बेइजिङ, २१ फागुन/एएफपी
चीनको प्रतिरक्षा बजेट सन् २०१२ मा ११.२ प्रतिशतले वृद्धि भई १०६.४१ अर्ब अमेरिकी डलर पुग्ने राष्ट्रिय जन कङ्ग्रेसका प्रवक्ता ली झाओसिङले एक पत्रकार सम्मेलनमा बताए ।
उक्त पत्रकार सम्मेलन चिनियाँ संसद्को वार्षिक बैठकको आरम्भमा आयोजना गरिएको हो ।
सन् २०११ को अङ्कलाई हेर्दा यस वर्षको वृद्धि भने कमै हो । अघिल्लो वर्ष प्रतिरक्षा बजेट १२.७ प्रतिशतले वृद्धि भएको थियो ।
लीले चीनको ठूलो क्षेत्र तथा लामो तटीय क्षेत्रलाई हेरी अन्य प्रमुख मुलुकको तुलनामा प्रतिरक्षाको यो बजेट कमै भएको पत्रकारहरूलाई बताए । उनले सन् २०११ को कुल गार्हस्थ्य उत्पादनमा यो बजेट १.३ प्रतिशत भएको तर अमेरिका तथा बेलायतको प्रतिरक्षा बजेट कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतभन्दा बढी नै रहेको उल्लेख गरे ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको प्रतिरक्षा बजेट गत दशकमा दुई अड्ढका दरले बढेको थियो । विश्लेषकहरूले चीनको प्रतिरक्षामा वास्तविक खर्च उल्लेख गरिएभन्दा निकै बढी रहेको बताएका छन् ।
चीनको जनमुक्ति सेना विश्वको सबैभन्दा ठूलो सेना हो र यसमा २३ लाख सैनिक रहेको अनुमान गरिएको छ । यसका प्रतिरक्षा कार्यक्रम निकै गोप्य रहने गर्छन् तर चीनले आफ्नो सेनाको आधुनिकीकरण पूर्णतया प्रतिरक्षाको प्रकृतिको रहेको दाबी गरिरहेको छ ।
चीनको बढ्दो सैनिक क्षमता एसियाका अन्य मुलुक तथा वाशिंगटनका लागि खतराको सङ्केतको रूपमा हेरिन्छ । वाशिंगटनले जनवरीमा चीनको बढ्दो शक्ति हेरी आफ्नो प्रतिरक्षा रणनीति घोषणा गरेको छ ।
टोकियोले पनि पटकपटक बेइजिङको सैनिक अभिरुचिमा प्रश्न उठाएको छ । जापान सरकारले गत महिना दिएको एक प्रतिवेदनमा चीनले साउथ चाइना सीमा देखाएको दाबी अन्य क्षेत्रमा पनि विस्तार हुनसक्ने उल्लेख गरिएको छ ।
चीनले साउथ चाइना सी आफ्नो भएको दाबी गरिरहेको छ जहाँ स्पार्टली द्वीप समूह रहेका छन् । यस क्षेत्रलाई भियतनाम, फिलिपिन्स, ताइवान, ब्रुनाई तथा मलेसियाले पनि आफ्नो भनी दाबी गरेका छन् ।
चीनको प्रतिरक्षा बजेट सन् २०११ देखि २०१५ सम्म दोब्बर हुने अनुमान गरिएको छ । यो रकम एसिया प्रशान्त क्षेत्रको प्रतिरक्षा बजारको खर्चभन्दा बढी हुने विश्वव्यापी अनुसन्धान संस्था आइएचएसले गत महिना उल्लेख गरेको थियो । रासस