Posts

Showing posts from April, 2012

वीरगंज भन्सारद्वारा विशेष चेकजाँच सुरु

प्रस, वीरगंज, १८ वैशाख/     वीरगंज भन्सार कार्यालयबाट कारोबार गर्दै आएका ट्रान्सपोर्ट कम्पनीहरूमध्ये शड्ढास्पद र बदनामी कमाएका कम्पनीहरूमाथि भन्सारले चेकजाँच तीव्र पारेको छ ।     वीरगंज भन्सार कार्यालयले केही महिनादेखि विभिन्न ट्रान्सपोर्ट कम्पनीका नाममा छुटेका शिलबन्दी ट्रकहरूबाट भन्सार प्रज्ञापनभन्दा बढीको सामान फेला परेपछि तस्करीमा भन्सारको नाम जोडिएकोमा चेकजाँच कडा पारिएको हो । वीरगंजबाट तस्करी गर्दै आएका समूहले ट्रान्सपोर्ट कम्पनीहरू सञ्चालन गरी भन्सारलाई समेत मिलाइ मुख्य नाकाबाटै तस्करी सुरु भएका समाचारहरू अहिले चर्चामा छ ।      वीरगंज भन्सारले आइतवारबाट एकजना अधिकृतसहित आधा दर्जन जाँचकी सम्मिलित टोली खटाइ शड्ढास्पद र आरोपित ट्रान्सपोर्ट कम्पनीहरू र व्यापारीहरूको मालसामानमा चेकजाँच तथा निगरानी बढाएको छ ।     वीरगंज भन्सारबाट माँ शक्ति ट्रान्सपोर्ट, रामरहिम, अशोक, पशुपति र हालका दिनमा सबैभन्दा बढी बदनाम विनोद रोडवेजका ट्रकहरू कडाइका साथ चेकजाँच भइरहेको छ ।     भन्सारबाट शिलबन्दी गरी छुटेको ना. ३ ख १८८४ नम्बरको ट्रकबाट पथलैयामा प्रज्ञापनभन्दा ११ लाख बढीको मालसामान फेला परेको र

समग्र मधेस एक प्रदेशको माग फोरम नेपालद्वारा वीरगंजमा लाठी जुलुस

Image
प्रस, वीरगंज, १८ वैशाख/     मधेसी जन अधिकार फोरम नेपाल पर्साले आज वीरगंजमा लाठी जुलुस प्रदर्शन गरेको छ ।     समग्र मधेस एक प्रदेशको माग राख्दै संविधानमा सोअनुसार व्यवस्था नगरे संविधान स्वीकार्य नहुने भन्दै फोरम नेपालले सुरु गरेको प्रथम चरणको आन्दोलन अन्तर्गत आज देशव्यापीरूपमा विरोध कार्यक्रम सञ्चालन भएको छ ।     वीरगंजको घण्टाघरबाट निस्केको लाठी जुलुस नगर परिक्रमा गर्दै सोही ठाउँमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी फोरम कार्यकर्ताहरूले समग्र मधेस एक प्रदेश हुनुपर्ने नाराबाजी गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै फोरम पर्साका अध्यक्ष प्रदीप यादव र महिला फोरमकी केन्द्रीय उपाध्यक्ष मिनी सिंहले समग्र मधेस एक प्रदेश संविधानमा व्यवस्था नगरिए आन्दोलनलाई जारी राख्ने बताए । उनीहरूले मधेस आन्दोलनको भावनाविपरीत कुनै पनि प्रकारको सम्झौता आफ्नो पार्टीले नगर्ने जानकारी गराएका थिए ।

राजस्वमा धमिरा

    कानूनी बाटोबाट राज्यबाट प्रदत्त सेवा, सुविधा र अधिकार उपयोग गर्ने क्रममा अनावश्यक बाधा, व्यवधान र बन्देज खडा भयो भने नागरिक तथा सेवाग्राहीले गैरकानूनी बाटो समात्न पुग्छन् । यसरी कानून तोड्नेहरूको सङ्ख्या बढी भए मुलुकमा अराजकता, अनुशासनहीनता, भ्रष्टाचार र दण्डहीनताको शृङ्खलाले उकालो चढ्नेछ । यसो भएमा  राज्यको कानूनलाई रद्दीको टोकरीमा मिल्काउँदै अव्यवस्था सृजना हुने र त्यसको फलस्वरूप जनमानसमा असन्तुष्टि एवं आक्रोश दन्किएर एकदिन राज्यव्यवस्थाविरुद्ध नै केन्द्रित हुन पुग्नेछ । बेथितिहरूलाई प्रारम्भमा नै नियन्त्रण गर्न नसके समय बितेपछि पछुताउनुको विकल्प बाँकी रहँदैन ।     मुलुक जनताले तिरेको करबाट चलिरहेको हुन्छ । मुलुकको आर्थिक मेरुदण्ड राजस्व हो । उद्योगी, व्यापारी, कृषक, कर्मचारी, विद्यार्थीलगायत विभिन्नरूपबाट जनताले राज्यलाई कर बुझाइरहेका हुन्छन् । करदाता जनता राज्यलाई बुझाएको कर राज्यको ढुकुटीसम्म सहजरूपमा पुगोस् भन्ने चाहन्छन् । कर तिरेर आफ्नो व्यवसाय तथा सेवाप्रति आफू ढुक्क हुने चाहना हरेक नागरिकको हुन्छ । तर, कानूनी बाटोबाट सहजरूपमा आउने राजस्वलाई बीचैमा व्यवधान खडा गरी गलत बा

समृद्ध नेपालको परिकल्पना

Image
- ई. गोपाल श्रेष्ठ  नेपालको दशवर्षे द्वन्द्व समाप्त भएपछि सबैभन्दा चुनौतीपूर्ण काम शान्तिप्रक्रिया टुङ्ग्याउने र संविधाननिर्माण गर्ने थियो । जुन काम एमाओवादी नेतृत्वको वर्तमान सरकारले गत चैत २८ गते एउटा ऐतिहासिक र साहसिक निर्णयको साथ माओवादी लडाकू र उनीहरूसँग रहेका हतियारहरू सरकारको मातहत अर्थात् नेपाली सेनाको जिम्मा लगाएपछि देशमा शान्तिप्रक्रियाको काम सम्पन्न भयो । तत्पश्चात् संविधाननिर्माणको काम पनि प्राथमिकताका साथ अगाडि बढिरहेको छ । माओवादी लडाकूहरू नेपाली सेनाको ‘चेन अफ कमान्ड’ मा आइ शान्तिप्रक्रियाले अर्को मोड लिइसकेको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा चैत २८ को ऐतिहासिक निर्णयको सम्झना गर्दै प्रधानमन्त्री स्वयंले चैत ३० गते देशवासीको नाममा गरेको सम्बोधनमा ‘शान्तिप्रक्रिया फेरि पछाडि फर्कने छैन’ भनेर आमजनतालाई विश्वस्त पारेका थिए । यसरी शान्तिप्रक्रियाको कामले अप्रत्यासितरूपमा सफलता प्राप्त गरी संविधाननिर्माणको काम सुरु भए लगत्तै राजनीतिक दलका नेताहरूबीच फेरि अर्को चुनौती थप भएको छ । त्यो चुनौती हो, राज्य पुनर्निर्माण र शासकीय स्वरूपको विषय । दलहरूबीचको सहमति, असहमति एवं मतभिन्नता

