Posts

Showing posts from March, 2012

सरकार छोडी मधेसमा राजनीति गर्न कार्यकर्ताहरूद्वारा मधेसी नेतालाई आह्वान

Image
प्रस, वीरगंज, १७ चैत/     संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका पार्टीहरूको पर्सा जिल्लाका नेताहरूले आज पत्रकार सम्मेलन आयोजना गरी मोर्चाबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई सरकार छाडी फिर्ता आउन आग्रह गरेका छन्।     मधेसी पत्रकार समाज पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साका तर्फबाट मधेसी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष शशिकपुर मियाँले चार बुँदे सहमतिको पालना नभएको र अब आएर सहमति पालना हुने आधारहरू पनि खत्तम भइसकेको हुँदा सरकार छोडेर फिर्ता आउन आग्रह गरे।     अध्यक्ष मियाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको चार बुँदे सहमति पालनाको लागि सरकारमा सहभागी भएकोमा सो पालना हुने आशा नभएपछि सरकारमा बस्नुको औचित्य नरहेको भन्दै मन्त्रीबाट फिर्ता आएर मधेसमा राजनीतिक गर्न आग्रह गरे। उनले मोर्चामाथि केवल सरकारमा बसिरहेको आरोप लागिरहेको र सहमतिसमेत कार्यान्वयन नहुँदा मोर्चाको विश्वासमा कमी आएको कारण स्थानीय तवरबाट सरकार छाड्न आग्रह गरिएको पुष्टि गरेका थिए।     मोर्चाका तर्फबाट मधेसी जन अधिकार फोरम लोकतान्त्रिक पर्सा अध्यक्ष हरेन्द्र

उच्च माविका शिक्षकहरू आन्दोलनमा

प्रस, वीरगंज, १७ चैत/     नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन केन्द्रीय कमिटीको आयोजनामा नारायणी अञ्चलभरिका सामुदायिक उमावि शिक्षकहरूको भेला आज सम्पन्न भयो। युनियनका केन्द्रीय अध्यक्ष डिल्ली सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा युनियनले घोषणा गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत उच्च माध्यमिक शिक्षा परिषद्द्वारा आउने वैशाख १७ गतेदेखि सञ्चालन गर्ने कक्षा ११ र १२ को वार्षिक परीक्षा असहयोग तथा बहिष्कार गर्ने निर्णय गरेको छ। परीक्षाको असहयोग तथा बहिष्कार कार्यक्रम अन्तर्गत परीक्षा केन्द्रहरूले उत्तरपुस्तिका नबुझ्ने, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, पर्यवेक्षकजस्ता जिम्मेवारी नलिने निर्णय भएको छ। युनियनले २०६९ वैशाख ४ गतेदेखि परिषद्का सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी, वैशाख ७ गते सम्पूर्ण उमावि शिक्षकहरूको राष्ट्रिय भेला र वैशाख ८ गते उमाशिप र शिक्षा विभागमा तालाबन्दी र धर्ना दिने घोषणा गरेको छ।     स्मरण रहोस्, युनियनले विभिन्न १५ सूत्रीय माग राखी फागुनदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ।     युनियनले अगाडि सारेका मागहरूमा सामु

प्रवेशिकाले सिकाएको पाठ

    यसपालिको प्रवेशिका परीक्षा अपेक्षाकृत शान्त र नियमित तथा व्यवस्थित रहयो। तर पनि अनियमितताका प्रयासहरू प्रशस्त भए, यो अलग कुरा हो आँखामा बिझ्नेगरी अनियमितता  हुन पाएन। परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षालाई मर्यादित बनाउन हदैसम्मको कडा निर्देशन लागू गर्‍यो । परीक्षामा अनियमित क्रियाकलाप गर्ने जोकोहीलाई रु. एक लाख जरिवाना र ६ महिना कैद सार्‍है कडा निर्देशन हो। तर पनि अनियमितता गर्नेहरू डराएनन्, प्रयास गरे। यसबाट आगामी वर्षहरूमा प्रवेशिका परीक्षालाई अझ मर्यादित बनाउन के गर्न सकिन्छ भन्ने पाठ सिक्नुपरेको छ। परीक्षास्थलमैं प्रसव हुँदाहुँदै पनि परीक्षा दिने आँटले नेपाली जाँगर र प्रतिबद्धतालाई प्रस्टयाएको छ भने सभासद्जस्ता मानिसले आफ्नो परीक्षा अरूसँग दिन लगाएको नितान्त घृणित कार्य पनि देखियो, परीक्षा नियन्त्रण कार्यालयको निर्देशन त्यति कडा हुँदाहुँदै पनि। यस्ता अनियमितताहरूमा जाँचबुझ चलिरहेको होला। सहानुभूति देखाएर एकपटकलाई माफी दिने कार्य भयो भने पछिको परीक्षालाई मर्यादित बनाउन सकिने छैन भन्ने हेक्का राखेर काम गर्दा लोककल्याण होला ।     समाजमा हैकमवादीहरूको वर्चस्व छ। नियम भनेको त

प्रवेशिका परीक्षा २०६८ लाई फर्केर हेर्दा

Image
बैद्यनाथ ठाकुर     प्रवेशिका परीक्षा २०६८ को लिखित परीक्षा गएको बिहीवारदेखि सकिएको छ। कतिपय विषयको प्रैक्टिकल परीक्षा अझै पनि चल्दैछ। सम्भवत: सोमवारसम्म यो पनि सकिने छ। अधिराज्यभरि यस वर्षको प्रवेशिका  परीक्षामा अनियमितता भए गर्ने–गराउने दुवैलाई एक लाख रुपियाँ नगद वा ६ महिना कैद वा दुवै ठाउँको ठाउँ कारबाई गरिने कुरा परीक्षा अगावै शिक्षामन्त्रीदेखि अन्य सरोकारवाला पक्षले धुमधामसँग उठाएका थिए। तर व्यवहारमा के भयो ? भनिन्छ सानैदेखि लागेको बानी छोड्न बडो गार्‍हो हुन्छ। विगतका दिनमा प्रवेशिका परीक्षामा हुँदै आएको संस्थागत अनियमितता यसपालि पनि विभिन्न रूपरङगमा प्रकट भएकै हो। तर कुनै पनि चीज राम्रो कि खराब त्यसको विश्लेषण तुलनात्मक ढङगबाट मात्र गर्न सकिन्छ। जेहोस् पोहोर सालको प्रवेशिका परीक्षाभन्दा यस वर्षको प्रवेशिका परीक्षा मर्यादित सम्पन्न भएको छ भन्दा अनुचित नहोला। यस अर्थमा प्रवेशिका परीक्षा समन्वय समितिलाई धन्यवाद दिनैपर्छ।     यस वर्षको प्रवेशिका परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने वा सहयोग गर्ने वा पदीय दायित्व पूरा नगरेकाहरूलाई कारबाई पनि गरेको देखियो। जिल्ला शिक्षा कार्यालय पर्सा

