विश्वराज अधिकारी
गएको तीस वर्षमा निकै परिवर्तनहरू भएका छन्, खासगरी अर्थ – राजनीतिको क्षेत्रमा । गएको तीस वर्षमा सोभियत सङ्घले साम्यवादी व्यवस्था परित्याग मात्र गरेन अनेक राष्ट्रमा विभाजितसमेत हुन पुग्यो । कम्युनिज्मको बढी व्यावहारिक प्रयोग गर्ने देश चीनले केन्द्र नियन्त्रित अर्थ व्यवस्था परित्याग गरी पूँजीवादी अर्थ व्यवस्था अँगाल्यो । युरोपका धेरै राष्ट्रहरू– पोल्यान्ड, बुल्गेरिया, हङ्गरी, रोमानिया, चेकोस्लोभाकिया (तत्कालीन), अल्बानिया, युगोस्लाभिया
(तत्कालीन) आदिले कम्युनिज्म व्यवस्था परित्याग गरे । यसैगरी एसियाली राष्ट्रहरू– अफगानिस्तान, कम्बोडिया, म·ोलिया, भियतनाम आदिले पनि साम्यवादी वा केन्द्र नियन्त्रित अर्थ व्यवस्था परित्याग गरे । भारतले समाजवादी नारा त्यागेको एक दशकभन्दा बढी भइसक्यो । भारतका धेरै अर्थशास्त्रीहरू मुलुकले चमत्कारी आर्थिक प्रगति गर्नुको प्रमुख कारण राष्ट्रले खुला र उदार अर्थतन्त्र अ·ीकार गर्नु हो भनी विश्वास गर्छन् । यसैगरी नेपालमा पनि नेपाली काङ्ग्रेसले समाजवादी अर्थनीति परित्याग गरिसकेको उसको व्यवहारबाट देखिएको छ ।
अहिले लोकतान्त्रिक युग हो र लोकतन्त्रको प्रयोग राजनीतिभन्दा अर्थ नीतिमा बढी भइरहेको छ । केन्द्र नियन्त्रित अर्थ व्यवस्था वा साम्यवादी अर्थ व्यवस्थाबाट दु्रततर गतिमा मुलुकको आर्थिक विकास सम्भव नहुने वर्तमान विश्व परिस्थितिमा कुनै मुलुकका नेता वा सरकारले नियन्त्रित अर्थ व्यवस्थाद्वारा राष्ट्रको आर्थिक प्रगति गर्छु भन्नु त्यस देशको जनतालाई झुक्याउनु मात्र हो, परिस्थितिले त्यस्तै देखाएको छ । मौजुदा विश्व परिस्थितिमा आफ्नो राष्ट्रको आर्थिक विकास गर्न कुनै पनि मुलुकले अनिवार्यरूपमा विश्व अर्थव्यवस्थामा आफूलाई आबद्ध गर्नु नै पर्छ । विभिन्न राष्ट्रहरूको र खासगरी खुला बजारका हिमायती राष्ट्रहरूको गतिविधिबाट निर्मित यो विश्व परिस्थिति, अन्य मुलुकहरूका लागि एक किसिमको अवसर पनि हो भने यस परिस्थितिलाई स्वीकार गर्नुपर्ने स्थिति बाध्यता पनि हो । अवसर यस कारण हो कि आफ्नो देशमा उपलब्ध स्रोत तथा साधनहरूको लाभदायक किसिमले व्यापक उपयोग गर्न विश्व अर्थव्यस्थासँगको आबद्धताले निकै सहयोग पुर्याउँछ । र आफ्नो मुलुकको आर्थिक विकास गर्न विश्व अर्थ व्यस्थामा आबद्ध हुनु नै पर्ने, अनेक मुलुकसँग आर्थिक मितेरी कायम गर्नु नै पर्ने चाहिं बाध्यता हो, कुनै पनि राष्ट्रका लागि ।