माओवादीको दश प्रदेशमा मधेसको दृष्टिकोण

Image
- अधिवक्ता वीरेन्द्र प्रसाद यादव सङ्घीय संविधान जारी हुनमा एक महिनाभन्दा कम समय बाँकी रहेको बेला सरकारको नेतृत्व गरिरहेको सबैभन्दा ठूलो पार्टी एमाओवादीले नक्साड्ढन र सीमाड्ढनको आधार बताउँदै दश प्रदेशको खाँका प्रस्तुत गरेको छ भने बाँकी दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमालेले सात प्रदेशको खाँका प्रस्ताव गरेका छन् । तीनवटै शक्तिको उपरोक्त खाँका न्यायोचित छ कि छैन त्यो बहसको विषय हुनसक्छ तर एउटा कुरा के स्पष्ट छ भने तीनवटै दल जेठ १४ मा सङ्घीय संविधान जारी गर्ने पक्षमा छैनन् । साँच्चिकै सङ्घीय संविधान जारी गर्ने ध्येय भए तीनवटै दल यति कम अवधिमा विवादास्पद खाँकाको पक्षमा उभिने थिएनन् । प्रमुख चार शक्ति सहमतिद्वारा तय गरेको सातदेखि नौ प्रदेशमा पनि सहमत नहुनु र चारवटै शक्तिको प्रतिनिधिद्वारा तयार भएको संवैधानिक राज्य पुनर्संरचना समितिको प्रतिवेदनमा पनि सहमत नहुनु भनेको सङ्घीयतालाई टालटुल गर्नु मात्र हो । संविधानले अधिकार प्रदान गरेको आयोगको प्रतिवेदनलाई बेवास्ता गर्देै आफ्नै मनपरी प्रस्ताव गर्दै हिंड्नुले राजा जस्तै संविधानभन्दामाथि रहने मानसिकता ती दलका नेताहरूले अझै त्यागेका छैनन् । ती

भन्सारको मिलिभगतमा तस्करी

Image
प्रस, वीरगंज, १७ वैशाख/     तस्कर समूहले भन्सारबाटै तस्करी गर्दै आइरहेको प्रमाणहरू फेला परेको छ । भन्सार कार्यालयबाट छुटेका ट्रकहरू पक्राउ पर्दा सो ट्रकबाट भन्सार प्रज्ञापनभन्दा बढी परिमाणका मालसामानहरू फेला पर्न थालेपछि भन्सारबाटै तस्करी हुने गरेको रहस्य खुलेको हो ।     पर्सा, बारा, रौतहट, सर्लाही, जनकपुरलगायतका ठाउँमा रहेका विभिन्न नाकाहरूबाट भन्सार छलेर तस्करी सञ्चालन गर्दै आएका गिरोहले यता केही वर्षदेखि भन्सार कार्यालयबाट तस्करी सुरु गरेको स्रोतले बताएको छ । पछिल्लोपटक वीरगंज भन्सारबाट छुटेको  ग. १ ख ३३२४ नम्बरको ट्रकलाई इप्रका पशुपतिनगर मकवानपुर अन्तर्गत रातोमाटो प्रहरी चौकीले पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएकोमा सो ट्रक चेकजाँच गर्दा मूल्याड्ढनभन्दा २७ हजार बढीको मालसामान फेला परेको थियो ।     त्यस्तै गौर भन्सारबाट छुटेको ना. २ ख १७० नम्बरको ट्रकबाट राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल एकाइ कार्यालय पथलैयाले भन्सार मूल्याड्ढनभन्दा ९७ हजार बढीको माल बरामद गरेको थियो । साथै राजस्व कार्यालयले पक्राउ गरेको ना. ३ ख ६९२७ नम्बरको जनकपुर भन्सारबाट छुटेको ट्रक परीक्षण

फास्ट ट्रयाक निर्माणार्थ खटिएका एक सैनिक जवानको मृत्यु

Image
प्रस, निजगढ, १७ वैशाख/     फास्ट ट्रयाक निर्माण गर्ने क्रममा आइतवार बिहान करिब ८:३० बजे एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको विकास निर्माण कार्यदल गण–१ रामेछाप दुरागाउँ–९ सोलावन घर भएका २५ वर्षीय बाबुराम कार्की रहेको जनाइएको छ । मकवानपुरको धियाल गाविस वडा नं. ९ स्थित बारा निजगढको धामी खोल्सीनजिकैको पहरालाई सेनाका करिब १ दर्जन जवानले सम्याउँदै ट्रयाकको सतहसम्म चुरे पहाडको पहरा काट्ने क्रममा सैनिक जवान कार्कीको कम्मरमा बाँधिएको डोरी चुँडिएर करिब एक सय फिट तल बकैया खोला खोल्सीमा खसेका थिए । आवश्यक सुरक्षा सामग्रीको प्रयोग गरेपनि उनले टेकेको बुट्यानसँगै पहराको भाग नै भत्किँदा कम्मरमा बाँधिएको डोरी छिनेर खसेको कार्य क्षेत्रमा खटेका सेनाका क्याप्टेन चिरञ्जीवी चौलागाईंले जानकारी दिए । भत्किएको ढिस्कोले पुरिएका जवान कार्की अचेत अवस्थामा केहीबेर रहेपनि सेनाको हेलिकप्टर आउँदासम्म कार्कीको मृत्यु भइसकेको थियो । हामी पुग्दा सैनिक जवान कार्कीलाई सेनाले नै निकालिसकेका थिए,  उद्धारका लागि घटनास्थल पुगेका केही गाउँलेमध्येका निजगढ–३ बागदेवका स्थानीय युवा हरिशरण खड्काले भने ।   
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव प्रश्न: एकजनाले एकजनासित केही कर्जा लियो र सो कर्जा फिर्ता पनि गरिदियो । कर्जा फिर्ता गरेपछि कर्जा दिनेसँग भर्पाइ गराइ लियो । कपाली तमसुक धनीसँग नै रहयो । पछि धनीले सो कपाली तमसुकको आधारमा ऋणी उपर लेनदेन मुद्दा दायर गर्‍यो ? सो मुद्दामा एकतर्फी मुद्दा फैसला भएको छ । मुद्दा फैसला भएको चार महिनापछि प्रतिवादीलाई थाहा भएछ । प्रतिवादीसँग कर्जा बुझाएको भर्पाइ हुँदाहुँदै फैसला अनुसार बिगो बुझाउनुपर्ने देखिन्छ । यसको कानूनी उपचार केही छ कि ? –लालबाबू, बारा उत्तर: लालबाबूजी, प्रतिवादीले लिएको कर्जा बुझाइसकेको छ भने पुन: बुझाउनुपर्दैन तर ऋणीले कर्जा चुक्ता गरिसकेको कुरा अदालतमा प्रमाणद्वारा प्रमाणित हुनुपर्छ । सो कुरा प्रमाणित गर्न अदालतले बोलाएको बखत सबुत प्रमाणसहित प्रतिउत्तर ऋणीले अदालतमा दर्ता गर्न सक्नुपर्छ । प्रतिउत्तरसहित सबुत प्रमाण नबुझाएसम्म ऋणीले कर्जा बुझाएको कुरा अदालतले मान्न मुस्किल पर्छ । धनीले पनि कर्जा लिइसकेको छ भने दोहोरा बिगो असुल गर्नलाई मुद्दा दिनुहुँदैन । यदि धनीले कर्जा फिर्ता लिई भर्पाइ गरी सो कुरा अदालतलाई अवगत नगराइ मुद्दा दायर गरेको

