ओमप्रकाश चौधरी, सेढवा, १६ फागुन/
सेढवा र महादेवपट्टि गाविसका बासिन्दाका लागि सार्वजनिक सुनुवाइ, नागरिकता वितरण र अपा·ता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत ब्रिलेन्ट युवा क्लब भेडिहारीको
आयोजना र जिल्ला विकास समिति पर्साको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, प्रहरी उपरीक्षक रमेश खरेल, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्माचार्य, जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साह, स्थानीय विकास अधिकारी रामाधीन यादव, महिला विकास कार्यालय प्रमुख उर्वरा लुइटेललागयत सार्वजनिक सेवाका कार्यालय प्रमुखहरूले स्थानीय बासिन्दासँग समस्याबारे छलफल गरेका थिए ।
सो अवसरमा स्थानीय बासिन्दाले सेढवाको वडा १ र २ स्थित दलित बस्तीमा खानेपानीको अभाव, गाविस कार्यालयमा सचिव फेला नपर्ने, महिला दलित शीर्षकको रकम अन्यत्र खर्च भइरहेको अवस्था, गाविस भवन निर्माण र रकम ल्याप्स भइजाने तर जनताले चाहेको काम नहुनेलगायत समस्या व्यक्त गरेका थिए ।
जिल्ला प्रमुख तथा कार्यालय प्रमुखहरूले आआफ्नो जिम्मेवारीको कार्य यथाशीघ्र गर्ने प्रतिबद्धता जनाउँदै गाउँको समस्याबारे गाविस सचिवलाई पनि जवाफ दिन लगाएका थिए ।
सेढवामा सम्पन्न सार्वजनिक सुनवाइ तथा छलफल कार्यक्रमको सहजीकरण ब्रिलेन्ट युवा क्लबका कार्यक्रम संयोजक छटु साहले गरेका थिए ।
आयोजित कार्यक्रममा १७४ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो । नागरिकता प्राप्त गर्नेमा अधिकांश महिला र दलित रहेका जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाले जनाएको छ । प्रजिअ कोइरालाले दलित महिला मदियादेवी माझीलाई नागरिकता प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
जिल्लाबाट गएको टोलीले १४ जनालाई अपा·ता परिचयपत्र वितरण गरेको छ । कार्यक्रमबारे गाउँमा पर्याप्त प्रचारप्रसार नभएकोले महादेवपट्टिका अधिकांश बासिन्दा एवं सेवाग्राहीले कार्यक्रममा सहभागिता जनाउन नपाएको गुनासो गरेका छन् ।