वीरगंज, १५ फागुन/
नेपालका लागि भारतका राजदूत जयन्तप्रसादले जिल्ला सैनिक परिषद्, फूलवारी बुटवलस्थित सिजनल पेन्सन वितरण शिविरको क्रियाकलापको समीक्षाको लागि बुटवल भ्रमण गर्नुको साथै भूपू सैनिकको र्यालीको अध्यक्षता गरेका छन् । उनले अनुभवी सैनिकसँग अन्तक्र्रिया गरी तिनका ज्वलन्त समस्याहरूको प्रत्यक्ष जानकारीसहित अनुभवी सैनिकहरूलाई विविध अनुदान वितरण गर्नुको साथै युद्ध विधवाहरूलाई मौद्रिक सहयोग प्रदान गरेका थिए ।
सिजनल पेन्सन वितरण शिविरको अवधारणा भारत सरकारले सैन्य सेवानिवृत्तहरूको कल्याण गर्ने ध्येयले १९५९ देखि सुरु गरिएको हो । पेन्सन वितरण कार्यालयको टोलीले नेपालका विभिन्न भागमा पुगी सेवानिवृत्तहरूलाई पेन्सन तथा अन्य सुविधा वितरण गर्दछ । यस अवसरलाई नेपाल सरकारका स्थानीय तहमा नियुक्त अधिकारीहरूसँग अन्र्तक्रिया गरी निवृत्त अनुभवी बहादुर सैनिक तथा सेवारतहरूका विविध समस्या समाधान गर्ने अवसरको रूपमा समेत उपयोग गरिदै आएको छ । हाल १६ सिजनल पेन्सन वितरण क्याम्प रहेका र काठमाडौ, पोखरा तथा धरानस्थित पेन्सन वितरण कार्यालयमार्फत् वर्षको दुईपटक सञ्चालन गरिन्छ । करिब १३ हजार सेवानिवृत्तहरू निर्भर रहने सिजनल पेन्सन वितरण शिविर, बुटवल सबैभन्दा ठूलो क्याम्प हो ।
आजसम्म, भारतीय राजदूतावासका विभिन्न पेन्सन वितरण कार्यालयहरूमार्फत करिब १ लाख २५ हजार भारत सरकारका सेवानिवृत्तहरूले पेन्सन तथा सो सम्बन्धी सुविधा पाउँदै आएका छन् । भारत
सरकारले नेपालका आफ्ना भूपू सैनिकहरूलाई वार्षिक नेरु २००० करोड पेन्सनको रुपमा वितरण गर्दछ ।