विद्यार्थीहरूका लागि समय व्यवस्थापन–२

    जुन काम जुन बेला गर्नुपर्ने हो त्यसै  बेला गर्नु नै समय व्यवस्थापन हो । तर पनि प्राय: हरेक उमेर समूहका विद्यार्थीहरूले मसँग के प्रश्न गर्ने गर्छन् भने कति घण्टा सुत्नुपर्ने हो ? कति घण्टा पढ्नुपर्ने हो ? समयलाई लिएर उनीहरूको यी दुईवटा प्रश्नहरू नै प्रमुख हुन्छन् । तर मलाई अहिलेसम्म कुनै विद्यार्थीले कति घण्टा खेल्नुपर्छ भन्ने प्रश्न सोधेको सम्झना छैन । यसको अर्थ कुनै विद्यार्थीसामु यस प्रश्नसँग सम्बन्धित कुनै प्रकारको समस्या छैन वा विद्यार्थीहरूले जति घण्टा खेल्नुपर्दछ त्यतिकै घण्टा खेलिरहेका छन् वा उनीहरूले जति घण्टा खेल्नुपर्ने हो त्यति खेलिरहेका छैनन् वा नखेलिकन पढाइ मात्र गरिरहेका छन् ।     खेलको कुरालाई यहाँनिर बिर्से पनि विद्यार्थीहरूमा समयलाई लिएर प्राय: तीन किसिमका जिज्ञासाहरू मैले भेटाएको छु । पहिलो, कति घण्टा सुत्नुपर्छ ? दोस्रो, कति घण्टा पढ्नुपर्छ र तेस्रो, नियमित  पढाइले दिक्क  भएपछि यसका लागि के गर्नुपर्छ ? मलाई के लाग्छ भने यी प्रश्नहरू  तीनवटा मात्र छन् तर यसको जवाफ तीनवटा उत्तरमा सीमित हुँदैन । यसलाई राम्ररी बुझाउनका लागि विस्तृतमा चर्चा गर्नु नै बेस हुन्छ जस्तो म

फिल्टर गरेर लिऊँ

    पानीको हाहाकार परेको बेला शुद्ध पानीको अभावमा जस्तोसुकै पानी पाए पनि थाप्नका लागि मानिसहरू तँछाडमछाड गरी लाइनमा बस्छन् । पानीबिना जीवन सम्भव छैन । पानीलाई सतहीरूपमा हेर्‍यौं भने त्यसमा मिसिएका विकारहरूलाई खासै ठम्याउन सकिंदैन । त्यसलाई सूक्ष्म तरिकाले नियाल्ने हो भने मानवका लागि हानिकारक कीटाणुहरू धेरै पाउन सकिन्छ । अशुद्ध पानीका कारण जन्डिस, हैजा, झाडापखाला, छालाको रोगलगायत ठूला महामारीहरू फैलिएर धनजनको क्षति भएका घटनाहरू मानव समाजले बेलाबखत भोग्दै आएको छ । तर जतिसुकै फोहोर पानी होस् त्यसलाई आवश्यकता अनुसार फिल्टर गरेर वा शुद्धीकरण गरेर उपभोग गर्ने हो भने पानी सधैं जीवनदाताकै रूपमा रहनेछ । ब·लादेशको आदिवासी क्षेत्रमा भैंसी र सुङ्गुर नुहाउने पोखरी धेरै छन् । वर्षात्को बेला चिम्टयाइलो माटोका ठूला पोखरीहरूमा जमेको पानीबाहेक पिउने पानीको अर्को स्रोत त्यहाँ छैन । विश्व स्वास्थ्य स·ठनको सहयोगमा सुतीको कपडाबाट पानी शुद्धीकरण गर्ने तरिका सिकेका आदिवासीहरू त्यही पोखरीका पानी पिउँछन् र जीउँछन् । पछिल्लो समय उक्त आदिवासी क्षेत्र पिउने पानीबाट हुने सङ्क्रमित रोग एवं महामारीबाट मुक्त छ ।    

वैदेशिक रोजगारको पोल खोल्दा पदमुक्त भएँ– सरिता गिरी

Image
प्रस, वीरगंज, १६ वैशाख/     श्रम तथा यातायातमन्त्रीबाट बर्खास्त गरिएकी सभासद् सरिता गिरीले आज वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी महिलाहरूलाई विदेश पठाउने गिरोहको भण्डाफोर हुन लागेपछि आफूलाई पदमुक्त गरिएको आरोप लगाएकी छिन् ।     स्थानीय होटल हीराप्लाजामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री गिरीले नेपालबाट प्रधानमन्त्रीदेखि राजदूतहरूसम्मको मिलीभगतमा गैरकानूनीरूपमा महिलाहरूलाई वैदेशिक रोजगारमा पठाउने र सोबापतको कमिशन खाने कार्य भइरहेको दाबी गरिन् ।     पदमा रहँदा प्रधामन्त्रीको प्रशंसा गर्ने र यही सरकारलाई राष्ट्रिय सरकार बनाउनुपर्ने जिकिर गर्दै आएकी पूर्वमन्त्री गिरीले नयाँ संविधान आउनेमा शड्ढा गर्दै आएपनि सड्ढटकाल लगाएर संविधान जारी गरिने र त्यसरी जारी गरिने संविधानमा सङ्घीयताको गुञ्जाइश नरहने बताइन् । उनले माओवादीले देश कब्जाको रणनीति लिएर काम गरिरहेको  दोषारोपण पनि लगाइन् । माओवादी आगामी निर्वाचनसम्म सरकारमा टिकिरहने योजनामा रहेको खुलासा गर्दै उनले मुलुकमा तीन प्रदेशभन्दा बढी नहुनुपर्ने  र जातीय प्रदेशहरू देशको लागि खतरा हुने बताइन् ।     त्यस्तै नेपाल सद्भावना पार्टीले आज

