प्रस, वीरगंज, १४ चैत/
बारा, सिमरा लामा होटलमा रहस्यमय तरिकाले आइतवार राति एक विदेशी महिला मारिचीलाई छोडेपछि मङगलवार दिउँसो माता भनिने एक महिलालाई पनि हलखोरिया जङगलमा बोधी श्रवण धर्म सङ्घले सार्वजनिक गरेको छ। लामो समयदेखि ती दुईलाई सङ्घले बन्धक बनाई नियन्त्रणमा राखेको सञ्चारमाध्यमले समाचार प्रसारण गरेपछि ती दुई महिलालाई तपस्वी रामबहादुर बमजनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म सङ्घले सार्वजनिक गरेको हो। गोप्य स्रोतका अनुसार विदेशी र स्वदेशी ती महिलालाई विगत तीन महिनादेखि बन्धक बनाई राखेको हल्ला व्यापक भएपछि बाराका सञ्चारकर्मी र प्रहरी प्रशासनको निगरानी बढेपछि बन्धकबाट मुक्त भएको घटना क्रमले देखाएको छ।
मारिची प्रहरीको सम्पर्कमा आएको भोलिपल्ट माताको अवस्था बुझ्न हलखोरिया जङगल पुगेको इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय निजगढ, जितपुर र सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाको झन्डै ७५ जनाको सुरक्षा टोलीसँगै सञ्चारकर्मी पुगेपछि सङ्घले माता भनिने आनीलाई सार्वजनिक गरेको हो ।
बेखबर माता भनिने महिला खोज्न हलखोरिया पुगेको प्रहरीले सङ्घका सदस्यहरूबीच राखेर प्रारम्भिक बयान समेत लिएको थियो।
त्रस्त मुद्रामा रहेकी आनीको अवस्था निकै दयनीय रहेको प्रहरीले जनाएको छ। प्रहरीसँग बयानमा आफू बन्धक नभएको उनले बताएपनि उनको अवस्थाले लामो समय खाना नखाएको, शिथिल अवस्था देखिएकोले बन्धक वा कडा निगरानीमा राखेको हुनुपर्ने सञ्चारकर्मी र केही प्रहरीले सहज अड्कल काटेका छन्। घरबारसमेत नभएकी मातालाई सङ्घले विभिन्न दबाब दिएर बन्धक नभएको अभिव्यक्ति दिन लगाएको हुन सक्ने स्रोतको दाबी छ। हलखोरिया जङगलस्थित तपस्यास्थलमैं सङ्घ र ठूलो सङ्ख्यामा पुगेका प्रहरी माझ सार्वजनिकरूपमा मातालाई प्रहरीले बयान लिएको कारण पनि माताले वास्तविक घटना भन्न नचाहेको घटनाक्रमले देखाएको हलखोरिया पुगेका सञ्चारकर्मीहरूको ठहर छ।