मिथिलाको कला र वास्तुकला (स्थापत्य)

बासुदेवलाल दास सहप्राध्यापक, इतिहास विभाग ठाकुरराम बहुमुखी क्याम्पस, वीरगंज     मिथिला क्षेत्रमा कलाको उन्नति र समृद्धि उल्लेखनीय रहेको छ। यहाँका निवासीहरूको सुरुचिसम्पन्नताले गर्दा यस क्षेत्रमा विविध प्रकारले प्रगति भएको पाइन्छ। कला र वास्तुकलाको विशिष्ट शैली मिथिलामा विकसित र प्रचलित भएको देखिन्छ। कलाको क्षेत्रमा पुरुषहरूकासाथै महिलावर्गको सक्रिय सहभागिता रहेको पाइन्छ। वस्तुत: मिथिलामा ललितकलाको क्षेत्रमा महिलावर्गको अतुलनीय योगदान रहेको छ।     मिथिलामा विभिन्न अवसरहरूमा आँगनलाई गोबरले एवं घरलाई माटोले लिप्ने गरिन्छ। गोबरमा गाईको गोबरलाई तथा माटोमा पहेंलो माटोलाई, जसलाई मैथिली भाषामा चिकनीमाटि भनिन्छ, शुद्ध मानिन्छ। गाईको गोबर र पहेंलो माटोमा सूक्ष्म जीवाणुनाशक गुण पाइने भएकोले शुद्ध मानिएको भनिन्छ। गोबरले लिपेको ठाउँमा अपेक्षाकृत सानो आकारमा माटोले लिप्नुलाई ठाँ करब भनिन्छ। यस्तै पूजापाठ गर्ने एवम् भोजन गर्ने स्थानमा पनि माटोले लिपेर ठाँ गरिन्छ। ठाँमाथि अरिपन लेख्ने गरिन्छ। अरिपन (संस्कृतको अल्पना) भनेको मिथिला क्षेत्रका महिलावर्गद्वारा विकसित अति प्रतीकात्मक तान्त्रिक चित्रकला

फरक अनुहार

–रमेश समर्थन ‘मेरै धौलागिरी शिखरमा छैन मैले पुगेको।’     राष्ट्रकवि माधवप्रसाद घिमिरे हिमाली देशमा जन्मेको हुँ भन्न मात्रै। न यी पाइलाले हिउँ टेकेका छन्, न यी हत्केलाले हिउँ समातेका छन् र न यो मन हिउँमा रमाएको छ। क्षमता नभएरै होइन, भ्यागुताको धार्नी नपुगेर हो। नत्र चन्द्रनिगाहपुरमा बस्नेले दामन पुग्ने क्षमता भएन भन्न सुहाउँछ त ?     त्यस्तै मलाई पाल्पाली पनि भन्न मात्रै जस्तो भयो। नौ वर्षको आयुसम्म शैशवमै थिए। त्यसपछि थालीबाट पोखिएको जुठो भातझैं घरबाट उछिट्टिएको उछिट्टियै छु। कहिले विद्यार्जनका लागि कहिले धनार्जनका लागि। बीचमा एकाध वर्ष र ससाना बसाइहरू छोड्ने हो भने पुग नपुग चालीस वर्ष त घर छोडेरै बितेछन् मेरा। आफू जन्मेको जिल्लाका थुप्रै आकर्षक तथा विकर्षक ठाउँहरू मेरो नजरमा परेकै छैनन्।     पश्चिममा अर्घाखाँची, पश्चिमोत्तरमा गुल्मी, उत्तरमा स्याङ्जा र तनहुँ, दक्खिनमा नवलपरासी, रूपन्देही र कपिलवस्तुले घेरेको लुम्बिनी अञ्चलका तीन पहाडी जिल्लामध्ये विकसित जिल्ला हो पाल्पा। उल्टोसुल्टो जसरी पढेपनि उही हुने जिल्ला हो पाल्पा। पृथ्वीनारायणजस्ता विजेतालाई ‘हल्ट’ गराउने जिल्ला हो पाल्पा।

ठाकुरराम बहुमुखी क्याम्पस कसको हो ?

Image
चन्द्रकिशोर     वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पस कसको हो ? यो प्रश्न सोध्दा अनेक कोणबाट आश्चर्य व्यक्त हुनसक्छ । तर अहिले यो प्रश्न उठाउनु सान्दर्भिक र उपयुक्त समय हो। यो प्रश्नको आधारमा नै ठाकुरराम बहुमुखी क्याम्पसको वर्तमान दशा र दिशाबारे इमानदार विमर्श गर्न सकिन्छ। यो दाता परिवारको मात्र होइन, यो त्यहाँ पठनपाठन गराउने अध्यापकहरूको मात्र होइन, न यो त्यहाँ राजनीतिजीवी छात्र नेताहरूकै हो, न केवल त्यहाँका अभिभावकहरूको हो। यो क्याम्पस यस क्षेत्रका आम मानिसको साझा सम्पत्ति हो। नेपाली शैक्षिक मानचित्रको एउटा उद्भासित स्थल हो। तराईको शिक्षा क्षेत्रको महत्त्वपूर्ण गन्तव्य हो। त्यसैले यो शैक्षिक प्रतिष्ठान नेपालीहरूकै लागि महत्त्वपूर्ण धरोहर हो। ठाकुरराम बहुमुखी क्याम्पसको शैक्षिक संस्कृतिमा र्‍हास आउँदा मध्य तराई क्षेत्रको राजनीति, सामाजिक–आर्थिक क्षेत्रमा नै विचलन र विसङगत पक्षहरू देखापर्न थाल्दछ, देखिदै छ पनि।     ठाकुरराम बहुमुखी क्याम्पसलाई आज कुनै प्रतिष्ठानसँग प्रतिस्पर्धा छ भने त्यो ठाकुरराम बहुमुखी क्याम्पसको आफ्नै इतिहाससँग छ। यो क्याम्पस आफ्नै विगतभन्दा वर्तमानमा बामपुडके हुँदै

