यसपालिको प्रवेशिका परीक्षा अपेक्षाकृत शान्त र नियमित तथा व्यवस्थित रहयो। तर पनि अनियमितताका प्रयासहरू प्रशस्त भए, यो अलग कुरा हो आँखामा बिझ्नेगरी अनियमितता हुन पाएन। परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षालाई मर्यादित बनाउन हदैसम्मको कडा निर्देशन लागू गर्यो । परीक्षामा अनियमित क्रियाकलाप गर्ने जोकोहीलाई रु. एक लाख जरिवाना र ६ महिना कैद सार्है कडा निर्देशन हो। तर पनि अनियमितता गर्नेहरू डराएनन्, प्रयास गरे। यसबाट आगामी वर्षहरूमा प्रवेशिका परीक्षालाई अझ मर्यादित बनाउन के गर्न सकिन्छ भन्ने पाठ सिक्नुपरेको छ। परीक्षास्थलमैं प्रसव हुँदाहुँदै पनि परीक्षा दिने आँटले नेपाली जाँगर र प्रतिबद्धतालाई प्रस्टयाएको छ भने सभासद्जस्ता मानिसले आफ्नो परीक्षा अरूसँग दिन लगाएको नितान्त घृणित कार्य पनि देखियो, परीक्षा नियन्त्रण कार्यालयको निर्देशन त्यति कडा हुँदाहुँदै पनि। यस्ता अनियमितताहरूमा जाँचबुझ चलिरहेको होला। सहानुभूति देखाएर एकपटकलाई माफी दिने कार्य भयो भने पछिको परीक्षालाई मर्यादित बनाउन सकिने छैन भन्ने हेक्का राखेर काम गर्दा लोककल्याण होला ।
समाजमा हैकमवादीहरूको वर्चस्व छ। नियम भनेको तोड्नका लागि हो, कारबाईका कुराहरू कागजमा सीमित हुने चीज हो, व्यवहारमा जति गल्ती गरे पनि मुक्ति पाइन्छ भन्ने मनोविज्ञानले सम्पूर्ण वातावरणलाई धमिल्याएको छ। र यसकै असर देशका अन्यान्य क्षेत्रमा पर्न पुग्दछ। माहुरीको गोलजस्तै हुर्रिएर परीक्षामा अनियमितता गर्न जाने अभिभावकहरूको मनोबल यसपालि उनीहरूमा चेतना आएर खस्केको होइन, अपितु प्रहरी प्रशासनको सतर्कता र सबै पक्षको जागरुकताले सम्भव भएको कुरालाई बिर्सनुहुँदैन। यसपटक सभासद्ले हैकम देखाउने प्रयास गरे, अर्कोपटक उनका आफन्तले गर्लान्। यो रोग सरेर सर्वसाधारणसम्म पुग्यो भने अनि अराजकताको सिर्जना हुन्छ। किनकि देखिएकै कुरा हो, आज परीक्षालाई मर्यादित बनाउन योगदान दिने त्यही प्रहरी प्रशासनले हिजो आफैं अमर्यादा फैलाउन सहयोग गरेको थियो। ठूला पदाधिकारीहरूका गैरजिम्मेवार सन्तानहरू परीक्षामा मनोमानी गर्न खुकुला परीक्षा केन्द्र ताकेर आउँथे । व्यक्ति त्यही हो, जसले हिजो गल्ती गर्यो, तर आज अठोट गरेर अनियमितता रोक्ने प्रयास गर्दा त्यही प्रहरी प्रशासनले उदाहरणीय कार्य गरेर देखाइदियो ।
अंकुशी लगाउने हो भने हात्तीजस्तो विशाल शक्तिशाली प्राणी पनि नियन्त्रणमा आउन सक्छ। अनुशासन र निरन्तर प्रयासबाट आकाशमा स्वच्छन्द विचरण गर्ने पक्षीले पनि मानिसको भाषा सिक्न सक्छ। अंकुशी भनेकै स्वेच्छाचारिता नियन्त्रण गर्न दिइने दण्ड हो। हो सबै ठाउँमा, सबैलाई अंकुशीले नै नियन्त्रण गर्न सकिंदैन। अंकुशीका साथै हित अहितको कुरा पनि स्मरण गराइराख्नुपर्छ। लामो समयदेखि चलेको राजनीतिक अस्थिरताले देशमा दण्डहीनताको अवस्था आएको हुँदा नै आज नेपाली समाज अस्तव्यस्त र छाडा भएको छ। डर र काउन्सिलिङ जारी राख्दा गाँजा नियन्त्रण हुन सक्यो, अनुशासनको कडाइका साथ पालना गर्दा यसपालि प्रवेशिका परीक्षा अपेक्षाकृत नियमित हुन सक्यो। दृढ निश्चयी भएर काम गर्दा बलियाहरूले मिचेका सार्वजनिक जग्गाहरू अतिक्रमणमुक्त हुन सके। सदाशयता भूलमा उपयुक्त हुन्छ, गलती गर्नेलाई त दण्ड दिनैपर्छ। यसबाट उसमा गलती गर्ने साहस पलाउँदैन भने अरूलाई सिको हुन्छ। र समाज व्यवस्थित र नियमसङगत हुन पुग्छ।