बालबालिका तथा महिला सेवा केन्द्र वीरगंजाको सक्रियतामा जिल्ला प्रहरी कार्यालय, पर्सामा भौतिक पूर्वाधारसहितको भवन निर्माणको थालनी भएको छ।
आज जिल्ला प्रहरी कार्यालय पर्साको भवन रहेको पछाडिपट्टि रहेको अञ्चल प्रहरी कार्यालय वीरगंजको जग्गामा करिब ३५ लाखको प्रारम्भिक लागतमा निर्माण हुने भौतिक पूर्वाधार सहितको आधुनिक पक्की भवन निर्माणका लागि समाजसेवी कृष्णमोहन क्यालले शिलान्यास गरेका थिए। शिलान्यासपश्चात् आयोजित कार्यक्रममा पर्साका प्रजिअ शम्भु कोइरालाले प्रचारको चर्चा नायक र नेताले लिने तथा आफूहरूले राष्ट्रसेवकको काम देखाउनुपर्ने बताए। उनले जनसहयोगमा निर्माण हुन लागेको बालबालिका तथा महिला सेलको स्थापनाले स्थानीय प्रहरी–प्रशासन, बालबालिका र महिलाहरूको हकमा संवेदनशील रहेको सन्देश पनि प्रवाहित हुने बताए। उनले यस्ता जनहितका सवालमा सबै नगरवासीलाई सक्रियतापूर्वक लागि पर्न सुझाएका थिए ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयका महावाणिज्यदूत आशुतोष अग्रवालले आम नागरिकले प्रहरीसँग सहकार्य गरेर विकासको लागि गरेको पहलको सराहना गरेका थिए। उनले सामुदायिक सेवा केन्द्र छपकैयाको भवन निर्माणपछि नागरिकको पहलमा शुरू भएको बालबालिका तथा महिला सेलको निर्माणले प्रहरीको काम कार्यवाही तारिफ गर्न लायकको भएको बताए। पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले सुविधा सम्पन्न बालबालिका तथा महिला सेल नेपाल प्रहरीमा नै उदाहरणीय हुने बताए।
कार्यक्रमको अध्यक्षको हैसियतले स्वागत गर्दै बालबालिका तथा महिला सेवा केन्द्रका अध्यक्ष विश्वकरण जैनले अपराध र महिला हिंसाको शिकार हुँदै आएकाहरूलाई कानुनी प्रक्रिया पूरा नहुन्जेल निगरानीमा राख्नुपर्दा उचित व्यवस्था नभएको र उनीहरूसँगै हुने बालबालिकाले पनि अनावश्यक दु:खकष्टको सामना गर्नुपरेको कुरालाई मध्यनजर राखेर केन्द्रले सो सेलको निर्माणमा पहल गरेकामा जिविस, वीउमनपा, व्यापारी, विभिन्न सङ्घसंस्थाहरूले देखाएको सक्रियताको परिणाम शिलान्यास भएकोमा अविलम्ब निर्माण कार्य पूरा पनि गरिने बाचा गरेका थिए। शिलान्यास कार्यक्रमका सञ्चालक वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गणेश लाठले वीरगंज आफ्नो पुरानो अवस्थामा फर्किरहेको टिप्पणी गरेका थिए।
उनले वीरगंजको वर्तमान शान्तिसुरक्षाको अवस्थालाई खरेलको फिर्तीपछि पनि कायम राख्ने कुरामा प्रहरी महानिरीक्षकले पर्सा आएको बेला वाचापछि झनै ढुक्क हुने अवस्था आएको बताएका थिए। शिलान्यास कार्यक्रममा अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षक पङकज श्रेष्ठ, जिविस पर्साका स्थानीय विकास अधिकारी रामाधीनप्रसाद यादव, वीउमनपाका कार्यकारी अधिकृत शिवदत्त भट्टराईलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मी विभिन्न पेशाकर्मीहरूको सहभागिता थियो।