शिकागो, २० फागुन/सिन्ह्वा
अमेरिकामा यसै हप्ताको सुरुदेखि आएको शक्तिशाली आँधीबाट अहिलेसम्ममा कम्तीमा पनि २७ नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ ।
प्राप्त समाचारमा आज पनि सो आँधीबाट मर्ने व्यक्तिको खोजी गर्ने काम जारी नै रहेको छ । करिब ६ दर्जनवटा साना ठूला आँधीको प्रकोपले अमेरिकाका कैयौं शहरलाई हानेको थियो ।
सो आँधीको प्रकोप कम भएपछि आज शनिवार त्यहाँका उद्वारकर्ताहरूले जीवित रहेको आशामा खोजीलाई तीव्र पारेका बताइएको छ ।
गत बिहीवार आएको सो आँधीबाट सोही दिन नै १२ जना नागरिकको ज्यान गएको थियो । आज पनि सो आँधीका कारण भएको क्षतिका साथै मारिएका नागरिकको खोजी भएको समाचारमा जनाइएको छ ।
सो आँधी पूर्वबाट मध्यपश्चिमतर्फ आएको समाचारमा उल्लेख छ । हारिसबुर्ग इलिजाइमा ६ र अर्काे
शहर मिसोअरीमा बाँकी नागरिकको ज्यान गएको सीएनएनले जनाएको छ ।
आँधीको प्रकोप हिजो शुक्रवार पनि निकै नराम्रो रहेको बताइएको छ । हिजो पनि सो आँधीका कारण रूखहरू ढल्नुका साथै सवारीसाधन नै उडाएको पनि समाचारमा जनाइएको छ ।
सो आँधीले विद्यालयको बसलाई समुद्रमा नै पुर्याएको तथा घरका इँटा नै झारेर सवारीसाधनहरू नै ध्वस्त बनाएका दृश्यहरू टेलिभिजनले देखाएका थिए ।
शुक्रवार रातिसम्ममा अमेरिकाको इन्डियानामा मात्र मारिनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको छ ।
इलिजाइजका गभर्नर पाट क्वुइनले कम्तीमा ६ व्यक्तिले ज्यान गुमाउनुपरेको र यस प्रकोपको कारण सो शहरलाई प्रकोप क्षेत्र घोषणा गरिएको जनाएका छन् ।
त्यसैगरी मिसोअरीका गभर्नरले यस आँधीका कारण तीन व्यक्तिले ज्यान गुमाउनुपरेको र २ सयभन्दा बढी प्रभावित भएको कारण सङ्कटकाल घोषणा गरेका छन् ।
उद्धारको कामलाई उनीहरूले आज पनि जारी नै राखेका छन् भने मारिने नागरिकको सङ्ख्या अरू पनि थपिन सक्ने बताइएको छ । सो आँधीले कैयौं घरहरूलाई पनि बढारेको र अरू स्थानीय संरचनामा क्षति पुर्याएको छ । रासस