नग्न बधूको कथा

Image
सङ्कलन तथा अनुवाद उमाशङकर द्विवेदी     कुनै नगरमा एउटा किसान दम्पती बस्दथ्यो। किसानकी स्त्री वृद्धावस्थाका पतिका कारण सधैं परपुरुषगमनको चिन्तामा चिन्तित रहन्थी । घरमा एक छिन पनि टिकेर बस्दैन थिई। केवल परपुरुषको खोजमा उसको समय बित्दथ्यो । एक दिन एउटा ठगले उसलाई घरबाट बाहिर निस्किरहेको देखेर पछ्याउन थाल्यो। जब ऊ एकान्तमा पुगी अनि ऊ उसका नजिक पुगेर भन्न थाल्यो–सुभगे, मेरी स्त्री मरिसकेकी छे । तिमीलाई देख्नेबित्तिकै मेरो ह्दय कामपीडित भएर छटपट गर्न थालिसकेको छ। म तिमीमाथि आसक्त भइसकेको छु। अत: मलाई रतिदान दिएर मेरो उद्विग्न ह्दयलाई शान्त पारिदेऊ। ठगको यस प्रकारको प्रस्ताव सुनेर किसान स्त्रीले भनी–यदि तिम्रो यस्तो इच्छा छ भने मेरो बूढो पतिसित धेरै धन छ। वृद्धावस्थाको कारण ऊ आफ्नो स्थानबाट हिंडडुल पनि गर्न सक्दैन । अत: तिमी यहीं मलाई कुरेर बस, म धनको पोको ल्याउँछु, अनि तिमी र म कतै अन्यत्र गएर घरजम गरी सुखसाथ बसौंला। ठगले भन्यो–तिम्रो यो प्रस्ताव मलाई पनि घत लाग्यो। हुन्छ तिमी जाऊ तथा भोलि बिहान घरबाट धनसहित मलाई यसै स्थानमा भेट, त्यसपछि हामी कुनै अर्को गाउँमा गएर घरजम गरी बसौंला तथा यस धर

खासकुरो

लघु कथा शिरोमणि अर्याल     चोकमा एउटा मान्छे घिनलाग्दो वक्तव्य दन्काउँदै थियो। हल्लँदै एक रमाइलो जमात बटुल्दै थियो। उसको वक्तव्य थियो– “बाहुन क्षत्री। यी दुवै सगोलबाट छुट्टिएका अंशियार जात हुन्। यस कुराको पुष्टि यिनीहरूले लगाएको जनैले दिन्छ। जनैधारीमा गनिने एकै सूत्रका प्रतिबन्धित तथा अनुबन्धित सगोत्री हुन्। कालान्तरमा दुवै भाइ अंश लिएर भिन्न हुन पुगे। अनि राम र श्यामको दूरीमा आआफ्नो कर्म लिएर अघि लम्किए– अझैं पसारिंदै छन्।”     उसको कुरा बुझेर अर्को एउटाले उसलाई च्वास्स झोस्यो। ल भन त, बाहुन क्षत्रीमा कुन जेठो र कुन कान्छो ? चर्चित पहिलो वक्ताले लोमहर्षक अनुगमन गर्दै विश्वास गरायो। भाइ यो सन्दर्भ यतिबेला थन्काइराख र केहीबेरपछि तिम्रो प्रश्नको उत्तर दिउँला। पहिले भन त के तिम्रा पुर्खा बाँदर थिए ? तिमी यस तथ्यलाई स्विकार्छौ किनकि यो जनगुनासो होइन तथ्य हो। अब पहिले यो भन कि तिम्रा आदि पुर्खा जनै लाउँथे ? भन्न  र किटान गर्न सक्तैनौ। म पुष्टि गर्छु। यता आएर आधुनिक नेपालमा यी दुई बुद्धिजीवी दाजु र भाइहरू रणक्षेत्रमा बुद्धि कौशलमा वा योजनाकारमा सिद्धहस्त भएका खास राज्य शक्ति वा राजनैतिक

जीतपुरमा बुद्धिचाल प्रतियोगिता सम्पन्न

Image
प्रस, जीतपुर, १७ चैत/     जीतपुर युवा क्लबद्वारा आयोजित तीन दिने नारायणी अञ्चलस्तरीय बुद्धिचाल प्रतियोगिताको आज अन्तिम दिन विजयी खेलाडी तथा सहयोगी व्यक्तिहरूलाई पुरस्कार तथा सम्मानपत्र वितरण गरिएको छ। सो प्रतियोगितामा ३२ जना खेलाडी सहभागी भएका आयोजक अध्यक्ष मनोजकुमार साहले बताए।     प्रतियोगितामा प्रथम हुने अनिलराज वाहक मकवानपुरलाई नगद रु. १० हजार सहित मेडल र प्रमाणपत्र प्रमुख अतिथि श्यामबाबू गुप्ता, द्वितीय हुने सुरेन्द्र वाइवा बारालाई रु. ७ हजार नगदसहित मेडल र प्रमाणपत्र उद्योग वाणिज्य सङ्घ जीतपुरका अध्यक्ष कपिलदेवप्रसाद यादवले र तृतीय धिरव राजथलालाई रु. ४ हजार नगदसहित, मेडल र प्रमाण पत्र जीतपुर गाविसका निर्वतमान अध्यक्ष देवनारनयण चौधरी र स्थानीय सहयोगीहरूलाई थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य हृदयनारायण चौधरी र माओवादीका राजुराज गिरीले सम्मानपत्र वितरण गरेको समाचारमा जनाइएको छ।     त्यसैगरी ग्रामीण उत्थान बचत तथा ऋण सहकारी संस्था लि. पिप्राढीले विभिन्न कार्यक्रम गरेको छ। दिवसको अवसरमा संस्थाले सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम, गोष्ठी, घरदैलो लगायत कार्यक्रम गरेको छ। संस्थाका अ