ब्राह्मण समाजद्वारा विरोध र्‍याली र सभा

Image
प्रस, वीरगंज, १६ वैशाख/     ब्राह्मण समाज नेपाल पर्साले आज वीरगंजमा मोटरसाइकल र्‍याली र कोणसभा गरेको छ । समाजले बिहान जिविस पर्साबाट मोटरसाइकल र्‍याली निकाली नगर परिक्रमा गरेको थियो । यसैगरी दिउँसो घण्टाघरबाट विरोध र्‍याली निकाली नगर परिक्रमापश्चात् घण्टाघरमैं कोणसभा गरेको थियो ।     ब्राह्मण समाज नेपाल पर्साका अध्यक्ष देवनाथ उपाध्यायको अध्यक्षतामा सम्पन्न कोणसभालाई बृजमोहन तिवारी, सुमेश्वर उपाध्याय, पुरुषोत्तम दुबे, इन्द्रभूषण उपाध्याय, प्रेमचन्द दुबे, नरेन्द्र तिवारीलगायतले  सम्बोधन गर्दै पाँच सूत्रीय माग पूरा हुनुपर्ने बताए ।     ब्राह्मणलगायत अन्यमा पारिएका मूलवासीमा परिभाषितहरूलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने, जातीय आधारमा राज्य पुनर्संरचना र आरक्षण दिन नहुने, विभेदको अन्त्य गरिनुपर्ने, राष्ट्रिय महत्त्वको विषयमा जनमत सङ्ग्रहद्वारा समस्याको समाधान खोजिनुपर्ने जस्ता मागहरू राखेर ब्राह्मण समाज नेपालले वैशाख १२ गतेदेखि  देशभरि चरणबद्ध आन्दोलन सुरु गरेको छ । प्रस, पथलैया/     ब्राह्मण समाज नेपाल सिमराको आइतवार गाविसस्तरीय भेला सम्पन्न भएको छ ।     समाजको गाविसस्तरीय तदर्थ समितिक

दलहरू ललिचो बन्नुको विकल्प छैन

प्रस, पथलैया, १६ वैशाख/     नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले सहमतिका लागि दलहरू लचिलो बन्नुको विकल्प नरहेको बताएका छन् ।     वीरगंजबाट काठमाडौं जाने क्रममा सिमरा विमानस्थलमा कार्यकर्ताहरूसँग कुरा गर्दै खड्काले दलहरूबीच घनीभूत छलफल जारी रहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।     खड्काले राज्य पुनर्संरचना र शासकीय स्वरूपका विषयमा नेपाली काङ्ग्रेस अडिग रहेको बताए । खड्काले तोकिएकै समयमा जनचाहनाअनुरूपको संविधान बन्ने विश्वास पनि व्यक्त गरे ।     खड्कालाई नेपाली काङ्ग्रेस सिमरा गाउँ कमिटीका कार्यकर्ताहरूले बिदाइ गरेका थिए ।

शान्ति समितिको आयोजनामा अन्तक्र्रिया गैरद्वन्द्वपीडितलाई कारबाई हुन्छ– सप्रजिअ

Image
प्रस, वीरगंज, १६ वैशाख/     शान्ति समिति पर्साको आयोजनामा आज वीरगंजमा अन्तक्र्रिया सम्पन्न भएको छ ।     स्थानीय होटल मकालुमा आयोजित द्वन्द्व समस्या समाधानसम्बन्धी अन्तक्र्रियाका प्रमुख अतिथि सहायक प्रजिअ चिरञ्जीवी अधिकारीले नेपालमा माओवादीबाट द्वन्द्व सुरु भएपनि हाल व्यवस्थापन भइसकेको बताए । उनले हालका दिनमा गाउँहरूमा चलिरहेको द्वन्द्व समाधानका लागि शान्ति समितिको स्थापना गरिएको हुँदा समितिले मध्यस्थता गरेर द्वन्द्वको व्यवस्थापन गर्नुपर्ने बताए । उनले राहत नपाएकाहरूको हकमा राज्यले पनि भेदभाव गरिरहेको बताएका थिए ।     प्रमुख अतिथि अधिकारीले वास्तविक द्वन्द्वपीडितले राहत नपाएको अवस्थामा गैरद्वन्द्वपीडितहरूले राहत लिएको पुष्टि हुन आएमा कारबाई गरिने बताए । उनले द्वन्द्वपीडित बालबालिकाहरूको लागि जिल्लामा आएको रकम जिशिका पर्साबाट अनियमितता भएको बुझिन आएकोले सो बारेमा कारबाई चलाउने प्रतिबद्धता जाहेर गरेका थिए । अन्तक्र्रिया कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले राज्यबाट न्याय नपाएका र कानूनले पनि न्याय दिन नसकेको अवस्थामा द्वन्द्व सृजना हुने गरेको बताए । उनले

ब्रिटिश गोरखा कपको उपाधि नेपाल प्रहरीलाई

काठमाडौं, १६ वैशाख/रासस     ब्रिटिश गोरखा कप फूटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरी क्लबले  हात पारेको छ ।     त्रिपुरेश्वरस्थित दशरथ र·शालामा आज साँझ भएको सो प्रतियोगितामा नेपाल प्रहरीले थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सो उपाधि हात पारेको हो ।     प्रहरीका योगेश श्रेष्ठले खेलको पहिलो हाफको १६ औं मिनेटमा एक गोल गर्दै खाता खोलेका थिए ।     यस्तै प्रहरीका अर्का खेलाडी भरत शाहले खेलको ३० औं मिनेटमा थप एक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाउन सफल भए ।     प्रहरीले पहिलोपटक सो उपाधि जितेको हो । थ्रीस्टारले खेलको विभिन्न समयमा थुप्रै सुनौला अवसर पाए तापनि सदुपयोग भने गर्न सकेन ।     विजयी प्रहरी टिमले रु. १० लाख पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता थ्रीस्टारले रु. पाँच लाख हात पार्‍यो ।     यस्तै सो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने हिमालयन शेर्पा क्लब र मनाङ्मस्याङ्दी क्लबले रु. एक/एक लाख प्राप्त गरे ।     सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि प्रहरीका गोलकिपर रितेश थापाले जिते । उनले यामाहाको मोटरसाइकल प्राप्त गरे भने उनैले उत्कृष्ट गोलकिपरको उपाधिसमेत हात प

