प्रस, जीतपुर, १६ चैत/
नक्कली भ्याट बिल कारोबारीलाई कारवाई गरेपश्चात् आन्तरिक राजस्व कार्यालय वीरगंजको राजस्व असुलीमा वृद्धि भएको छ भने सूर्य नेपाल प्रा.लि. को कच्चा माल आयात र चुरोट निर्यातको अन्त:शुल्क मिलान तथा उद्योग बन्द हडतालले राजस्व असुलीमा कमी आएको समाचार छ।
मुलुकभरिका औद्योगिक प्रतिष्ठानहरूमध्ये सबैभन्दा बढी अर्थात् दैनिक १ करोडभन्दा बढी राजस्व बुझाउने सूर्य नेपालको कच्चा माल आयातमा सो उद्योगले वीरगंज भन्सारलाई शुल्क तिर्छ र चुरोट निर्यातमा अन्त:शुल्क असुल गरेर दुवै अन्त:शुल्कको मिलानले गर्दा यस कार्यालयको राजस्व असुलीमा कमी आएको छ भने कहिले बन्द, हडताल वा प्राविधिक गडबडीले उत्पादन कम भएमा राजस्व पनि कम असुली भएको आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत लक्ष्मी रिमाल बताउँछन्।
आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आव २०६८/०६९ को साउन–फागुन ८ महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी अर्थात् रु. १ अर्ब ५९ करोड ८ लाख राजस्व सङकलन गरेको छ। राजस्व कार्यालय सिमरा, बारा–रौतहटले सोही अवधिको लक्ष्य भन्दा २ प्रतिशत कम अर्थात् रु. ३ अर्ब ७१ करोड १४ लाख ६६ हजार राजस्व सङकलन गरेको प्राप्त विवरणमा जनाइएको छ।
आन्तरिक राजस्व कार्यालय, सिमराले चालू आव २०६८/०६९ को साउन–फागुन ८ महिनामा अन्त:शुल्क रु. तीन अर्ब ४९ करोड ६८ लाख ४० हजार, आयकर रु ७ करोड ७२ लाख ६४ हजार, मूल्य अभिवृद्धि कर रु. १३ करोड ५ लाख १२ हजार, बहाल कर रु. ३९ लाख ५७ हजार, ब्याज कर रु. २६ लाख ९५ हजार र शिक्षा सेवा शुल्क रु. दुई लाख असुली गरेको सामाचारमा जनाइएको छ।
मुलुकको कुल राजस्व सङकलनमा अन्त:शुल्कको अंश ९६ प्रतिशत हुन्छ र सो अन्त:शुल्कमध्ये चुरोटको हिस्सा ९० प्रतिशतभन्दा बढी भएकोले सूर्य नेपाल सिमराको अन्त:शुल्क मिलानले गर्दा आन्तरिक राजस्व कार्यालय सिमराको लक्ष्य पूरा गर्न धौधौ परेको कर अधिकृत लक्ष्मी रिमालले बताए।