बैद्यनाथ ठाकुर
प्रवेशिका परीक्षा २०६८ को लिखित परीक्षा गएको बिहीवारदेखि सकिएको छ। कतिपय विषयको प्रैक्टिकल परीक्षा अझै पनि चल्दैछ। सम्भवत: सोमवारसम्म यो पनि सकिने छ। अधिराज्यभरि यस वर्षको प्रवेशिका परीक्षामा अनियमितता भए गर्ने–गराउने दुवैलाई एक लाख रुपियाँ नगद वा ६ महिना कैद वा दुवै ठाउँको ठाउँ कारबाई गरिने कुरा परीक्षा अगावै शिक्षामन्त्रीदेखि अन्य सरोकारवाला पक्षले धुमधामसँग उठाएका थिए। तर व्यवहारमा के भयो ? भनिन्छ सानैदेखि लागेको बानी छोड्न बडो गार्हो हुन्छ। विगतका दिनमा प्रवेशिका परीक्षामा हुँदै आएको संस्थागत अनियमितता यसपालि पनि विभिन्न रूपरङगमा प्रकट भएकै हो। तर कुनै पनि चीज राम्रो कि खराब त्यसको विश्लेषण तुलनात्मक ढङगबाट मात्र गर्न सकिन्छ। जेहोस् पोहोर सालको प्रवेशिका परीक्षाभन्दा यस वर्षको प्रवेशिका परीक्षा मर्यादित सम्पन्न भएको छ भन्दा अनुचित नहोला। यस अर्थमा प्रवेशिका परीक्षा समन्वय समितिलाई धन्यवाद दिनैपर्छ।
यस वर्षको प्रवेशिका परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने वा सहयोग गर्ने वा पदीय दायित्व पूरा नगरेकाहरूलाई कारबाई पनि गरेको देखियो। जिल्ला शिक्षा कार्यालय पर्साले दिएको जानकारी अनुसार जिल्लाभरिबाट ६३ जना परीक्षार्थीलाई विभिन्न परीक्षा केन्द्रमा अमर्यादित व्यवहार गरेकोमा निष्कासित गरिएको छ। त्यसैगरी १९ जना निरीक्षकलाई निष्कासित गरिएको छ। एकजना केन्द्राध्यक्ष तथा तीनजना सहायक केन्द्राध्यक्षलाई समेत परीक्षा केन्द्रबाट निष्कासन गरिएको छ। परीक्षाको अवधिमा एकजना नक्कली परीक्षार्थी अन्तिम दिनमा समातिए जसमाथि मुद्दा चलाइने कुरो सुनिंदैछ। त्यसैगरी पूरै परीक्षाको अवधिभरिमा सयकडौं परीक्षार्थीलाई १० देखि १५ मिनेटसम्म उत्तरपुस्तिका (कपी) खोसेर डिटेन (ढिलो) गराई पुन: परीक्षामा सामेल गराइएको छ। यस्तो क्रम पर्सा जिल्लामा मात्र नभई देशैभरि यसपालिको प्रवेशिका परीक्षामा देखिएको छ। सभासद्हरूले यसपालि पनि आफ्नो परीक्षा आफन्तबाट दिन भ्याएका छन्।
२०७० पछाडि विद्यार्थी जीवनको फलामे ढोका मानिने प्रवेशिका परीक्षा यसरूपमा हुनेछैन। जसरी कक्षा एकदेखि ९ कक्षासम्मको अन्तिम परीक्षा वार्षिक परीक्षाको रूपमा लिइन्छ ठीक त्यसैगरी कक्षा १० को अन्तिम परीक्षा लिने तयारी भइरहेको छ। यसको पूर्वाभ्यास यसै वर्षदेखि ७० प्रतिशत दस कक्षामा उपस्थिति भएको विद्यार्थीलाई प्रवेशिका योग्यता परीक्षा (टेस्ट) दिएपनि नदिए पनि प्रवेशिका परीक्षामा रोक्न नपाउने प्रावधान लागू गरिसकिएको छ । तर पनि जबसम्म साँस तबसम्म आश भनेजस्तै प्रवेशिका परीक्षामा यति धेरै अमर्यादित व्यवहार किन हुन्छ ? किन परीक्षार्थी चोरी गर्न उन्मुख हुँदै आएका छन् ? परीक्षा कोठामा किन निरीक्षकले आँखा चिम्लने गरेका छन् ? किन केन्द्राध्यक्षहरूले संस्थागत (निजी) विद्यालयहरूबाट रकम बुझी अमर्यादित परीक्षा सञ्चालन गर्ने संस्थागत सरजाम मिलाउँदै आएका थिए ? वा अझैं पनि त्यस्ता प्रयासहरू गर्न खोजिएको देखियो ?