एसएलसीमा पर्साबाट कुल ९७ जनामाथि कारबाई

प्रस, वीरगंज, १६ चैत/     एसएलसी परीक्षामा यसपटक पर्सा जिल्लाबाट केन्द्राध्यक्ष १, सहायक केन्द्राध्यक्ष ३, निरीक्षक २९ र ६४ जना विद्यार्थी निष्कासनमा परेका छन्।     जिल्ला शिक्षा कार्यालय एसएलसी परीक्षा शाखा संयोजक आशा गौतमले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र विद्यार्थी गरी ९७ जना कारबाईमा परेको बताइन्। उनले पर्सा जिल्लाबाट नियमिततर्फ ३२९८ छात्र, १९९३ छात्रा र एक्जाम्पटेडतर्फ ५२२ छात्र, ३९९ छात्रा परीक्षामा सहभागी भएको बताइन्।     नियमिततर्फ ३५ जना छात्र र २९ जना छात्रा, एक्जाम्पटेडतर्फ ६० छात्र, ३५ जना छात्रा गरी १५९ जना अनुपस्थित रहेका थिए। पर्सा जिल्लामा नियमिततर्फ एसएलसीबाट केवल ४ जना विद्यार्थी निष्कासनमा परेका छन् भने एक्जाम्पटेडबाट ६० जना। आज सम्पन्न एसएलसीमा नृसिंह माविबाट  एक्जाम्पटेडबाट नक्कली परीक्षार्थी पक्राउ परेको गौतमले बताइन्। उनले राम कहारको नाममा परीक्षा दिइरहेका रवि चौधरी पक्राउ परेको बताइन्। पक्राउ परेका चौधरी सेढवाका हुन् र उनी आइएस्सीका विद्यार्थी रहेका बताइएको छ। यसैगरी आजै एक्जाम्पटेड तर्फ श्रीपुर उमाविमा परीक्षा दिइरहेका दुईजनालाई निलम्बन गरिए

गलती गरेर पनि कारबाईमुक्त

प्रस,वीरगंज,१६ चैत/     जिल्ला शिक्षा कार्यालय पर्साका स्रोतव्यक्ति (आरपी) नेपालेन्दु साह माफी मागेर कार्यवाही मुक्त भएका छन्। प्रजिअ शम्भु कोइरालाले शिक्षा माफियाको आरोपमा कार्यवाही गर्दा उनी माफी मागेर कार्यवाहीबाट जोगिएको भरपर्दाे स्रोतले बताएको छ। स्रोतको भनाइनुसार नेराउमावि सोलखपुर परीक्षा केन्द्रमा खटेका साहले आज एसएलसीको अन्तिम दिन सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रहमाचार्य, जिशिअ प्रमोद साहसमेतको टोलीले परीक्षार्थीहरूलाई एक मिनेटको चेतावनी दिएर चिट जाँच गर्दा केही परीक्षार्थीहरूबाट चिट फेला परेपछि जिशिअका सुरक्षागार्डले चिट खोस्दा  विद्यालयमा जिशिका पर्साबाट खटेका साहले अवरोध सृजना गरेका थिए।     सशस्त्र प्रहरी उपरीक्षक ब्रह्माचार्यले जिशिअको अगाडि नै साहले अवरोध गर्दा पक्राउ गरी प्रजिअ समक्ष बुझाएका थिए। प्रजिअले साहलाई शिक्षा माफिया भएको भन्दै कार्यवाही गर्न खोज्दा साहले माफी मागेका र जिशिअसमेतले एकपटकका लागि माफी दिन सिफारिस गरेकाले निजलाई कार्यवाहीमुक्त गरिएको समाचार स्रोतले बताएको छ।

युनाइटेड बैंकबाट साढे पाँच करोड गायब, दुई सञ्चालक पक्राउ राष्ट्र बैकद्वारा जीतपुर शाखा खारेज गर्ने निर्णय

Image
प्रस, जीतपुर, १६ चैत/     ऐनविपरीत आर्थिक करोबार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकले युनाइटेड विकास बैक लिमिटेडलाई  खारेज गर्ने निर्णय गरेको सामाचार छ।     नेपाल राष्ट्र बैंकबाट आव २०५६/०५७ मा ख वर्गको इजाजत लिई जीतपुरमा प्रधान कार्यालय स्थापना गरेर बारा, पर्सा, रौतहटमा कारोबार गरेको सो बैंकका करिब १ हजार ग्राहक छन्। सर्वसाधारण ग्राहकको रु. ५५ लाख र संस्थागत निक्षेपकर्ताको करिब रु. ५ करोड बैंकमा जम्मा छ र सो बैकले रु. ४ करोडको हाराहारीमा कर्जा प्रवाह गरेको समाचारमा जनाइएको छ।     युनाइटेड विकास बैक लिमिटेडको नाममा नेपाल राष्ट्र बैंकमा रु. ४५ लाख जम्मा छ भने राष्ट्रिय वाणिज्य बैकमा रहेको रु. १५ लाख फ्रिज गरिएकोले ग्राहको निक्षेप फिर्ता गर्न समस्या नभएको देखिन्छ। नेपाली सेना र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको निक्षेप करिब रु. ५ करोड रकम भने कर्जा असुल गरेर मात्र फिर्ता गर्न सकिने समाचारमा जनाइएको छ।     चार वर्षदेखि बैकको साधारणसभा नबसेको, सञ्चालकले साढे ५ करोडको हाराहारीमा मुद्दति खाताको रकम चलाएको, पूँजीबाट रु. ७ करोड चलाएको नेपाल राष्ट्र बैंकको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ।

आन्तरिक राजस्व कार्यालय पर्सा, बारा–रौतहटद्वारा ८ महिनामा रु. ५ अर्ब ३० करोड राजस्व सङकलन

प्रस, जीतपुर, १६ चैत/     नक्कली भ्याट बिल कारोबारीलाई कारवाई गरेपश्चात् आन्तरिक राजस्व कार्यालय वीरगंजको राजस्व असुलीमा वृद्धि भएको छ भने सूर्य नेपाल प्रा.लि. को कच्चा माल आयात र चुरोट निर्यातको अन्त:शुल्क मिलान तथा उद्योग बन्द हडतालले राजस्व असुलीमा कमी आएको समाचार छ।     मुलुकभरिका औद्योगिक प्रतिष्ठानहरूमध्ये सबैभन्दा बढी अर्थात् दैनिक १ करोडभन्दा बढी राजस्व बुझाउने सूर्य नेपालको कच्चा माल आयातमा सो उद्योगले वीरगंज भन्सारलाई शुल्क तिर्छ र चुरोट निर्यातमा अन्त:शुल्क असुल गरेर दुवै अन्त:शुल्कको मिलानले गर्दा यस कार्यालयको राजस्व असुलीमा कमी आएको छ भने कहिले बन्द, हडताल वा प्राविधिक गडबडीले उत्पादन कम भएमा राजस्व पनि कम असुली भएको आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत लक्ष्मी रिमाल बताउँछन्।     आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आव २०६८/०६९ को साउन–फागुन ८ महिनामा लक्ष्यभन्दा २२ प्रतिशत बढी अर्थात् रु. १ अर्ब ५९ करोड ८ लाख राजस्व सङकलन गरेको छ। राजस्व कार्यालय सिमरा, बारा–रौतहटले सोही अवधिको लक्ष्य भन्दा २ प्रतिशत कम अर्थात् रु. ३ अर्ब ७१ करोड १४ लाख ६६ हजार राजस्व सङकलन गरे