विश्व अर्थ व्यवस्थामा आफ्नो मुलुकलाई आबद्ध नगराई राष्ट्रको आर्थिक प्रगति हुन गार्हो रहेछ भन्ने यथार्थ अहिले विश्वमा रहेका केवल दुई कम्युनिस्ट राष्ट्रहरू– उत्तर कोरिया र क्युबामध्ये क्युबाले बुझ्न शुरू गरेको छ । संयुक्त राज्य अमेरिकाबाट केवल ९० माइल टाढा रहेको टापू मुलुक क्युबा कम्युनिस्ट शासित मुलुक हो । कैरिबियन मुलुक क्युबाको उत्तरमा संयुक्त राज्य अमेरिका पर्दछ भने पश्चिममा बहामाज र मेक्सिको पर्दछन् । दक्षिणमा केमन आइल्यान्डस् र जमैका पर्दछन् । यसैगरी हाइटी र डोमनिकन रिपब्लिक दक्षिणपूर्वमा पर्दछन् । सन् २०१० को अनुमानअनुसार क्युबाको जनसङ्ख्या १ करोड १२ लाख ४१ हजार ८९४ रहेको छ । १,०९,८८४ वर्ग किलोमिटरमा फैलेको क्युबा कैरिबियन राष्ट्रहरूमा सबैभन्दा बढी जनसङ्ख्या र क्षेत्रफल भएको मुलुक हो । टापू मुलुक भएकोले समुद्री मार्गको भरपूर उपयोग गर्ने सक्ने स्थिति भएपनि क्युबाले द्रुत गतिमा आर्थिक प्रगति गर्न सकेको छैन र आर्थिक प्रगति गर्न नसक्नुको मुख्य कारण जानकारहरू क्युबाको एकतन्त्रीय कम्युनिस्ट शासन व्यवस्थालाई भन्दछन् ।
क्युबा अहिले चर्चामा छ र चर्चामा हुनुको कारण हो– पोप बेनेडिक्ट सोर्हौंद्वारा क्युबाको भ्रमण । पोपले कम्युनिस्ट राष्ट्र क्युबाको भ्रमण गरेका छन् । पोप सोमवार (:बचअज द्दट, द्दण्ज्ञद्द) क्युबा आइपुगेका थिए । त्रिदिवसीय आफ्नो भ्रमणको पहिलो दिन सोमवार पोप क्युबाको दक्षिण पूर्वी शहर सान्टियागो डि क्युबा पुगेका थिए । जहाँ उनको स्वागत क्युबाका राष्ट्रपति राउल कास्ट्रोले गरेका थिए । पोप म·लवार क्युबाको राजधानी हवाना पुगेका थिए । पोपको क्युबा भ्रमणलाई धार्मिक सम्बन्ध र सद्भाव विस्तारको रूपमा उल्लेख गरिए तापनि उनको यो भ्रमणले क्युबालाई राजनैतिक र आर्थिक सुधारका लागि दबाब दिने अनुमान गरिएको छ । क्युबामा अहिले धार्मिक स्वतन्त्रता छ भनी उल्लेख गरिए तापनि विभिन्न क्षेत्रहरूमा धार्मिक गतिविधिहरू गर्न रोक लगाइएको छ । केही दशकपहिले मात्र पनि सरकारले धार्मिक प्रभाव कम पार्न चर्चहरूको सम्पत्ति कब्जा गर्नुका साथै धर्ममा आस्था राख्ने कामदारहरूलाई कामबाट हटाएको थियो । हुनत अहिले पनि क्युबामा थुप्रै आस्थाका बन्दीहरू जेलमा रहेका छन् भनी उल्लेख गरिएको पाइन्छ तर पनि पछिल्ला दिनहरूमा क्युबामा सुधारका केही कार्यहरू पनि सँगसँगै भइरहेको देखिएको छ । जानकारहरूका अनुसार राष्ट्रपति राउल कास्ट्रोले सुस्त गतिमा नै भएपनि सुधारका केही कार्यहरू अगाडि बढाएका छन् । हुनत त्यस्तो गर्नुपर्ने बाध्यात्मक स्थितिले गर्दा पनि हुन सक्छ । तर पनि क्युबामा सुधारका सड्ढेतहरू देखिएका छन् । पोपको यो भ्रमणलाई क्युबामा सुस्त गतिमा नै भएपनि जारी रहेको राजनैतिक र आर्थिक परिवर्तन प्रतिको समर्थनको रूपमा पनि हेरिएको छ, तर खासगरी धार्मिक क्षेत्रमा ।
