शिकागो, २१ फागुन/एएफपी
अमेरिकाको मध्यपश्चिम तथा दक्षिणका आठ राज्यमा आएको भूचक्रवात (टोरनाडो) का कारण मर्नेको सङ्ख्या ३८ पुगेको छ भने हाल उद्धारकर्मी तथा स्थानीय बासिन्दा मृतकको खोजीमा घरघर पुगेका छन् ।
शुक्रवार गएको उक्त भूचक्रवातले क्षति गराएको हो । अमेरिकाली राष्ट्रिय मौसम सेवाले जर्जिया तथा फ्लोरिडामा थप भूचक्रवात जाने चेतावनी दिएको छ ।
चक्रवातका कारण रूख उखेलिएका छन् र ट्रक उल्टिएका छन् । विद्यालयका बस घरमा जोतिएका छन्, ट्रकहरू पोखरीमा पुगेका छन्, इँटाका घर धराशायी भएका छन् भने काठका घर ध्वस्त भएका छन् । घुम्ती घरहरू यत्रतत्र ढलेका छन् ।
अमेरिकाली राष्ट्रपति बराक ओबामाले इन्डियाना, केन्टकी तथा ओहायोका गभर्नरहरूलाई समवेदना दिएका छन् र सङ्घीय व्यवस्थापन संस्था सहयोगका लागि तयार रहेको बताएका छन् । उक्त कुरा ह्वाइट हाउसले उल्लेख गरेको हो ।
भूचक्रवात पूर्वतर्फ बढेकोले इन्डियाना, केन्टकी, अलाबामा तथा जर्जियामा यी मृत्यु भएका हुन् ।
यसबीच शिकागोबाट प्राप्त समाचारमा दुई वर्षीया एक बालिका आफ्ना आमाबाबु तथा दाजुभाइको मृत्यु हुँदा पनि जीवित फेला परेकी स्थानीय आमसञ्चारले जनाएको उल्लिखित छ । यसो भए पनि यी बालिकाको अवस्था गम्भीर रहेको बताइएको छ ।
यी बालिकालाई इन्डियानाको न्यु पेकिनमा उनको धराशायी घरको बाहिरी भागमा आफ्ना परिवारको शवसँगै फेला पारिएको उनी रहेकी अस्पतालका कर्मचारीले बताए ।
चक्रवातका कारण यी बालिकाले आमाबाबु, दुई महिने बहिनी तथा तीन वर्षे भाइ गुमाएको बताइएको छ । रासस