वार्सा, २१ फागुन/एएफपी
पोल्यान्डको दक्षिणी भागमा रहेको स्क्जेकोसिनीमा शनिवार राति एक रेल दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनाका साथै ६० घाइते भएका छन् भने उद्धारकर्मीले उक्त रेलबाट जीवित व्यक्तिहरू निकाल्ने कार्य जारी राखेका छन् ।
पोल्यान्डका गृहमन्त्री जेसेक सिकोकीले मर्नेको सङ्ख्या १४ पुगेको जानकारी दिए । उनी आइतवार बिहानै घटनास्थल पुगेका थिए । उनले हाल रेलको डब्बामा होश रहेका व्यक्तिहरू नरहेको देखिएको पनि बताए ।
उद्धार अधिकारीहरूले ६० व्यक्तिको हाल अस्पतालमा उपचार भइरहेको जानकारी दिए भने उनीहरूले तीमध्ये आधाको अवस्था गम्भीर रहेको उल्लेख गरे ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पत्रकारलाई यो पोल्यान्डको इतिहासमा गत केही वर्षमा सबैभन्दा नराम्रो दुर्घटना भएको बताए । घाइते हुनेमा युक्रेनका नागरिक पनि परेका बताइएको छ ।
शनिवार राति एकै रेलमार्गमा दुई रेल ठोकिएको र उक्त समयमा यी दुई रेलमा ३५० व्यक्ति यात्रा गरिरहेका बताइएको छ ।
एक रेल राजधानी वार्साबाट दक्षिणी नगर क्राकोतर्फ गइरहेको र अर्को रेल प्रजमिसलबाट राजधानीतर्फ आइरहेको बेला उक्त दुर्घटना भएको बताइएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । दुर्घटनास्थलमा ४५० अग्नि नियन्त्रक तथा १०० प्रहरी उद्धार कार्यमा संलग्न रहेको बताइएको छ । रासस