क्युबाको राजनीतिमा प्रभाव पार्न सक्ने केही व्यक्तिहरूले क्युबा राजनैतिकरूपमा यथास्थितिमैं रहने, केवल आर्थिक क्षेत्रमा मात्र केही परिवर्तन गर्ने मनस्थितिमा रहेको उल्लेख गरे तापनि क्युबाले राजनैतिक र आर्थिक दुवै क्षेत्रमा सुधार वा परिवर्तन गर्नुपर्ने बाध्यत्मक स्थिति सृजना भएको छ, मौजुदा विश्व परिस्थितिले गर्दा । धेरै राष्ट्रहरूसँग छुट्टिएर एक्लो अलग्गिएर बस्न गार्हो छ पनि, यो मौजुदा विश्व बजारीकरणको स्थितिमा । यस यथार्थलाई क्युबाले बुझ्न थालेको छ, उत्तर कोरियाले नबुझेको वा नबुझेजस्तो गरे तापनि ।
क्युबामा अहिले पनि सोभियत–मोडेल अर्थतन्त्रको प्रभाव कायम छ । राष्ट्रिय अर्थतन्त्रमा राज्यको नियन्त्रण छ । उत्पादनका साधनहरू प्राय: राज्यको स्वामित्वमा छन् र राज्यद्वारा नै सञ्चालित छन् । कामदारहरूको नियुक्ति पनि प्राय: राज्यद्वारा नै हुन्छ । तर यस क्षेत्रमा केही सुधारका कार्यहरू पनि भएका छन्, हालैमा । केही सीमित क्षेत्रहरूमा निजी स्वामित्वलाई पनि काम गर्न दिइएको छ । स्वरोजगारको रूपमा केही खुद्रा भण्डार सञ्चालन गर्न तथा हलुका उद्योग चलाउन निजी क्षेत्रलाई अनुमति दिइएको छ । निजी क्षेत्रले सन् २००६ मा २२ प्रतिशतलाई रोजगारी दिएको थियो जबकि १९८१ मा केवल ८.२ प्रतिशतलाई रोजगारी दिएको थियो । यसबाट पनि के देखिन्छ भने क्युबाको अर्थतन्त्र सुधार तर्फ उन्मुख छ । तर अहिले पनि पूँजी लगानी गर्न सरकारबाट अनिवार्यरूपमा अनुमति भने लिनुपर्छ ।
वर्तमान राष्ट्रपति राउल मोडेस्टो कास्ट्रो रूज सन् २००८ मा क्युबाका राष्ट्रपति भएका हुन् । हुनत उनी शक्तिमा भने सन् २००६ मा नै आइसकेका थिए । उनी सन् २००६ मा कार्यवाहक राष्ट्रपति भएका थिए, दाजु र त्यस बेलाका राष्ट्रपति फिडेल कास्ट्रो बिरामी भएको कारणले गर्दा । फिडेल कास्ट्रो भने सन् १९५९ देखि १९७६ सम्म क्युबाको प्रधान मन्त्री तथा सन् १९७६ देखि २००८ सम्म क्युबाका राष्ट्रपति रहेका थिए ।
स्वतन्त्ररूपमा विचार अभिव्यक्त गर्न अझै पनि रोक लगाइएको क्युबामा राजनैतिक र आर्थिक सुधारका कार्यक्रमहरू कसरी अगाडि बढ्ने छ त्यो त आउने समयले नै देखाउने छ । तर एउटा सत्य के हो भने जुनसुकै किसिमको गतिमा होस् क्युबाले सुधारका कार्यक्रमहरू अगाडि बढाउनु नै पर्छ, मौजुदा विश्व बजारीकरणको स्थितिमा, राष्ट्रको आर्थिक विकास गर्न ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय ।अयm