भोजपुरी लोकजीवनमा द्वारपूजा

- उमाशड्ढर द्विवेदी भोजपुरी लोकजीवनमा कन्याको विवाहको अवसरमा पूर्वनिर्धारित तिथिका दिन केटा पक्षको तर्फबाट जन्ती जाने चलन छ, जसलाई भोजपुरी भाषामा ‘बरियात’ भनिन्छ । बरियात जानलाई केटा पक्षका हित, मित्र, सम्बन्धी तथा गाउँका मानिसहरू पूर्वनिमन्त्रित रहेका हुन्छन् । फलानो दिन बरियात जानु छ, तयार रहनुहोला भन्ने कुरा निमन्त्रणपत्रमैं लेखिएको हुन्छ । सोहीअनुसार बरियात जाने मानिसहरू आफ्नो लुगाफाटो धोई पखाली सफा र सुकिलो भई तयार रहेका हुन्छन् । भोजपुरीभाषी क्षेत्रका मानिसहरूमा विवाह सम्बन्ध प्राय: आफ्नो गाउँमा नहुने हुँदा टाढा–टाढाका गाउँहरूमा हुने परम्परा छ । टाढाको गाउँ ठाउँमा जानको लागि केटा पक्षद्वारा सवारी गाडीहरूको व्यवस्था गरिएको हुन्छ । त्यही सवारीसाधनमा सवार भएर बाजागाजाका साथमा बरियात निस्कन्छन् । बरियात टाढा जानु छ तथा बाटो लामो छ भने बाटोमा खाना खानको लागि स्थान निर्धारित रहेको हुन्छ । पूर्वनिर्धारित गन्तव्यमा बरियात भेला हुन्छ, त्यहाँ खानाको व्यवस्था केटा पक्षद्वारा भएको हुन्छ । बरियात त्यहाँ खाना खान्छन्, जसलाई भोजपुरीभाषामा ‘कलेवा’ भनिन्छ । कलेवा खाइवरी  बरियात गन्तव्यतर्फ प्रस्

हामी आफ्नो बनौं

– श्री ब्रजमोहन मिहिर किनकि हामीलाई आफ्नो सुखको आवश्यकताभन्दा बढी ध्यान रहन्छ, त्यसैले जीवनमा यी सारा गडबडी र समस्याहरू देखापर्छन् । इन्द्रिय–सुखको सम्बन्धमा प्रत्येकको यही अनुभव रहेको छ कि त्यो सस्तो सुख होइन, जसले मानिसलाई निश्चिन्त पारिदेओस् । प्रत्युत ऊ दिन प्रतिदिन कष्ट उत्पन्न गरेर बन्धनलाई कसिलो पार्दै जान्छ । यस सुखमा कहिल्यै तृप्ति छैन । कुनै भोगलाई केही समयसम्म स्थायी राखेमा मानिसलाई त्यसको बानी पर्छ । अनि अनायस नै अचेतन मनले त्यो काम गर्छ । इन्द्रिय–सुखमा यदि कुनै विघ्न र निर्बन्ध नहुँदो हो त कदाचित यसलाई पनि स्वाभाविक मान्न सकिन्थ्यो र त्यसबाट मुक्त हुने विचार आउने थिएन । संसारमा के देखिएको छ भने विघ्न–बाधाबाट विमुक्त भएर कुनै पनि मानिसले इन्द्रिय–सुख भोग्न सकेको छैन । कुनै पनि सुख भोगका सम्बन्धमा ठूलो विघ्न त आफ्नो शरीर नै हो । यसका अतिरिक्त परिस्थितिको विभिन्नता अनुसार अनेकन अप्ठेराहरू छन्, जुन मानिसले प्रत्येक दिन झेल्नुपर्छ र तिनको नित्यप्रति अनुभव गर्दछ । हेर्दा र विचार गर्दा के पनि थाहा हुन्छ भने सुखको कुनै यस्तो कार्य छैन, जसका लागि हामीले बाह्य कुनै पनि वस्तुमा निर

तीन ‘स’ ले गर्दा सवारी दुर्घटनामा वृद्धि ९ महिनामा ५६९ सवारी दुर्घटना, ३७३ को मृत्यु

प्रस, जीतपुर, १५ वैशाख/     सवारीचालकको लापरवाही, ओभरटेक, तीव्रगति, पैदल यात्रुहरूको गल्ती, यान्त्रिक गडबडी, ओभरलोड, छाडा चौपाया, सडकको खराबी तथा मादक पदार्थ सेवन (मापसे) को कारण  सवारी दुर्घटनामा वृद्धि भएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याड्ढले जनाएको छ ।     मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्याड्ढअनुसार चालू आव २०६८/०६९ को साउनदेखि चैतसम्म ९ महिनामा काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १६ जिल्लामा ५६९ वटा सवारी दुर्घटनामा परी ३७३ जनाको मृत्यु भएको छ भने १,३९८ जना घाइते हुनुको साथै करोडौको धनजन क्षति भएको छ । सवारी दुर्घटनामा ७८० वटा सवारीसाधनहरू संलग्न रहेको विवरणमा जनाइएको छ ।     बिहान ६ बजेदेखि १२ बजेको समयमा १९० वटा, १२ बजेदेखि बेलुकी ६ बजेसम्म २६१ वटा र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म १४८ वटा सवारी दुर्घटना भएको तथ्याड्ढमा उल्लेख छ । सो सवारी दुर्घटनामा २३३ जना पुरुष, ६१ जना महिला, ५४ जना बालबालिका र २४ वटा चौपायाको मृत्यु भएको पनि जनाइएको छ ।     त्यस्तै प्राप्त विवरणमा सवारी दुर्घटनाका कारक तत्वमा मध्य क्षेत्रको १९ जिल्लामध्ये काठमाडौं,

विद्युत् अवरुद्धविरुद्ध विरोध जनाउँदै निजगढवासीद्वारा चक्काजाम

Image
प्रस, निजगढ, १५ वैशाख/     पटक–पटक विद्युत् अवरुद्ध हुने गरेपछि विरोध जनाउँदै निजगढका स्थानीयवासीले शुक्रवार बिहान करिब दुई घण्टा चक्काजाम गरेका छन् । लोडसेडिङ तालिकाअनुसार विद्युत् आउनुपर्ने समयमा पनि विद्युत् नआउने र पटक–पटक अवरुद्ध हुने गरेपछि सोको विरोध जनाउँदै स्थानीयवासीले चक्काजाम गरेका हुन् । विगत ३/४ वर्षदेखि रौतहटको चन्द्रनिगाहपुरबाट ३३ केभीको विद्युत् आपूर्ति निजगढमा हुँदै आएको थियो । सो रूटबाट विद्युत् नदिई यही वैशाख ६ गतेदेखि भारतको रक्सौलबाट वीरगंज, कलैया हुँदै निजगढ, रतनपुरी र भरतगंजसिगौल गाविसमा विद्युत् आपूर्ति भएपछि स्थानीय गाउँलेले विद्युत् अवरुद्ध हुने पीडा खेप्दै आएका छन् । विद्युत्को भोल्टेज अनियमितरूपमा घट्ने र ह्वात्तै बढ्ने क्रमले पंखा, टेलिभिजन, कम्प्युटर, रेफ्रिजेटर, राइसकुकरलगायतका घरायसी प्रयोजनका विद्युतीय सामग्रीहरूसमेत बिग्रिएको स्थानीयवासीको आरोप छ । लोडसेडिङको बेला त विद्युत् अवरुद्ध हुने ठीकै छ तर लोडसेडिङ नभएको बेलामा पनि घण्टामा डेढ दर्जनभन्दा बढी पटक विद्युत् जाने र आउने गर्छ, निजगढका स्थानीयवासी बताउँछन् । समयमैं सम्बन्धित पक्षले समस्याको निराकरण