कुनै पनि विद्यार्थीको रहर वा इच्छा चिट चोरेर उत्तीर्ण होऊँ भन्ने हुँदैन। प्रत्येक परीक्षार्थी आत्मनिर्भर बन्न चाहन्छ तर पनि किन चिटको सहारा लिन्छ ? यस्तो अमर्यादित व्यवहार के प्रवेशिका परीक्षामा मात्र भइरहेको छ वा कक्षा एकदेखि दससम्म प्रत्येक कक्षाको प्रत्येक परीक्षा (प्रथम त्रैमासिक, द्वितीय त्रैमासिक तथा अन्तिम परीक्षा) मा उनीहरू खुलेरै अमर्यादित व्यवहार गर्ने गरेका छन्। यो हाम्रो शिक्षा प्रणालीभित्रको वास्तविकता हो। यतिमात्र होइन प्रत्येक कक्षामा परीक्षार्थीहरू सात विषय, आठ विषयमा उत्तीर्णाङकको पचास प्रतिशतभन्दा पनि कम अङक प्राप्त गरे तापनि उसलाई अघिल्लो कक्षा उचाल्ने गरिन्छ। कतिपयलाई यस कारण कक्षा उचालिन्छ कि ऊ वरिष्ठ शिक्षकको घरडेरामा वर्षौदेखि ट्यूुन पढ्दछ। त्यसैगरी कतिपयलाई यस कारण कक्षा उचालिन्छ कि उसको अभिभावकको प्रधानाध्यापकमाथि दबाब हुन्छ अनि कतिपयको बिहेको समस्या, जागिरमा समस्या आदि इत्यादि कारणले पनि कक्षा उचाल्ने गरिन्छ। त्यसैगरी धेरैजसो परीक्षार्थीलाई यस कारण पनि कक्षा उचालिन्छ कि विद्यालयको दरबन्दी नकाटियोस्, विद्यार्थीको टाउको गनेर आउने पिसिएफ कोटा र ननसैलरी पिसिएफको रकम हात पारेर शिक्षकको नियुक्तिदेखि अन्य प्रत्यक्ष–अप्रत्यक्ष आर्थिक लाभ लिन हाम्रा हेडसरहरू पाइरहून्। यस्तै–यस्तै कारणले प्राथमिक स्तरमा अयोग्य विद्यार्थी कक्षा उचालिंदै माध्यमिक स्तरसम्म पुग्छन् अनि त्यस्ताले परीक्षामा अमर्यादित व्यवहार नगरे के गर्छन् ? मरता क्या नहीं करता ?
