सञ्जय साह ‘मित्र’
विद्यालय तहको पढाइ पार गर्ने आयरन गेटको रूपमा परिचित प्रवेशिका परीक्षालाई देशको सबै क्षेत्रले विभिन्न किसिमले लिएका हुन्छन् । विद्यालयको पढाइ, सरकारको अनुदान र परीक्षाको नतिजाजस्ता पक्ष बढी महत्त्वपूर्ण हुन्छन् । राज्यले निकै धेरै लगानी गरेको र विदेशी निकायसमेतको ठूलो सहयोग रहने हुनाले यसप्रति सबैको चासो हुन्छ । परीक्षा अवधिभरि सञ्चारमाध्यमको पनि आँखा परीक्षाका नवीनतातिर हुन्छ । राज्यले पनि प्रवेशिका परीक्षाको लागि आफ्नो महत्त्वपूर्ण आर्थिक र प्रशासनिक शक्ति लगानी गरेको हुन्छ ।
परीक्षाको पूर्वतयारीदेखि परीक्षा अवधिभरि विद्यालय शिक्षासँग सम्बन्धित झन्डै सम्पूर्ण शक्ति परीक्षामा केन्द्रित हुन्छ । परीक्षालाई बढी मर्यादित बनाउन पहिलेदेखि विभिन्न निर्णय र निर्देशनहरू आइरहेका हुन्छन् । जिल्ला शिक्षा, जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयलगायत शिक्षाका अन्य निकायहरूसमेत परीक्षालाई मर्यादित र विद्यार्थीलाई असजिलो नहोस् भनेर सक्रिय हुन्छन् । यसवर्ष त झन् परीक्षालाई झनै मर्यादित बनाउने प्रयास गरिएको छ । परीक्षामा अनियमितता गर्नेलाई तत्कालै एक लाखसम्म जरिवाना गरिने निर्णयले केही त्रास पनि उत्पन्न गराएको र ठाउँ–ठाउँमा कारबाईका विभिन्न प्रकृतिहरूले कार्यरूप पाएको सार्वजनिक भएका पनि छन् ।
प्रवेशिका परीक्षामा यति धेरै मर्यादाहरू बनाइएको भए पनि देशभरबाट अमर्यादित कामहरू भएका खबरहरू आइरहन्छन् । पर्सादेखि धनुषासम्मका छ जिल्लाहरू पहिलेदेखि नै बदनाम छन् । तर अन्य जिल्लाहरू पनि पूर्ण मर्यादित र शान्तिपूर्ण भने हुन सकेका छैनन् । गतवर्ष त राजधानी काठमाडौंमा पनि परीक्षामा उत्तीर्ण गराउने जिम्मा लिएको मान्छे फेला परेको थियो ।
परीक्षालाई अमर्यादित बनाउन शिक्षक बढी दोषी रहेको विश्लेषण गरिन्छ । तर शिक्षकभन्दा जसरी पनि उत्तीर्ण हुनुपर्ने र पास गराइदिनै पर्ने प्रवृत्ति बढी जिम्मेवार छ । विद्यालय समुदायमा हस्तान्तरण हुने र व्यस्थापन समितिलाई शिक्षकलाई नियुक्ति तथा कारबाई गर्ने अधिकार दिएपछि तराईका जिल्लामा प्रवेशिकाको मर्यादा कम हुन थालेको देखिन्छ । शिक्षा र चेतनाका दृष्टिले पछाडि परेका समुदायमा जुन शिक्षक आफ्नो विषयमा चोराउन जाँदैनन्, उसलाई व्यवस्थापन समितिले कारबाई गर्ने डर हुन्छ । पढाइ होओस् कि नहोओस् तर परीक्षामा सफलतापूर्वक चोरी गराएर बढी अङक र प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराउने शिक्षकलाई समितिले सम्मानको दृष्टिले हेर्ने गर्छ । बरु शिक्षा विभाग र कार्यालयको निर्देशनलाई धोती लाउन सकिएला तर व्यवस्थापन समितिले दिएको निर्देशनलाई शिक्षकले अटेर गर्ने अवस्था छैन । परीक्षाको नियम र निर्देशनलाई पालन गरेको अभिनय गरेर समितिको निर्देशनलाई पूर्ण पालना गर्नुपर्ने दोहोरो चेपुवामा शिक्षक पर्ने गरेका छन् ।