एक्टिभ सिमरा क्लब विजयी

प्रस, कलैया, १५ वैशाख/     आदर्श युवा क्लब तथा तारा शान्ति युवा क्लबको आयोजनामा बाराको प्रस्टोका–१ हरपुरमा सञ्चालित टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार भएको सेमीफाइनल खेलमा एक्टिभ सिमरा क्रिकेट क्लब विजयी भएको छ ।     सिमराले कलैया लायन्स क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरी फाइनल प्रवेशमा गरेको हो ।     टस हारेर पहिले ब्याटिङमा ओर्लेको कलैयाले १५ ओभर २ बलमा सबै विकेट गुमाएर ६७ रन बनाएको थियो ।     प्रत्युत्तरमा सिमराले १० ओभर ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्‍यो । प्रतियोगितामा १८ रन र २ विकेट लिएबापत सिमराका पवन लम्साल मैन अफ दि मैच घोषित भए ।

शिवबाबा उद्धारकर्ता

–सन्तोषप्रसाद साह सबै दिदी र भाइहरुलाई छ ओम शान्ति अब लाग्छ हुादैन संसारमा क्रान्ति दैवी गुणले भन्दैछ जीवन आफ्नो सुन्दर बनाऔं जीवनलाई उज्यालो पार्न ओम शान्तिमा नै जाऔं हामी सबैको प्रजापिता बाबा ब्रह्मा उहााको भनाइ संसारमा हुादैन ह·ामा तपाईंकै दयाले मान्छेले गर्दैछ पृथ्वीलोकमा सुख तर हामीमा हुनुपर्छ ब्रह्मलोकसम्म ज्ञानको भोक गहिराइमा जाने हो भने संसाारमा दुई रात छन् महाशिवरात्रि मनाउने कुनै बात छन् अमूल्य जीवनलाई अन्धकारमा राख्नु नराम्रो हामी ब्रह्माजीलाई प्रजापिता भन्नु राम्रो एउटै संसार, वेशभूषा र एउटै धर्म हाम्रो बाबालाई पाएर हेरौं के लाग्दैन राम्रो उहााको यादको लागि निकालौं समय अनि संसारले भन्छ ज्ञान नै शक्ति हो । कक्षा: १०, द्वारदेवी मावि अलौ, पर्सा

मेरो देश नेपाल

–अस्मिता सुवेदी नेपाल मेरो ममता र माया सधैंभरि रहने यसको म छाया बिनासित्ति कहिल्यै नबन्नु चिहान रातलाई हटाएर बन्नु म बिहान पोतेर गुराासको लाली नबनेर घाम खोजेर भेटिन्न नेपाल यो धाम हामीहरु जुरुक्कै नउठी भएन नयाा नेपाल नबनाई अब भएन तन्केर जाऊा कि अझैअझै म फैलेर ठूलो पृथ्वी बनेर म आकाशको चन्द्र टिपेर ल्याउाछु नेपाल हो स्वर्ग भनेर चिनाउाछु आकाशभन्दा पनि माथिमाथि खोजेर नेपाल पाइँदैन साथी हटाएर सबै अशान्ति र अभाव भन्छु म अब मनको भाव मान्छे भएर अन्त नपाएर जन्म नेपालै देशमा एकदिन मरुा म – कक्षा: १०, नेराउमावि मुर्ली–१५

नेपाल देश राम्रो

 –अमृत सुवेदी नेपालको शीतल ठाउा राम्रो सानो छ तर पनि गाउा हाम्रो हिमाल राम्रो र नेपाल आमा राम्रो झरना, मन्दिर सबै हो हाम्रो     उठ्दा बिहानीसित सूर्य राम्रो     सााझको सुनौलो रङ हो हाम्रो     नेपाल देश छ है राम्रो     मन्दिर, मस्जिद सबै हो हाम्रो चौरीगाई चर्‍यो उत्तर लेक राम्रो बाली झुल्यो दक्षिण भेक हाम्रो मेची र महाकालीसित खेल्नु छ राम्रो यो जीवनलाई धपधप बाल्नुछ हाम्रो आकाश खुल्दा दिन हुन्छ राम्रो फुल्दा गुराास वनै हुन्छ राम्रो हाँस्ने र खेल्ने यो पृथ्वी हो राम्रो नेपालीहरुको मन छ सधैंभरि जातपातमा एकता कति छ राम्रो धार्मिक सहिष्णुता सबै हाम्रो बन्द, हडताल, महागी नराम्रो तर नेपाल देश छ मेरो राम्रो –कक्षा: ८, ज्ञानोदय बाल इ. स्कूल, मुर्ली–१५

गणेश चालीसा

–अनुरागकुमार गुप्ता जय गणेश जय गणेश जय गणेश देवा: कापी, कलम, कपडा काट्यो भक्तको गर्नु सेवा धर्ती छोड्यो, पहाड छोड्यो चढ्यो अब उकालो आफ्नो वाहन शान्त गर्नु नत्र छोड्दैछौं हामी बिरालो     आध्यारो भयो दिन हाम्रो, हट्यो कता उज्यालो     आफ्नो वाहनलाई शान्त गर्नु नत्र छोड्दैछौं हामी बिरालो     वाहन तिम्रो मुसा, शत्रु छ जसको बिरालो     तिम्रो अब गयो, आयो हाम्रो पालो चढाउाछु तिमीलाई लड्डु तर आफै खान्छु मासु हेरी भक्तको यो लीला नझार्नु है आासु धानको चामल खायो बााच्यो मात्र भूसा तिम्रो कस्तो रहेछ, यो सवारी मुसा     नेपाल, भुटान, श्रीलड्ढा, मालदिभ्स भयो देश     तिम्रो कैलाश भवन हरायो हे देवा गणेश     साथी भनूँ तिमीलाई कि म भनूँ हात्ती     चोर्न आयो अन्न सबै बेलुका र राति शड्ढर पिता, पार्वती माता, कार्तीकेय भाइ दिनभर भक्तलाई दु:ख दिई आफैं बस्छौं रमाई पशुलाई दियौं तर दिएनौ हामीलाई पङ्ख पशुभन्दा माथि जान्छौं हामी रकेट बनाएको चङ्ख     आफ्नो लागि राखेको पाउ, मुसाले नै खायो     भक्तलाई तिम्रो सधैं दु:ख दिन्छ यसको धर्म कता हरायो     बिजुली तार काट्यो, गर्‍यो यहाा आध्यारो     दुश्

