प्रस, रौतहट, १५ चैत/
एसएलसी परीक्षा अन्तर्गत आज सम्पन्न ऐच्छिक अर्थशास्त्र र ऐच्छिक गणित विषयको परीक्षामा सभासद्को नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन् ।
रौतहट जिल्लाको जुडिबेला परीक्षा केन्द्रबाट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित एकीकृत नेकपा माओवादीका सभासद् प्रेमबहादुर पुलामीको नाममा परीक्षा दिने व्यक्तिलाई पक्राउ गरिएको हो ।
मकवानपुर जिल्ला नामटार गाविस वडा नं. ८ बस्ने साहित्य लामालाई सशस्त्र प्रहरी नायब प्रहरी उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा गएको अनुगमन टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा आएको अनुगमन टोलीले फापरबारी गाविस वडा नं. ४ ठेगाना भएका सभासद् पुलामीले जनज्योति उच्च मावि चन्द्रनिगाहपुरबाट फाराम भरी ०३५५०४६ ‘बी’ सिम्बल नम्बरबाट एसएलसीको परीक्षामा सुरूदेखि नै लामा नै सहभागी हुँदै आएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी अर्का सभासद् कुमारी मोक्तानको बहिनी तारा मोक्तानको ठाउँमा परीक्षा दिने पूणर््िामा मोक्तानलाइ पनि पक्राउ गरेको छ ।