चार वर्षदेखि नियन्त्रणको प्रयास नहुँदा वीरगंजमा भुस्याहा कुकुरको बिगबिगी

प्रस, वीरगंज, १६ चैत/     वीरगंजमा भुस्याहा कुकुरको बिगबिगी बढ्दो छ। विगत चार वर्षदेखि जनावर अधिकारवादीहरूको कारण विष ख्वाएर भुस्याहा कुकुर नियन्त्रण गर्ने वीउमनपाको अभियान रोकिएको कारण शहरमा भुस्याहा कुकुरको सङ्ख्या बढेको बताइएको छ। वीउमनपा सरसफाइ शाखाका प्रमुख लालबाबु राउत गद्दीले जनावर अधिकारवादीहरूको विरोधको कारण भुस्याहा कुकुर मारेर नियन्त्रण गर्ने अभियान रोकिएको बताए। उनले भुस्याहा कुकुर नियन्त्रणको लागि जनावर अधिकारवादीहरूले दिएको सुझाव पनि कार्यान्वयन नभएको बताएका छन्।         वीउमनपाको पहलमा जिल्ला पशु कार्यालयले भुस्याहा कुकुरको परिवार नियोजन नगर्दा भुस्याहा कुकुरको बिगबिगी बढेको बताए।     भुस्याहा कुकुरको कारण नारायणी उपक्षेत्रीय अस्पतालमा रेबिजको सुइ लिनेहरूको घुइँचो लागेको छ। सरकारी सुविधामा रेबिजको सुई प्रदान गर्दै आएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजले भारतीय नागरिकलाई समेत सेवा प्रदान गर्दै आए तापनि हालका दिनमा रेबिज सुइको अभावको कारण नेपाली नागरिकहरूलाई मात्र उपलब्ध हुनेगरी व्यवस्था गरेको अस्पतालका मेसु डा. विके झाले बताए। उनले नेपाली रोगीहरूलाई मात्र रेबिजको सुइ

निर्यात क्षमता बढाऔं

शीतल महतो     विश्वमा नेपाली उत्पादन किनिदिने मुलुक धेरै छन् तर हामी दिन सकिरहेका छैनौं। यसको कारण के हो ? अर्थशास्त्रीहरू भन्छन्– मुलुकमा विद्यमान राजनीतिक अस्थिरता, बिग्रँदो शान्ति सुरक्षा, लगानीमैत्री वातावरणको अभाव, श्रम सम्बन्धमा देखिएको विवाद, भौतिक पूर्वाधारको अभाव र विद्युत् सङकटजस्ता समस्याले गर्दा औद्योगिक बातावरण बन्न नसक्नु नै हो। औद्योगिक वातावरण बन्न नसक्दा त्यसले निर्यात प्रतिस्पर्धात्मक बनाउन सकेन। औद्योगिक वातारण नभएपछि लगानी पनि भएन, लगानी नभएपछि उत्पादन भएन र उत्पादन नै नभएपछि पाएको बजार ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ।     पछिल्ला दशकहरूमा नेपाल विश्व व्यापार सङगठन (डब्लुटीओ), दक्षिण एसियाली स्वतन्त्र व्यापार व्यवस्था (साप्टा) र बिमस्टेकजस्ता अन्तर्राष्ट्रिय व्यापार प्रणालीहरूमा आबद्ध भइसकेको छ। तर पनि नेपालले अपेक्षाकृत व्यापार फाइदा लिन सकिराखेको छैन। स्वतन्त्र व्याापार क्षेत्रहरू र अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेको व्यापार उदारीकरणबाट भूपरिवेष्ठित र अति कम विकसित मुलुक भएको नाताले नेपालले जुन प्रकारको लाभ लिनुपर्ने थियो, त्यो लिन सकिराखेको छैन।

परिवर्तनको दिशा तर्फ उन्मुख क्युबा

विश्वराज अधिकारी     गएको तीस वर्षमा निकै परिवर्तनहरू भएका छन्, खासगरी अर्थ – राजनीतिको क्षेत्रमा । गएको तीस वर्षमा सोभियत सङ्घले साम्यवादी व्यवस्था परित्याग मात्र गरेन अनेक राष्ट्रमा विभाजितसमेत हुन पुग्यो । कम्युनिज्मको बढी व्यावहारिक प्रयोग गर्ने देश चीनले केन्द्र नियन्त्रित अर्थ व्यवस्था परित्याग गरी पूँजीवादी अर्थ व्यवस्था अँगाल्यो । युरोपका धेरै राष्ट्रहरू– पोल्यान्ड, बुल्गेरिया, हङ्गरी, रोमानिया, चेकोस्लोभाकिया (तत्कालीन), अल्बानिया, युगोस्लाभिया (तत्कालीन) आदिले कम्युनिज्म व्यवस्था परित्याग गरे । यसैगरी एसियाली राष्ट्रहरू– अफगानिस्तान, कम्बोडिया, म·ोलिया, भियतनाम आदिले पनि साम्यवादी वा केन्द्र नियन्त्रित अर्थ व्यवस्था परित्याग गरे । भारतले समाजवादी नारा त्यागेको एक दशकभन्दा बढी भइसक्यो । भारतका धेरै अर्थशास्त्रीहरू मुलुकले चमत्कारी आर्थिक प्रगति गर्नुको प्रमुख कारण राष्ट्रले खुला र उदार अर्थतन्त्र अ·ीकार गर्नु हो भनी विश्वास गर्छन् । यसैगरी नेपालमा पनि नेपाली काङ्ग्रेसले समाजवादी अर्थनीति परित्याग गरिसकेको उसको व्यवहारबाट देखिएको छ ।     अहिले लोकतान्त्रिक युग हो र  लोकतन्त्

