लघु कथा
शिरोमणि अर्याल
चोकमा एउटा मान्छे घिनलाग्दो वक्तव्य दन्काउँदै थियो। हल्लँदै एक रमाइलो जमात बटुल्दै थियो। उसको वक्तव्य थियो– “बाहुन क्षत्री। यी दुवै सगोलबाट छुट्टिएका अंशियार जात हुन्। यस कुराको पुष्टि यिनीहरूले लगाएको जनैले दिन्छ। जनैधारीमा गनिने एकै सूत्रका प्रतिबन्धित तथा अनुबन्धित सगोत्री हुन्। कालान्तरमा दुवै भाइ अंश लिएर भिन्न हुन पुगे। अनि राम र श्यामको दूरीमा आआफ्नो कर्म लिएर अघि लम्किए– अझैं पसारिंदै छन्।”
उसको कुरा बुझेर अर्को एउटाले उसलाई च्वास्स झोस्यो। ल भन त, बाहुन क्षत्रीमा कुन जेठो र कुन कान्छो ? चर्चित पहिलो वक्ताले लोमहर्षक अनुगमन गर्दै विश्वास गरायो। भाइ यो सन्दर्भ यतिबेला थन्काइराख र केहीबेरपछि तिम्रो प्रश्नको उत्तर दिउँला। पहिले भन त के तिम्रा पुर्खा बाँदर थिए ? तिमी यस तथ्यलाई स्विकार्छौ किनकि यो जनगुनासो होइन तथ्य हो। अब पहिले यो भन कि तिम्रा आदि पुर्खा जनै लाउँथे ? भन्न र किटान गर्न सक्तैनौ। म पुष्टि गर्छु। यता आएर आधुनिक नेपालमा यी दुई बुद्धिजीवी दाजु र भाइहरू रणक्षेत्रमा बुद्धि कौशलमा वा योजनाकारमा सिद्धहस्त भएका खास राज्य शक्ति वा राजनैतिक प्रखरता राख्ने सिपालु भएकाले यी दुई दाजुभाइहरू राज्य सञ्चालन व्यवस्थामा खास महत्त्व राख्थे र यी दुई दाजुभाइहरूको वर्गलाई राज्यको खास (अविभाज्य) सदस्य भनिन थालियो र तत्काल यिनलाई राज्य संहिताभित्र खस जात भन्ने गरियो। त्यो कुरा अद्यावधि खस बाहुन–खस क्षत्री भन्ने गरिन्छ। जहाँसम्म देशको कुरो आउँछ त्यो मानिसले मात्र बुझ्छ– मूर्खले होइन। नेपाल यसरी नै गर्न गराउन अझै पनि चर्चित छ। राज्य सञ्चालन गर्न, कार्य विभाजन गर्नुपर्दा देशको लागि प्रधानमन्त्री, अर्थमन्त्री आदिको कार्यप्रणाली र दक्षताको मोलतोल गरिन्छ । अब प्रधानमन्त्रीले मेरा पुर्खा प्रधान भन्ने जात थिए भन्ने दाबी गर्छ भने उसकी आमाको जात मन्त्री हो भन्ने हो भने त्यसको स्पष्टीकरण दिने काम तिम्रो हो, मेरो होइन । अब बल्ल बुझ्यौं। होइन भने गोलीगाँठे चुप लाग।
तेस्रोले वक्तासमक्ष नम्र निवेदन गर्यो। गाँठी कुरा अर्कै छ। खुलदुली के हो भने बाहुन जेठो पुर्खा कि क्षत्री। अब वक्ताज्यू भन त। श्रीमान महँगो पर्ला –वक्ताले उत्तर दियो – सुन, जुनसुकै परिवारमा घरको, धनको र जनको स्याहार अभिभारा जेठामा नै हुन्छ। तिम्रा घरमा छोरो जन्म्यो, हुक्र्यो, बिहे गरियो र मरे पनि तिनको अन्त्येष्टि आदि गर्न को अघि सर्छ ? प्रस्ट छ जेठो सन्तान। अब यतिबेला यसरी विस्तार लाएपछि मेरो टाउको खाइरहनु पर्दैन होला। नअघाउने जाउलो, अब उपरान्त नखानु है।
काहिंला बाजे मुसुमुसु हाँसिरहे। उनले सोचे होलान् यसै कुरामा मैले हस्तक्षेप गरिरहनुपर्दैन होला किनकि वक्ताबाट मुख बुजो लागिसकेको छ। तर्क छ। बाउ जेठो कि आमा किनकि यो कुरो प्रकृतिको रित हो। यसका पछि भगवान पनि अलमलिएका छन्– सीताराम, राधाकृष्ण, शिवपार्वती, विष्णुलक्ष्मी आदि। हाम्रा पुर्खाहरूलाई अझै थाहा छैन होला। सगोलमा जेठो कान्छोको देह र नाम दुवैको सहव्यापार भइ आएकै छ।
अन्तत: उसले अर्हायो। म अशिक्षित । अबदेखि मलाई प्रश्न सोध्ने होइन– हेर्ने र सुन्ने मात्र। ऊ बाहिरियो। कष्टहरू दुई किसिमका हुन्छन्– शारीरिक र मानसिक । कुन चाहिं बढी प्रभावकारी हुन्छ अझै यसको तुलनात्मक परिधि छुट्टिएको छैन। काहिला बाजे। –सिमरा–२, बारा