$type=ticker$count=12$cols=4$cate=0

ठाकुरराम बहुमुखी क्याम्पस कसको हो ?

SHARE:

चन्द्रकिशोर
    वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस कसको हो ? यो प्रश्न सोध्दा अनेक कोणबाट आश्चर्य व्यक्त हुनसक्छ । तर अहिले यो प्रश्न उठाउनु सान्दर्भिक र उपयुक्त समय हो। यो प्रश्नको आधारमा नै ठाकुरराम बहुमुखी क्याम्पसको वर्तमान दशा र दिशाबारे इमानदार विमर्श गर्न सकिन्छ। यो दाता परिवारको मात्र होइन, यो त्यहाँ पठनपाठन गराउने अध्यापकहरूको मात्र होइन, न यो त्यहाँ राजनीतिजीवी छात्र नेताहरूकै हो, न केवल त्यहाँका अभिभावकहरूको हो। यो क्याम्पस यस क्षेत्रका आम मानिसको साझा सम्पत्ति हो। नेपाली शैक्षिक मानचित्रको एउटा उद्भासित स्थल हो। तराईको शिक्षा क्षेत्रको महत्त्वपूर्ण गन्तव्य हो। त्यसैले यो शैक्षिक प्रतिष्ठान नेपालीहरूकै लागि महत्त्वपूर्ण धरोहर हो। ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक संस्कृतिमा र्‍हास आउँदा मध्य तराई क्षेत्रको राजनीति, सामाजिक–आर्थिक क्षेत्रमा नै विचलन र विसङगत पक्षहरू देखापर्न थाल्दछ, देखिदै छ पनि।
    ठाकुरराम बहुमुखी क्याम्पसलाई आज कुनै प्रतिष्ठानसँग प्रतिस्पर्धा छ भने त्यो ठाकुरराम बहुमुखी क्याम्पसको आफ्नै इतिहाससँग छ। यो क्याम्पस आफ्नै विगतभन्दा वर्तमानमा बामपुडके हुँदै गएको छ। ठाकुराराम बहुमुखी क्याम्पसलाई अरू केही बन्नुछैन, ठाकुरराम क्याम्पसकै हैसियत सम्हालिराख्यो भने यस क्षेत्रको भलो हुन्छ। तर आज यो क्याम्पसको सामाजिक छवि राम्रो छैन। यो क्याम्पसको नाम लिदा यहाँ अभिभावक, नागरिक समाज, सहयोगी समूह, शैक्षिक शुभचिन्तक सबैमा यसको सकारात्मक विम्ब खडा हुँदैन, अर्थात् ठाकुरराम क्याम्पस स्थापित अस्तित्वबाट स्खलित भएको छ। ठाकुररामलाई सुधार्न, सपार्न र सकारात्मक छवि निर्माण नगरेसम्म बाँकी पक्ष उँभो लाग्न सक्दैन। र यो काम क्याम्पसका अध्यापक, छात्र नेता, छात्र र कर्मचारीहरूको हो।
    एउटा सामान्य विद्यार्थी कक्षा कोठामा सहजरूपमा कक्षा ग्रहण गर्नसक्ने स्थिति छ कि छैन ? एउटा अध्यापक सम्मान र स्वतन्त्रताका साथ आफ्नो दायित्व पूरा गर्न सक्ने स्थितिमा छ कि छैन ? छात्र नेताहरू कसका हितका लागि दिनभरि बेचेैन देखिन्छन् ? क्याम्पस परिसरभित्र अनुशासन छ कि छैन ? निश्चितरूपमा यी प्रश्नहरूको जवाफ खोज्दा २०४६ सालदेखि नै गडबडी भएको देखिन्छ। ०४६ सालको सन्दर्भ यस कारणले राखिएको छ कि त्यसपछि लोकपक्षीय परिवेश प्रारम्भ भएको थियो । ठाकुररामको दुर्भाग्य के भयो भने त्यहाँबाट हुर्किएर राजनीतिमा स्थापित भएका पात्रहरूले कहिले पनि ठाकुररामभित्र बौध्दिक छात्र नेतृत्व विकसित हुनै दिएनन्। जहिले पनि लठैत प्रवृत्ति विकास होस् भन्ने चाहे। दल भित्रको अन्तर्विरोध वा गुट विशेषको तेजोबध गर्न, प्रतिस्पर्धी दलहरूसँग प्रतिशोध साध्न, स्थानीय प्रशासनको हुर्मत लिन छात्र नेतृत्वलाई औजारको रूपमा प्रयोग गरियो। र त्यस्ता औजार नेतृत्वलाई क्याम्पसमा अराजकता बढाउन छुट दिइयो। केही क्याम्पस प्रमुखहरू र अध्यापकहरूको व्यक्तिगत व्यवहार र चरित्रले अराजकता निम्त्याउने छात्र नेताहरूलाई हौंस्यायो। परिणाम आज हामी सबैको सामुन्ने छ। त्यसैले आजको अवस्थाबारे सोच्दा यसको निकटको विगतको स्मरण गर्नुपर्छ। त्यस्तै ठाकुररामको पतनमा सकारात्मक हस्तक्षेप गर्न सक्ने स्थिति नदेखिएपछि र व्यावसायिक मनसुबाका प्राध्यापकहरू अन्य निजी शैक्षिक प्रतिष्ठानहरूको उन्नयनतिर उन्मुख भए, यो पनि एउटा तीतो सत्य हो।