प्रवेशिका परीक्षाको बेला दिनमा तीनचोटी एउटै केन्द्रमा जान भ्याउने अनुगमन–निरीक्षण टोलीहरू अरू सामान्य बेला महिनामा एकचोटी पनि विद्यालयमा गएर अनुगमन–निरीक्षण किन गर्दैनन् ? विद्यालयभित्र पसेर पठनपाठन भइरहेको–नभइरहेको, आर्थिक पारदर्शिता रहेको–नरहेको, शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको–नभएको, नातागोता, इष्टमित्र आफन्तबाट शिक्षक छनोट नतिजा प्रभावित भए–नभएकोजस्ता कुराको नियमित अनुगमन गर्ने जिम्मेवारी जिल्ला शिक्षा कार्यालयको हो कि होइन ? हो भने ऊ किन जाँदैन र यस कुरामा हाम्रो प्रहरी प्रशासनको चिन्ता र चासो केवल प्रवेशिका परीक्षासम्म मात्र सीमित किन ? आज प्राय:जसो सबै विद्यालयको आर्थिक हिसाब केवल लेखा परीक्षकको औपचारिकतामा सीमित छ। विद्यालयहरूभित्र आर्थिक भ्रष्टाचार व्याप्त छ। सरोकारवाला निकाय मौन किन ? विद्यालयभित्र प्रधानाध्यापक दस बजेदेखि ४ बजेसम्म बस्दैन, विभिन्न बहानामा हाजिरी गरेर वा काज लेखेर विद्यालयबाट पलायन हुन्छ भने त्यस्तो विद्यालयमा पठनपाठनको अवस्था के होला ? प्रधानाध्यापक स्वयं कक्षा कोठामा पढाउँदै–पठाउँदैन झूटमुटको लबरइ–फटही भाषण छाँटिरहन्छ भने विद्यालयको शैक्षिक स्तर कस्तो होला ? प्रचलित ऐन कानुनमैं रहेर इमानदारीपूर्वक काम गरेपछि ऊर्जामन्त्री गोकर्ण विष्ट, अर्थमन्त्री डा. बाबूराम भट्टराई तथा एसपी रमेश खरेलले वाहवाही कमाउन सक्छन् भने प्रधानाध्यापकले विद्यालयभित्र इमानदारीपूर्वक काम गरेर आर्थिक पारदर्शिता देखाई रचनात्मक योजनाबाट वाहवाही कमाउन सक्दैनन् ? इमानदार प्रधानाध्यापकको व्यक्तिगत मेहनतबाट शिक्षामा सकारात्मक प्रभाव पर्यो भन्ने एउटै उदाहरण देखाउने अवस्था मुलुकभरिमा किन छैन ? विद्यालयदेखि मन्त्रालयसम्म शैक्षिक माफियाहरूको चकचकी भएपछि परीक्षामा विद्यार्थीहरू अमर्यादित क्रियाकलाप नगरेर के गरून् ? उनीहरूलाई निष्कासन गरेर शैक्षिक स्तर कहिले पनि उठ्न सक्दैन। मुहान सफा नभएसम्म खोलामा सफा पानीको आश गर्नु मूर्खताबाहेक के होला ? प्रधानाध्यापकको गिद्धेदृष्टि जबसम्म विद्यालयको कोषमाथि घुमिरहन्छ तबसम्म शिक्षामा सुधार मृगतृष्णाबाहेक केही हुन सक्दैन। शिक्षा कार्यालय, निर्देशनालय तथा मन्त्रालयसम्म जसरीपनि औपचारिकताको लङगोटीभित्र बजेट निर्माण गर्ने र बाँडीचुडी खाने प्रवृत्तिमा लिप्त रहन्छन् तबसम्म नेपाली शिक्षामा सुधार आउन सक्दैन। विद्यालय भनेको सेवा गर्ने थलो हो यस कुराको यथार्थपरक ज्ञान सरोकारवालामा देखिंदैन बरु उनीहरूको बुझाइमा विद्यालय भनेको कमाइखाने भाँडो हो। आफ्नो कार्यकालमा सकेजति कमाऊ भन्ने धारणाबाट ग्रस्त रहेसम्म शिक्षामा गुणवत्ता त के सामान्य सुधार पनि गर्न सकिदैन। दातृराष्ट्रबाट अर्बौ–खर्बौको बजेट विभिन्न शीर्षक र योजना अन्तर्गत ल्याउने तथा आआफ्नो औकातअनुसार शैक्षिक माफियाहरूले माथिदेखि तलसम्म बाँडेर खाने भ्रष्ट प्रवृत्तिलाई जरैदेखि जबसम्म समाप्त पारिंदैन, शिक्षा अमर्यादित भिक्षामा रूपान्तरित भइरहन्छ भन्दा अतियुक्ति नहोला।