न्यूयोर्क, २० फागुन/एपी
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पछिल्लो समयमा यतिखेर अत्यधिक मात्रामा वृद्धि भएको समाचारमा जनाइएको छ ।
साउदी अरबमा तेलको पाइपलाइन फुटेको भन्ने समाचार आएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४३ महिनामा सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।
न्यूयोर्क बजारमा गत बिहीवार ब्रेन्ट कच्चा तेलको मूल्य पाँच दशमलव ७४ डलरले बढेर प्रतिब्यारेल १२८ दशमलव चार डलर भएको थियो ।
योभन्दा पहिला सन् २००८ को जुलाई महिनामा कच्चा तेलको मूल्य यही स्तरसम्म पुगेको थियो । यो मूल्य लिबियामा पछिल्ला दिनहरूमा आएको अस्थिरताको अवधिमा भएको वृद्धिभन्दा पनि बढी हो ।
यसरी यो तेलको मूल्यमा भएको वृद्धिका पछाडि धेरै कारणहरू रहेका पनि बजार विश्लेषकहरूको भनाइ छ । जसमा इरानको परमाणु कार्यक्रमलाई लिएर चलिरहेको तनाव पनि रहेको छ ।
उता साउदी अरबका अधिकारीहरूले पाइपलाइन फुटेको भन्ने समाचारको भने खण्डन गरेका छन् । जसका कारण हिजो शुक्रवार एसियाका बजारहरूमा यसको मूल्यमा केही कमी आएको पनि समाचारमा जनाइएको
छ ।
केही मुलुकहरूमा आइरहेको समस्याहरूका कारण माग र आपूर्तिमा फरक परिरहेको छ र यसका कारण बजारमा तेलको विषयलाई लिएर अनुमानहरू र अनिश्चितताको वातावरण पनि बनेको छ ।
गत बिहीवार मात्र इरानका सञ्चारमाध्यमहरूले साउदी अरबको एक तेल पाइपलाइनमा विष्फोट भएको समाचार दिएको थियो । यो समाचारपछि अन्तर्राष्ट्रिय तेलको बजारमा पनि वृद्धि भएको अुनमान गरिएको छ ।
यतिबेला अमेरिका र उसको समूहका भनिएका केही मुलुकहरूसँग इरानको तनाव चरम अवस्थामा पुगिरहेका बेला यो तेलको समाचार आएको छ ।
अमेरिकाले हालै इरानको तेल निर्यातलाई निसाना बनाउँदै प्रतिबन्ध लगाइदिएको छ भने युरोपेली युनियनले पनि यसपछि नै इरानबाट तेलको आयातमा प्रतिबन्ध लगाइदिएको थियो । इरानले पनि तेलको आपूर्तिमा कटौती गर्ने चेतावनी यसअघि नै दिएको थियो । रासस