कर सङकलनको उद्देश्य र नेपाल

वीरेन्द्रप्रसाद यादव     राज्यले जनताबाट कर उठाउने कार्य राज्यको उत्पत्तिभन्दा पहिलेदेखि भएको मान्न सकिन्छ। दैवीकालमा देवतालाई फलफूल मिठाई चढाउनु पनि करकै रूप थियो भने राजालाई दाम चढाउनु एक किसिमले करकै रूप हो। कर उठाउनुको पछाडि महत्त्वपूर्ण कारण हुन्छ, करको एक निश्चित प्रयोजन हुन्छ। शब्दले नै यसको औचित्य पुष्टि हुन्छ। अङ्ग्रेजीमा करलाई टेक्स भनिन्छ टेक्स शब्द टास्क शब्दबाट बनेको छ। टास्कको अर्थ हुन्छ काम । कामको लागि सङकलित आर्थिक सहयोग।     कुनै समयमा ग्रामीण महिलालाई टाढाटाढाबाट खाने पानी बोकेर ल्याउने बाध्यता थियो। टाढाबाट पानी ल्याउन नपरोस् भनेर गाउँमैं कुवाँ बनाउने सोच गाउँलेहरूको भयो । कुवाँ खन्न आवश्यक रकम सबैबाट सङकलन गर्ने सोच विकसित भयो । सबैबाट कर उठाई कुवाँ बनाइयो। त्यही बेलादेखि सामूहिक हितका लागि कर उठाउने अवधारणा आएको विज्ञहरू बताउँछन्। यस अवधारणालाई राज्यको माध्यमद्वारा सार्थकता तुल्याइयो। वास्तवमा भन्ने हो भने सामूहिक कामको लागि करदातालाई कुनै किसिमको असजिलो नहुने गरी राज्यले कर उठाउनु पर्छ। यद्यपि हामीकहाँ टेक्सको नेपाली रूपान्तरण कर भनिएको छ। यसले कर लगाएर रकम उठा

गरिबी निवारण

ई. गोपाल श्रेष्ठ     कुनै पनि देशको सरकारको मुख्य जिम्मवारी गरिबी निवारण हो। गरिबी निवारण गर्न सकिएन भने देशमा हत्या, हिंसा, चोरी, डकैती, लुटपाट, ठगीजस्ता घटनाको वृद्धि भई यसले सामाजिक अपराधको रूप लिंदै जान्छ र पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपराधकै रूप धारण गर्न सक्छ। यस्तो अवस्थामा देश जहिले पनि अस्थिर रहन्छ। गरिबी घट्नु भनेको जनता सम्पन्न हुनु हो। आर्थिक दृष्टिकोणले जनतालाई चार तहमा वर्गीकृत गर्न सकिन्छ– गरिब वर्ग, मध्यम तहतर्फ उन्मुख वर्ग, मध्यम वर्ग र सम्पन्न अर्थात् धनी वर्ग। यी वर्गलाई चित्रको रूप दियो भने एउटा पिरामिड बन्छ। पिरामिडको तल्लो भागले ९द्यबकभ० गरिब वर्गको प्रतिनिधित्व गर्छ भने माथिल्लो भागले ९ब्उभह० सम्पन्न अर्थात् धनीवर्गको प्रतिनिधित्व गर्छ। ब्उभह को तुलनामा द्यबकभ जहिले पनि फराकिलो हुन्छ। अर्थात् सम्पन्नको तुलनामा गरिब/ विपन्न सधैं धेरै हुन्छ ।     बम्द्य ले प्रकाशित गरेको तथ्याङक अनुसार अफ्रिकाको गरिबी सन् १९८० तिर ६९५ थियो भने सन् २०१० मा त्यो सङ्ख्या घटेर ६०.८५ भयो। त्यस्तै मध्यम तह (मध्यम तहतिर उन्मुख सहित) २६.२५ थियो भने त्यो सङ्ख्या बढेर ३४.३५ पुग्यो।

सङ्घीयताबिनाको संविधान

श्रीमन्नारायण     देश सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित भएको चार वर्ष पुग्न लागेको छ। यस चार बर्षका अवधिमा पटक–पटक संविधानसभाको म्याद बढाउने काम भयो। देशमा जारी शान्ति प्रक्रियालाई सार्थक निष्कर्षसम्म पुर्‍याउने तथा संविधान निर्माण कार्यलाई मूर्त रूप दिने ध्येयका साथ जारी अभियान, जेठ १४ सम्म पनि पूर्णता पाउने सम्भावना क्षीण हुँदै गएको छ।     कतिपयले सङ्घीयताबिनाको संविधान आए त्यसलाई स्वीकार नगर्ने र सङ्घर्षमा जाने धम्की दिइरहेका छन् भने ठूला दलका केही नेता र एकजना पूर्व प्रधानमन्त्रीसमेतले सङ्घीयताबिनाको संविधान आउने भनिरहेका छन्। सङ्घीयताबिनाको संविधान देश र जनतासँग धोका हुने कुरा विभिन्न पक्ष र कोणबाट व्यक्त भइरहेका छन्। जनान्दोलन–२ को सफलता देशलाई अग्रगमनको पूर्ण बिन्दुसम्म पुर्‍याउन निहितार्थ थियो। यसबाट राजतन्त्र बहिर्गमन र गणतन्त्र आगमनको बाटो खुल्यो। नेपालको अन्तरिम संविधान २०६३ मा सङ्घीयता स्वीकार नगरिएकै कारण २०६३ सालमा मधेस आन्दोलन भएको थियो। अन्तरिम संविधानमा संशोधन गरी देशमा सङ्घीयता स्वीकार गरियो । २०६५ जेष्ठमा देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गरियो। अब यदि सङ्

सत्य एउटै हुन्छ

    सत्य र सम्भावनाबीच कुनै तालमेल हुँदैन। सम्भावना भनेको विभिन्न हुन सक्छ तर सत्य एउटै हुन्छ। वीरगंजमा छाडा विचरण गर्ने गाईवस्तुले गर्दा आजको जनजीवनमा धेरै अप्ठेरो बेहोर्नुपर्ने अवस्था आइलागेको छ। साँघुरो सडक र गल्ली, अव्यवस्थित भीड र बजारमा भुइँमैं राखेर बेचिने तरकारी, जथाभावी फ्याँक्ने खाद्य–अखाद्य पदार्थ, नागरिक चेतनाको कमी, धार्मिक अन्धविश्वास र यिनै अव्यवस्थाबाट जन्मेको स्वार्थले जेलिएका व्यक्तिहरूको अर्घेल्याइँले गर्दा वीरगंजेली समाजले अव्यक्त पीडा बेहोरिरहेको छ। त्यो पीडा हो वीरगंजमा गाई पालेर तिनलाई छाडा छाड्ने स्वार्थी व्यक्तिहरू, जो गाईको दूध त खान मन पराउँछन् तर गाईलाई दानापानी ख्वाउन चाहँदैनन्। गाई दुहयो, दूध खायो र गाईलाई धर्मको नाममा अरूले ख्वाइदिऊन् भनेर बजारमा धपाइदियो। धर्मान्ध जनता ती गाईले बेच्न राखेको तरकारी खाएपनि, किनेर झुन्डयाउँदै लगेको हरियो तरकारीमाथि झम्टे पनि, मानिसलाई सिङ हानेपनि गौमाता भनेर कुनै प्रतिकार गर्दैन। यो गाईप्रति देखाइएको सहिष्णुता हो, गाईपालकप्रति देखाइएको सहानुभूति होइन। तर यस असामाजिक कृत्यबाट फाइदा गाईले होइन, गाईधनीले उठाइरहेको कुरा धर्मान्