नववर्षको शुभकामना

–समीर पाख्रिन पर्सा जिल्लाको शान्ति, सुरक्षा, अमनचैनमा सुखद भविष्यको नयाँ पालुवा पलाएको देखिन्छ अब फल लागोस्, लटरम्म चौतर्फी विकासको मेरो नववर्षको शुभकामना । उद्योग–धन्दा, बजार, व्यवसाय फस्टाऊन् दुबोसरि बगोस् समृद्धिको धारा घरघरमा मेरो नववर्षको शुभकामना । मिलोस् समान हक अधिकार नयाँ बन्ने संविधानमा सबैले कसैले कम बेस भन्ने मौका नपाऊन् मेरो नववर्षको शुभकामना । जाति, धर्म, रीतिरिवाज फरक भए तापनि जिल्लावासीको ‘हामी नेपाली हौं’ भन्ने भावना सबैमा अटल रहोस् मेरो नववर्षको शुभकामना । फोहोर मैला, विकृति, कुरीति टोलटोलबाट हटोस् बनोस् पर्सा जिल्ला भविष्यमा सुन्दर, सफा, हराभरा मेरो नववर्षको शुभकामना । लालायित होस्, सुन्नेहरु सबै जुटोस् हेर्न एक झलक बदलिंदो यो पर्सा जिल्ला मेरो नववर्षको शुभकामना । जुर्मुराऊन् थकित र निराश करकलमहरु सिर्जनाका ढकमक्क फूलहरु फूलोस् चारैतिर मेरो नववर्षको शुभकामना । हत्या–हिंसा, बन्द, हडतालको मानसिकता त्यागी लागून् पर्सावासी काँधमा काँध मिलाई विकासमा मेरो नववर्षको शुभकामना ।

धर्म बुद्धि र पाप बुद्धि

Image
- उमाशड्ढर द्विवेदी कुनै शहरमा धर्म बुद्धि र पाप बुद्धि नाम गरेका दुई मित्रहरू बस्दथे । त्यसमध्ये पाप बुद्धिले एकदिन मनमा विचार गर्‍यो– “म मूर्ख तथा दरिद्र छु । अत: यस धर्म बुद्धिको साथमा लागेर विदेश जानुपर्छ तथा त्यसको प्रभावले धनापार्जन गर्नुपर्दछ । अन्तमा त्यसको कमाइलाई पनि ठगेर जीवन सुखी बनाउनु पर्दछ ।” यति कुरा मनमा विचार गरेर अर्को दिन ऊ धर्म बुद्धिको घरमा गएर भन्यो– “मित्र वृद्धावस्थामा हामीले जीवनको कुन कुरा सम्झिने ? विदेशको विभिन्न वस्तु तथा दृश्यहरूलाई देखेनौं भने आफ्ना बालबच्चाहरूलाई कुन कथाहरू सुनाउने ? यस पृथ्वीमा जन्मेर जसले अनेक भाषा र भेषको जानकारी पाएन त्यसको जन्म व्यर्थ हुन्छ । वस्तुत: त्यसको जन्म ग्रहण गर्नु नै निष्फल भएर जान्छ ।”     पाप बुद्धिको त्यस्तो कुरा सुनेर धर्म बुद्धि प्रसन्न भयो तथा उसको साथमा विदेश जान तयार भयो । गुरुजनहरूको आज्ञा लिएर शुभ मुहूर्तमा उनीहरू विदेशको लागि घरबाट प्रस्थान गरे । विदेशमा गएर विभिन्न काम खोजी धर्म बुद्धिको प्रभावले ऊ प्रशस्त धन आर्जन गर्न सफल भयो । दुवैजना विदेशबाट ठूलो धनराशि लिएर घर फर्किए । आफ्नो घरको नजिक पुग्दा पाप बुद्धि

‘माँ’ सीता आख्यानमा घोत्लिंदा

- सुशील मुडभरी सीतालाई ‘माँ जानकी’को रूपमा लेखिएका, भनिएका थुप्रै वर्णनहरू, आख्यानहरू समाजमा परापूर्वकालदेखि चल्दै आएको छ । सीतालाई नायिका मानेर यौटा महाकाव्य ‘सीतायण्ॉ पनि २०५१ सालमा उद्योग वाणिज्य सङ्घ जनकपुरले प्रकाशित गरेको छ । उक्त काव्यमा नायक श्रीराम नै छन् तापनि सीतालाई प्राथमिकता दिइएकोले पनि नायिका–प्रधान मान्नुपर्ने हुन्छ । उक्त काव्यको कथावस्तु भाव, शैली गोस्वामी तुलसीदासकृत रामचरित मानसलाई आधार मानी लेखिए पनि आफ्नै मौलिकतामा तयार भएको देखिन्छ । रामायणहरू थुप्रै भाषामा थुप्रै विद्वान्हरूले आआफ्नै किसिमबाट रचना गरेको, प्रकाशित गरेको पाइन्छ । कथाको मूल वस्तु यौटा भएपनि भाव, शैली, भाषा वस्तुलाई अनेक रूपबाट प्रस्तुत गरेको देखिन्छ । रामभक्तिमा विभोर भएर वाल्मीकिले संस्कृतमा लेखेर विद्वान्हरूको माझमा राखी उच्च सम्मान पाउनुभयो भने तुलसीदासले शृ·ार, अलड्ढार हालेर जनताले सजिलै बुझ्ने, पठनपाठन गर्न सक्नेगरी जनभाषामा लेख्नुभयो । दुवै रामायण अर्थात् अरूले लेखेको पनि आआफ्ना ठाउँमा महत्त्व राख्छन् । नेपालमा भानुभक्तले वाल्मीकि रामायणलाई आधार मानेर आफ्नै मौलिकतामा प्रस्तुत गर्नुभएको पाइन

मिथिलाक्षेत्रमा निवास गर्ने जातिहरु–एक परिचय

बासुदेवलाल दास सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज गताड्ढको बाँकी     यिनीहरू ढोल, ढोलक, खजुरी, तासा, मृद·, पिपही आदि बनाउने र बजाउने गर्दछन् । मिथिलामा ढोलपिपही बाजा लोकप्रिय रहेको छ । शुभविवाहको अवसरमा बाजा बजाउनु आवश्यक ठानिन्छ । यसैले चमार नभएको जन्ती शुद्ध हुँदैन भन्ने भनाइ पाइन्छ । यस्तै गाउँमा कुनै सार्वजनिक सूचना प्रवाह गर्नुपर्दा ढोल बजाएर चमार जातिका व्यक्ति अघिअघि हिंड्ने तथा उसका पछिपछि सूचना गर्नुपर्ने वाक्य उच्च  स्वरमा उच्चारण गर्दै भन्ने गरिन्छ, जसलाई डिगडिगिया भनिन्छ । यसका साथै चमार जातिकी महिलाहरू समाजमा प्रसूतिसेवाको कार्यमा संलग्न रहेका हुन्छन् । मिथिलामा यिनीहरूलाई दगरिन भनिन्छ । यस्तै गाउँ क्षेत्रमा पशुहरूको मृत्यु भएमा त्यसलाई फाल्ने कार्य पनि यस जातिका मानिसहरूले गर्दछन् ।  १४) डोम :– यस जातिमा अदलपुरिया, चिरनिया, मरहरिया, भलुवइत, कनुवार, मकरैत, बाइसूवैसवार, लेधवार, मगहिया, कोइलरिया, कुसमा, टकमैत, नगरिया, अमलपुरिया, कल्याणपुरिया, बरबुट्टा आदि प्रकारहरू पाइन्छन् । यिनीहरू मली, मरिक, मलिक आदि उपाधि राखेका हुन्छन् । जातीय पेशाको रूपम

