प्रस, वीरगंज, १५ चैत/
विपत् पूर्वतयारी तथा कार्ययोजना निर्माणसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।
एक्सन एडको आर्थिक सहयोगमा दिव्य तथा अरूणोदय युवा क्लब पर्साको संयुक्त समन्वयमा विपत् व्यवस्थापन समिति पर्साको आयोजनामा स्थानीय होटल सुरजमा सम्पन्न कार्यशालामा सहभागीहरूसँग रायसुझाव सङकलन गरिएको थियो ।
जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यशालामा रेडक्रसका सभापति फूलमहम्मद मियाँले विपत्का सन्दर्भमा पर्सामा गाविस सचिव र प्रहरीले गलत तथ्याङक प्रस्तुत गर्ने गरेको आरोप लगाएका थिए । उनले सचिव र प्रहरीले कम हानिलाई बढाएर बढी देखाउने गरेको र सोबापतको राहत लिएर दुरूपयोग गर्ने गरेको दोष लगाएका थिए । कार्यशालामा उपस्थित स्थानीय विकास अधिकारी, सशस्त्र एवं जनपद प्रहरीले उनको आरोपको खण्डन गरेनन् । कार्यशालामा विपत् अन्तर्गत भूकम्प, महामारी, शितलहरी, आगलागी, बाढी आउनुपूर्व र आएपछिको अवस्थामा अख्तियार गर्नुपर्ने उपायका बारेमा समूहगत छलफल गरिएको थियो । एकदिने कार्यशालामा स्थानीय विकास अधिकारी रामधीन यादव, सहायक प्रजिअ चिरञ्जीवी अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्माचार्य, प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीलगायत मन्तव्य व्यक्त गरेका थिए ।