज फरक भए तापनि जिल्लावासीको
‘हामी नेपाली हौं’ भन्ने भावना सबैमा अटल रहोस्
मेरो नववर्षको शुभकामना ।
फोहोर मैला, विकृति, कुरीति टोलटोलबाट हटोस्
बनोस् पर्सा जिल्ला भविष्यमा सुन्दर, सफा, हराभरा
मेरो नववर्षको शुभकामना ।
लालायित होस्, सुन्नेहरु सबै जुटोस्
हेर्न एक झलक बदलिंदो यो पर्सा जिल्ला
मेरो नववर्षको शुभकामना ।
जुर्मुराऊन् थकित र निराश करकलमहरु
सिर्जनाका ढकमक्क फूलहरु फूलोस् चारैतिर
मेरो नववर्षको शुभकामना ।
हत्या–हिंसा, बन्द, हडतालको मानसिकता त्यागी
लागून् पर्सावासी काँधमा काँध मिलाई विकासमा