सभासद्को नाममा परीक्षा दिने पक्राउ

प्रस, रौतहट, १५ चैत/     एसएलसी परीक्षा अन्तर्गत आज सम्पन्न ऐच्छिक अर्थशास्त्र र ऐच्छिक गणित विषयको परीक्षामा सभासद्को नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन् ।     रौतहट जिल्लाको जुडिबेला परीक्षा केन्द्रबाट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित एकीकृत नेकपा माओवादीका सभासद् प्रेमबहादुर पुलामीको नाममा परीक्षा दिने व्यक्तिलाई पक्राउ गरिएको हो ।     मकवानपुर जिल्ला नामटार गाविस वडा नं. ८ बस्ने साहित्य लामालाई सशस्त्र प्रहरी नायब प्रहरी उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा गएको अनुगमन टोलीले पक्राउ गरेको हो ।     सशस्त्र प्रहरी नायब उपरीक्षक रामकुमार सिंहको नेतृत्वमा आएको अनुगमन टोलीले फापरबारी गाविस वडा नं. ४ ठेगाना भएका सभासद् पुलामीले जनज्योति उच्च मावि चन्द्रनिगाहपुरबाट फाराम भरी ०३५५०४६ ‘बी’ सिम्बल नम्बरबाट एसएलसीको परीक्षामा सुरूदेखि नै लामा नै सहभागी हुँदै आएको प्रहरीले जानकारी दिएको छ ।     यसैगरी अर्का सभासद् कुमारी मोक्तानको बहिनी तारा मोक्तानको ठाउँमा परीक्षा दिने पूणर््िामा मोक्तानलाइ पनि पक्राउ गरेको छ ।

एसएलसीको प्रश्नपत्रमा त्रुटि पर्सामा टेलिफोनबाट प्रश्न सच्याइयो

प्रस, वीरगंज, १५ चैत/     एसएलसी परीक्षा अन्तर्गत आज ऐच्छिक गणितको प्रश्नपत्रमा त्रुटि देखिएपछि पर्सा जिल्लाका १८ केन्द्रमा प्रश्नपत्र सच्याउनका लागि जिल्ला शिक्षा कार्यालय पर्सालाई निक्कै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्‍यो ।     आज ऐच्छिक विषय अन्तर्गत गणितको प्रश्नपत्रमा ३ वटा त्रुटिहरू देखिएपछि जिल्ला शिक्षा कार्यालय पर्साले १८ वटा केन्द्रहरूमा फोनबाट प्रश्नपत्रको त्रुटिलाई सच्याएको जिल्ला शिक्षा अधिकारी प्रमोद साहले बताए ।  प्रश्नपत्रमा त्रुटि रहेको कुरा परीक्षा नियन्त्रक दिल्लीप्रसाद रिमालले फोनबाट जानकारी गराएपछि पर्साको सबै केन्द्रहरूमा त्रुटि सच्याउनका लागि फोनबाटै जानकारी गराएको जिशिअ साहले बताए ।     परीक्षा  सुरू भएपछि आएको सूचनाका कारण प्रश्नपत्र सच्याउन र सच्याइएको प्रश्नपत्रलाई १८ वटा केन्द्रहरूमा सूचित गर्नका लागि समस्या भएको बताइएको छ । प्रश्नपत्रको ५ (क), ९ र २४ नं. मा त्रुटि देखिएको  जिशिअ साहले जानकारी गराएका थिए । आज ऐच्छिक विषय अन्तर्गत गणित र अर्थशास्त्रको परीक्षा भएको थियो ।

रङगपुर रेन्जपोस्टको कमान्ड सिपाहीको भरमा

प्रस, वीरगंज, १५ चैत/     जिल्ला वन कार्यालय पर्सा मातहतको रङगपुर रेन्जपोस्ट विगत ६ महिनादेखि एकजना सिपाहीले सञ्चालन गर्दै आएका छन् ।     सहायक वन अधिकृतको दरबन्दी रहेको सो स्थानमा यसअघि मदन सिंह कार्यरत थिए । सिंहसँगै सो रेन्जपोस्टमा सिपाही–३, जमदार–१ गरी ५ जनाको दरबन्दी रहेकोमा सो स्थानबाट सहायक वन अधिकृत सिंहलाई हटाएपछि रेन्जपोस्टको जिम्मा सिपाही प्रदीप तिमल्सिनालाई दिइएको छ ।     वन अधिकृत सिंह र सिपाही तिमल्सिनाले स्थानीय महिलालाई मदिरासेवन गरी दुव्र्यवहार गरेको अभियोगमा कारबाई गरेको थियो । पछि सिपाही तिमल्सिनालाई सो रेन्जपोस्टको जिम्मेवारी दिइएको हो । अहिले सिपाही तिमल्सिनाको कमान्डमा २ सिपाही र १ जमदार रेन्जपोस्टमा कार्यरत छन् । रङगपुर रेन्जपोस्टबाट अवैध काठ, बालुवाको निकासी हुने गरेको छ भने मकवानपुरबाट आउने गाँजा पनि सोही बाटो भएर आउने हुँदा सिपाही तिमल्सिनाले प्रमुख वन अधिकृतलाई आर्थिक प्रभावमा पारी रेन्जपोस्टको अभिभारा आफूले लिएको स्रोतले बताएको छ ।     रङगपुर रेन्जपोस्ट जस्तो संवेदनशील ठाउँको जिम्मेवारी एकजना सिपाहीको जिम्मा लगाएको बारेमा प्रमुख वन अधिकृत शान्तमाया श्रेष

