प्रस,वीरगंज,१६ चैत/
जिल्ला शिक्षा कार्यालय पर्साका स्रोतव्यक्ति (आरपी) नेपालेन्दु साह माफी मागेर कार्यवाही मुक्त भएका छन्। प्रजिअ शम्भु कोइरालाले शिक्षा माफियाको आरोपमा कार्यवाही गर्दा उनी माफी मागेर कार्यवाहीबाट जोगिएको भरपर्दाे स्रोतले बताएको छ। स्रोतको भनाइनुसार नेराउमावि सोलखपुर परीक्षा केन्द्रमा खटेका साहले आज एसएलसीको अन्तिम दिन सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रहमाचार्य, जिशिअ प्रमोद साहसमेतको टोलीले परीक्षार्थीहरूलाई एक मिनेटको चेतावनी दिएर चिट जाँच गर्दा केही परीक्षार्थीहरूबाट चिट फेला परेपछि जिशिअका सुरक्षागार्डले चिट खोस्दा विद्यालयमा जिशिका पर्साबाट खटेका साहले अवरोध सृजना गरेका थिए।
सशस्त्र प्रहरी उपरीक्षक ब्रह्माचार्यले जिशिअको अगाडि नै साहले अवरोध गर्दा पक्राउ गरी प्रजिअ समक्ष बुझाएका थिए। प्रजिअले साहलाई शिक्षा माफिया भएको भन्दै कार्यवाही गर्न खोज्दा साहले माफी मागेका र जिशिअसमेतले एकपटकका लागि माफी दिन सिफारिस गरेकाले निजलाई कार्यवाहीमुक्त गरिएको समाचार स्रोतले बताएको छ।