होचा कदका अग्ला पत्रकार

Image
- चन्द्रकिशोर वर्तमानमा पत्रकारिताको एउटा समस्या छ, जो प्रवृत्तिगतरूपमा विद्यमान छ । हामी पत्रकारहरू आफूभन्दा अग्रजलाई सम्मान गर्न सड्ढोच देखाउँछौं, आफ्ना समकालीनहरूको अस्तित्वलाई स्वीकार गर्न चाहँदैनौं र आफूभन्दा पछिको पुस्तालाई प्रतिस्पर्धी ठानेर उसको खुट्टा तान्ने काम गर्छौ । आफूभन्दा पहिलेदेखि पत्रकारिता थालनी गरेकालाई आदर गरिदिदां आफ्नो हैसियत र खुबीमा र्‍हास आउँदैन, त्यस्तै आफ्ना समकालीनहरूमा पनि राम्रो गरिरहेका छन्, उनको कामले पनि उचाइ हासिल गरेको हुन सक्छ भन्ने बुझाइ राख्दा आफ्नो केही घाटा हुँदैन । त्यसैगरी नयाँ पुूस्ताको तरक्कीलाई न छेको लगाउन सकिन्छ, न ऊसँग प्रतिस्पर्धा गरेर नै जित्न सकिन्छ, तर पनि त्यो पुस्तालाई प्रतिस्पर्धी ठानेर उसको यात्रा र उत्साह कमजोर बनाउन खोज्नु मुख्र्याइँ हो । हो, तपाईं स्वयंमा क्षमता, योग्यता र पत्रकारितासँग जोडिएको मूल्य–मान्यता छ भने तपाईंको यात्रालाई कसैले विराम दिन सक्दैन, तपाईं स्वयंलाई विराम दिने तपाईं आफैं हो । यी कुराहरू नबुझिदिंदा पत्रकारहरू स्वयं तनावमा रहन्छन्, अरूलाई तनावमा पार्छन् र नानाथरिका बखेडाहरू खडा गरिरहन्छन् ।     प्रस· पत्रक

कतै तपाईंको छेउमा मोबाइल धुने रोगी त छैनन् ?

Image
– डा. रवीन्द्रकुमार ठाकुर कल्पना कक्षा १२ मा पढ्ने १९ वर्षीया अनुशासित केटी हुन् । उनी प्रत्येक दिन क्याम्पस जाने गर्छिन् । विगतका परीक्षाहरूमा उनी सदैव उत्कृष्ट अड्ढ ल्याइ उत्तीर्ण भएकी छन् । उनको बानी, व्यवहार तथा पढाइले गर्दा आमाबुबा मात्र हैन क्याम्पसका सहपाठीदेखि शिक्षकसम्म उनलाई आदर्शको रूपमा हेर्ने गर्छन् । कल्पनाको आमाबुबालाई विगत केही महिनादेखि उनको बानी, व्यवहार तथा रहनसहनमा परिवर्तन महसुस भएको छ । आजभोलि उनी पहिलाभन्दा धेरै सरसफाइमा ध्यान दिने गर्छिन् । आफ्नो हातखुट्टा तथा लुगाफाटालाई बारम्बार धुने गर्छिन् । उनलाई सबै चीजमा फोहर लागेको अनुभव भइरहेको छ । यहाँसम्मकि उनले दुई/तीनवटा मोबाइललाई साबुनपानीले धोएर बिगारीसकेकी छिन् । उनको व्यवहारमा परिवर्तन देखेर आमाबुबा सार्‍है चिन्तित भएका छन् । उनीहरू कल्पनाको समस्या लिएर धामी, झाँक्रीकहाँ समेत गइसकेका छन् र दानदक्षिणामा समेत धेरै खर्च गरिसकेका छन् । उनीहरूमा यो कुनै दुष्ट आत्मा, भूत वा प्रेतले गर्दा भएको विश्वास छ । हुन पनि हो कमजोर आर्थिक अवस्था, अशिक्षा तथा अज्ञानताले मानिसलाई सदैव पछाडि धकेलिरहेको हुन्छ । यो एक किसिमको रोग हो

धर्ती एक प्राणी अनेकजस्तै छन् हेडसरहरू

Image
- बैद्यनाथ ठाकुर यतिखेर शिक्षा मन्त्रालयको पूर्वघोषित योजना अनुसार देशैभरिका सामुदायिक विद्यालयहरू अभिभावकहरूको घरआँगनमा भर्ना अभियान लिएर जुट्नुपर्ने हो तर शिक्षा मन्त्रालयको उर्दीलाई तामेल गर्ने विद्यालयहरू थोरै देखिएका छन् । पर्सा जिल् लाका विद्यालयहरूमध्ये दश प्रतिशत पनि हालसम्म अभिभावकको घरआँगनमा पुगेको छैन । यससम्बन्धी जिज्ञासा राख्दा वीरगंजका एक प्रतिष्ठित प्रधानाध्यापकले नाम नछाप्ने शर्तमा आफ्नो धारणा यसरी राखे– के गर्ने भर्ना अभियान सञ्चालन गरेर ? भएकै विद्यार्थीहरू पढ्ने किताब दिन सकिएको छैन । जिल्ला शिक्षा कार्यालयमा किताब माग गर्दा बीस प्रतिशत कटौती गरेर रकम निकासा गरेको छ अनि अभिभावकको गाली खानुभन्दा भर्ना अभियान नचलाएकै ठीक ।     वीरगंजमा कतिपय विद्यालयमा भएको आर्थिक अनियमितताको कारण जिल्ला शिक्षा कार्यालय पर्साले उक्त विद्यालयको बैंक खाता नै रोक्का गरेको हुनाले हालसम्म आर्थिक कारोबार नै गर्न नपाएकाले कक्षा १ देखि १० सम्मका किताब विद्यार्थीहरूलाई उपलब्ध गराउन सकेका छैनन् । यसको सीधा मार अबोध बालबालिकाहरूमाथि पर्न गएको छ । ‘खेत खाए गदहा, मार खाए जोलाहा’ को नीति नेपाली शा