सचिव र प्रहरीमाथि राहत दुरूपयोगको आरोप

प्रस, वीरगंज, १५ चैत/     विपत् पूर्वतयारी तथा कार्ययोजना निर्माणसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।     एक्सन एडको आर्थिक सहयोगमा दिव्य तथा अरूणोदय युवा क्लब पर्साको संयुक्त समन्वयमा विपत् व्यवस्थापन समिति पर्साको आयोजनामा स्थानीय होटल सुरजमा सम्पन्न कार्यशालामा सहभागीहरूसँग रायसुझाव सङकलन गरिएको थियो ।     जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यशालामा रेडक्रसका सभापति फूलमहम्मद मियाँले विपत्का सन्दर्भमा पर्सामा गाविस सचिव र प्रहरीले गलत तथ्याङक प्रस्तुत गर्ने गरेको आरोप लगाएका थिए । उनले सचिव र प्रहरीले कम हानिलाई बढाएर बढी देखाउने गरेको र सोबापतको राहत लिएर दुरूपयोग गर्ने गरेको दोष लगाएका थिए । कार्यशालामा उपस्थित स्थानीय विकास अधिकारी, सशस्त्र एवं जनपद प्रहरीले उनको आरोपको खण्डन गरेनन् । कार्यशालामा विपत् अन्तर्गत भूकम्प, महामारी, शितलहरी, आगलागी, बाढी आउनुपूर्व र आएपछिको अवस्थामा अख्तियार गर्नुपर्ने उपायका बारेमा समूहगत छलफल गरिएको थियो ।  एकदिने कार्यशालामा स्थानीय विकास अधिकारी रामधीन यादव, सहायक प्रजिअ चिर

कुनै पनि मर्यादा बाँकी नरहोस्

Image
सञ्जय साह ‘मित्र’     विद्यालय तहको पढाइ पार गर्ने आयरन गेटको रूपमा परिचित प्रवेशिका परीक्षालाई देशको सबै क्षेत्रले विभिन्न किसिमले लिएका हुन्छन् । विद्यालयको पढाइ, सरकारको अनुदान र परीक्षाको नतिजाजस्ता पक्ष बढी महत्त्वपूर्ण हुन्छन् । राज्यले निकै धेरै लगानी गरेको र विदेशी निकायसमेतको ठूलो सहयोग रहने हुनाले यसप्रति सबैको चासो हुन्छ । परीक्षा अवधिभरि सञ्चारमाध्यमको पनि आँखा परीक्षाका नवीनतातिर हुन्छ । राज्यले पनि प्रवेशिका परीक्षाको लागि आफ्नो महत्त्वपूर्ण आर्थिक र प्रशासनिक शक्ति लगानी गरेको हुन्छ ।     परीक्षाको पूर्वतयारीदेखि परीक्षा अवधिभरि विद्यालय शिक्षासँग सम्बन्धित झन्डै सम्पूर्ण शक्ति परीक्षामा केन्द्रित हुन्छ । परीक्षालाई बढी मर्यादित बनाउन पहिलेदेखि विभिन्न निर्णय र निर्देशनहरू आइरहेका हुन्छन् । जिल्ला शिक्षा, जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयलगायत शिक्षाका अन्य निकायहरूसमेत परीक्षालाई मर्यादित र विद्यार्थीलाई असजिलो नहोस् भनेर सक्रिय हुन्छन् । यसवर्ष त झन् परीक्षालाई झनै मर्यादित बनाउने प्रयास गरिएको छ । परीक्षामा अनियमितता गर्नेलाई तत्कालै एक लाखसम्म जरिवाना गरिने नि

बालबालिका तथा महिलाहरूको लागि अत्याधुनिक सेलको निर्माण थालनी

Image
प्रस, वीरगंज, १४ चैत/              बालबालिका तथा महिला सेवा केन्द्र वीरगंजाको सक्रियतामा जिल्ला प्रहरी कार्यालय, पर्सामा भौतिक पूर्वाधारसहितको भवन निर्माणको थालनी भएको छ।     आज जिल्ला प्रहरी कार्यालय पर्साको भवन रहेको पछाडिपट्टि रहेको अञ्चल प्रहरी कार्यालय वीरगंजको जग्गामा करिब ३५ लाखको प्रारम्भिक लागतमा निर्माण हुने भौतिक पूर्वाधार सहितको आधुनिक पक्की भवन निर्माणका लागि  समाजसेवी कृष्णमोहन क्यालले शिलान्यास गरेका थिए। शिलान्यासपश्चात् आयोजित कार्यक्रममा पर्साका प्रजिअ शम्भु कोइरालाले प्रचारको चर्चा नायक र नेताले लिने तथा आफूहरूले राष्ट्रसेवकको काम देखाउनुपर्ने बताए। उनले जनसहयोगमा निर्माण हुन लागेको बालबालिका तथा महिला सेलको स्थापनाले स्थानीय प्रहरी–प्रशासन, बालबालिका र महिलाहरूको हकमा संवेदनशील रहेको सन्देश पनि प्रवाहित हुने बताए। उनले यस्ता जनहितका सवालमा सबै नगरवासीलाई सक्रियतापूर्वक लागि पर्न सुझाएका थिए ।     वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयका महावाणिज्यदूत आशुतोष अग्रवालले आम नागरिकले प्रहरीसँग सहकार्य गरेर विकासको लागि गरेको पहलको सराहना गरेका थिए। उनले

माता भनिने महिला हलखोरिया जङगलमा सार्वजनिक

प्रस, वीरगंज, १४ चैत/     बारा, सिमरा लामा होटलमा रहस्यमय तरिकाले आइतवार राति एक विदेशी महिला मारिचीलाई छोडेपछि मङगलवार दिउँसो माता भनिने एक महिलालाई पनि हलखोरिया जङगलमा बोधी श्रवण धर्म सङ्घले सार्वजनिक गरेको छ। लामो समयदेखि ती दुईलाई सङ्घले बन्धक बनाई नियन्त्रणमा राखेको सञ्चारमाध्यमले समाचार प्रसारण गरेपछि ती दुई महिलालाई तपस्वी रामबहादुर बमजनको संरक्षण गर्दै आएको बोधी श्रवण धर्म सङ्घले सार्वजनिक गरेको हो। गोप्य स्रोतका अनुसार विदेशी र स्वदेशी ती महिलालाई विगत तीन महिनादेखि बन्धक बनाई राखेको हल्ला व्यापक भएपछि बाराका सञ्चारकर्मी र प्रहरी प्रशासनको निगरानी बढेपछि बन्धकबाट मुक्त भएको घटना क्रमले देखाएको छ।     मारिची प्रहरीको सम्पर्कमा आएको भोलिपल्ट माताको अवस्था बुझ्न हलखोरिया जङगल पुगेको इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय निजगढ, जितपुर र सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाको झन्डै ७५ जनाको सुरक्षा टोलीसँगै सञ्चारकर्मी पुगेपछि  सङ्घले माता भनिने आनीलाई सार्वजनिक गरेको हो ।     बेखबर माता भनिने महिला खोज्न हलखोरिया पुगेको प्रहरीले सङ्घका सदस्यहरूबीच राखेर प्रारम्भिक ब