    आज ठाकुरराम क्याम्पसलाई सुधार्न यो क्याम्पस कसको हो भन्ने पक्षलाई बुझाउन जरुरी छ। यस प्रश्नको जवाफ भित्र यस क्याम्पसको आवश्यकता र औचित्य प्रस्टिन्छ। सस्तो र सहज शिक्षण प्राप्तिका लागि आज पनि वीरगंजमा उपयुक्त शिक्षा केन्द्र केवल यो नै हो। यसको जस्तो फराकिलो परिसर, आवश्यक कक्षा कोठा, विज्ञान प्रयोगशाला, छात्र र छात्रा छात्रावास, शिक्षक आवासगृह, पुस्तकालय, कैन्टीन, उद्यान, उच्च शिक्षा प्राप्त जनशक्ति, प्रशस्त कर्मचारी, सहयोगी र गौरवशाली इतिहास अरू कसैको छैन। एउटा सामान्य विद्यार्थीले सहज र पायकरूपमा शिक्षा प्राप्त गर्ने एक मात्र शिक्षा केन्द्र यस क्षेत्रमा ठाकुरराम क्याम्पस भएको हुनाले ठाकुरराम यस क्षेत्रका आम जनताको साझा शैक्षिक सम्पत्ति हो। यसको संरक्षणमा यहाँका सबैको समान चासो र सहभागिता देखिनुपर्दछ। यो भावनाको प्रसार जति बलियोसँग ठाकुरराम क्याम्पस प्रशासनले गराउन सक्छ, त्यतिकै उन्नतिका खुड्किलाहरू उक्लिन आम मानिसको सहयोग र आत्मीयता प्राप्त हुन्छ।
    सरकारी क्याम्पसहरू र्‍हासोन्मुख हुँदै जानुमा विगतका सरकारी नीति पनि कम जिम्मेवार छैन। अहिले पनि सुधारका प्रयास गर्न खोज्दा सरकारी नीति र त्यसको कार्यान्वयन प्रक्रियाबाट नै त्यसको सुधार गरिनुपर्दछ। अर्को पक्ष हो स्थानीय राजनीतिक दल। निश्चितरूपमा हाम्रोजस्तो राजनीति विकास क्रममा रहेको मुलुकमा शैक्षिक प्रतिष्ठानहरू राजनीतिक गतिविधिका केन्द्र हुन्छ नै तर यतिखेर क्याम्पसभित्र कैयौं कोणबाट हेर्दा दलहरूको नियन्त्रणमा भ्रातृ सङगठनहरू छैनन् कि भन्ने लाग्छ। त्यसैले त्यहाँ अपारदर्शी र अराजक माहौल देखिएको हो।
    यतिखेर केही सुखद सङकेतहरू पनि देखिएका छन्। स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा ‘आजको ठाकुरराम बहुमुखी क्याम्पस र सरोकारवालाहरूको भूमिका’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ। विभिन्न विचारधाराका विद्यार्थी नेताहरूले आत्मसमीक्षा गरेका छन्। क्याम्पस प्रशासनमा स्थायित्वको भाव जागेको छ । क्याम्पस परिसरमा सरसफाइ र रङरोगन गरिएको छ। विषयगत विमर्शको क्रम शुरु भएको छ । विद्यावारिधि गर्ने अध्यापकहरूको सङ्ख्या थपिंदै गएको छ। यी पक्षले राम्रा सङकेत दिन्छन् त्यसैले आवश्यकता छ, ठाकुरराम क्याम्पसले आफ्ना सकारात्मक प्रयासहरूलाई उजागर गर्ने किनभने अहिलेको जमाना नै हो बोल्नेको पीठो बिक्छ।
    ठाकुरराम क्याम्पसलाई जोगाउनु यस क्षेत्रका लागि एउटा सामाजिक अभिभारा हो। यसमा सरोकारवाला सबै पक्ष चनाखो हुनैपर्दछ। क्याम्पस प्रशासन र छात्र नेतालाई आरोपित गरेर वा सरापेर बाँकी पक्ष चोखो हुने स्थिति छैन। सुधार्ने प्रयत्नका लागि यहाँका नागरिक समाज, मिडिया, राजनीतिक दललगायत सबै पक्ष क्रियाशील हुनैपर्दछ र यही नै अहिलेको हाँक पनि हो। ठाकुररामको शैक्षिक गुणस्तर सुधार, हैसियत वृद्धि, नयाँ विषयहरूको पठनपाठन, उच्च शिक्षित जनशक्तिको अधिकतम परिचालन र सदुपयोग जस्ता पक्षमा ध्यान दिनै पर्दछ । वीरगंजकै एउटा नीजि प्रतिष्ठान हरिखेतान बहुमुखी क्याम्पसमा डा.भगवान यादवको समन्वय र साहसले कैयौं आयाम दिनसक्छ भने के ठाकुररामभित्र त्यस्तै दूरदृष्टि भएको नेतृत्व आउन सक्दैन ? आशा गरौं अबको हुने क्याम्पस प्रमुखले ठाकुरराम क्याम्पसलाई थप उकास्न अनुकरणीय साहस देखाउँछ नै।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ठाकुरराम बहुमुखी क्याम्पस कसको हो ?
ठाकुरराम बहुमुखी क्याम्पस कसको हो ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQ4YYp4Bmzejt1JlT0lAF2IbqFspCtjP8q6p6gvUiNYKuvOukg6qGfdlKEomK3_TxRlK5sKwlmVq9xyggPIrlVBfO_ZGWgfLuugQ2Ujtd8w1mwYhc0TGrNrUg0jggqx2h66X2AUdgiEmE/s200/chandrakishore.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQ4YYp4Bmzejt1JlT0lAF2IbqFspCtjP8q6p6gvUiNYKuvOukg6qGfdlKEomK3_TxRlK5sKwlmVq9xyggPIrlVBfO_ZGWgfLuugQ2Ujtd8w1mwYhc0TGrNrUg0jggqx2h66X2AUdgiEmE/s72-c/chandrakishore.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/03/blog-post_7572.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/03/blog-post_7572.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy