प्रस, जीतपुर, १६ चैत/
ऐनविपरीत आर्थिक करोबार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकले युनाइटेड विकास बैक लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको सामाचार छ।
नेपाल राष्ट्र बैंकबाट आव २०५६/०५७ मा ख वर्गको इजाजत लिई जीतपुरमा प्रधान कार्यालय स्थापना गरेर बारा, पर्सा, रौतहटमा कारोबार गरेको सो बैंकका करिब १ हजार ग्राहक छन्। सर्वसाधारण ग्राहकको रु. ५५ लाख र संस्थागत निक्षेपकर्ताको करिब रु. ५ करोड बैंकमा जम्मा छ र सो बैकले रु. ४ करोडको हाराहारीमा कर्जा प्रवाह गरेको समाचारमा जनाइएको छ।
युनाइटेड विकास बैक लिमिटेडको नाममा नेपाल राष्ट्र बैंकमा रु. ४५ लाख जम्मा छ भने राष्ट्रिय वाणिज्य बैकमा रहेको रु. १५ लाख फ्रिज गरिएकोले ग्राहको निक्षेप फिर्ता गर्न समस्या नभएको देखिन्छ। नेपाली सेना र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको निक्षेप करिब रु. ५ करोड रकम भने कर्जा असुल गरेर मात्र फिर्ता गर्न सकिने समाचारमा जनाइएको छ।
चार वर्षदेखि बैकको साधारणसभा नबसेको, सञ्चालकले साढे ५ करोडको हाराहारीमा मुद्दति खाताको रकम चलाएको, पूँजीबाट रु. ७ करोड चलाएको नेपाल राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ।
युनाइटेड विकास बैंक लिमिटेड सञ्चालक समितीका पदाधिकारीहरू ऐनविपरीत आफूखुशी कर्जा प्रवाह गरी बैंकलाई डुबाएर फरार भएका छन् भने सो बैकका कार्यकारी अध्यक्ष र एकजना सञ्चालक प्रहरी हिराजतमा परेको समाचारमा जनाइएको छ।