अहिले केन्द्रहरूमा के देखिन्छ भने कतै शिक्षक चोरीमा संलग्न छन् त कतै केन्द्राध्यक्ष नै समातिएका छन् । पहिले त प्रवेशिका उत्तीर्ण गराउने ठेक्का लिनेहरू हुन्थे र अझै पनि छन् । सजिलै उत्तीर्ण हुने विद्यालयको खोजीमा हजारौं अभिभावक र विद्यार्थी अझै पनि छन् । पहाडबाट झरेका विद्यार्थीले नै भरिएका छन् । यस्ता विद्यार्थीहरू हजारौं खर्च गरेर मर्यादित परीक्षा दिन अवश्य झरेका होइनन् । नियत र उद्देश्य सबैलाई थाहा छ । तर पनि यस्तो प्रवृत्ति र क्रमलाई रोक्न सकिएको छैन । अनि परीक्षाका एक–एक मर्यादा क्रमश: भङग हुँदै गएको छ ।
विद्यालयको समस्यालाई समाधान गर्न कहिल्यै अघि नसर्ने विद्यालय व्यवस्थापनका पदाधिकारी र सदस्यहरू परीक्षा केन्द्रमा अवश्य पुगेका हुन्छन् । विद्यालयमा जतिसुकै समस्या भए पनि वा पढाइ हुँदै नभए पनि आफ्नो अध्यक्षता रहेको समयमा पहिलेका समयभन्दा नतिजा प्रतिशत नघटोस् भन्ने चाहना र यसमा बाधा पुर्याउने शिक्षकलाई कारबाईको कानूनी अधिकारले चोरी गराउन मधेसका शिक्षकहरू निरीह छन् । चोरी गराउने कुराको विपक्षमा हुँदाहुँदै पनि शिक्षकहरूको यही बाध्यताले विषय शिक्षक केन्द्रमा नगए पनि मोबाइल वा अन्य माध्यमले परीक्षाको प्रश्नहरू समाधान गर्न बाध्य छन् । कतिपय विद्यालयमा त बोर्डमैं समाधान गरेको सुनिन्छ । कतै केन्द्रबाट प्रश्नपत्र बाहिर ल्याएर थिन पेपरमा समाधान गरेर विद्यार्थी वा निरीक्षकलाई उपलब्ध गराएको सुनिन्छ । यस्तो चलन कम हुँदै गए पनि अवशेष भने हराइसकेको छैन ।
परीक्षा केन्द्रहरूमा अझै पनि भीड देखिन्छ । आफ्ना नानीले राम्रोसँग लेखून् र जसरी पनि उत्तीर्ण गरून् भन्ने चाहनाले अभिभावकहरू परीक्षा केन्द्रसम्म पुगेका हुन् । यसै उद्देश्यलाई पूर्ति गर्न अभिभावक आफ्नो मान्छेलाई निरीक्षकमा राख्न केन्द्राध्यक्षसित मोलतोल गर्न पनि पछि पर्दैनन् । केन्द्राध्यक्षलाई पनि सजिलै आम्दानी प्राप्त हुन्छ । केन्द्राध्यक्ष छनोट र नियुक्तिमा पनि राजनीतिक चलखेल र हस्तक्षेप हुन्छ ।
छोरी मान्छे दयाका पात्रका रूपमा हेरिन्छ परीक्षामा । जसरी भएपनि प्रवेशिका उत्तीर्ण भएपछि बिहेको लागि सजिलो हुने ठानिन्छ । प्रवेशिका नै उत्तीर्ण गर्न नसक्ने युवतीलाई पढेलेखेको नमानिने हुनाले केन्द्रमा जाने जोसुकैले पनि छात्रालाई सहानुभूतिको दृष्टिले हेरी सहयोग गर्छन् । यसैको परिणति के देखिन्छ भने कतिपय विद्यार्थी यस्ता छन् जसलाई आफूले परीक्षा दिएका सबै विषयको नामसमेत थाहा हुँदैन
तर ऊ प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण
हुन्छ ।
परीक्षा केन्द्र शान्त र भीडभाड नहुने होओस् । कतैबाट सरकारी गाडी आउँदाको अवस्थामा मात्र परीक्षा केन्द्रमा सुरक्षार्थ खटेका प्रहरी टोलीहरू सतर्क हुनुभन्दा सधैं सतर्कको अवस्था रहोस् । कुनै पनि शिक्षक आफ्नो विद्यालयको विद्यार्थी भएको परीक्षा केन्द्रमा नजाऊन् । परीक्षा केन्द्रमा नगएबापत शिक्षक दण्डित हुने मनोवैज्ञानिक आतङकको अवस्थाको अन्त्य होस् । कुनै पनि बहानामा केन्द्रमा भेटिने विव्यस पदाधिकारीलाई पदबाट मुक्त गरियोस् । चोरी गर्दागर्दै समातिने विद्यार्थीलाई कम्तीमा दुई वर्षभन्दा बढीको निष्कासन होओस् । चोरी हुने केन्द्रका केन्द्राध्यक्षलाई कम्तीमा पाँच वर्ष पुन: केन्द्राध्यक्ष बन्नबाट वञ्चित गरियोस् । अनि मात्र परीक्षा मर्यादित हुन्छ ।