प्रस, वीरगंज, १६ फागुन/
सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलवाले गएराति पर्सा जिल्लाको बडनियार गाविस–१ बाट अवैधरूपमा सालको रूख कटान गरी साइकलमा ल्याउँदै गरेको ५० क्युफिट काठ बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बलका कमान्डर सशस्त्र प्रनानि आशकुमार कुमालले गस्ती टोलीलाई देखेर काठ तस्करहरू सालको गोलिया र साइकल छोडी भागेका बताएका छन् । सशस्त्र प्रहरीले साइकलमा ल्याउँदै गरेको सालको ३ वटा गोलिया र ३ वटा साइकल पक्राउ गरेको बताएको छ ।
यसैगरी गस्तीको क्रममा सुरक्षा बेस बेलवाको टोलीले आज बिहान बेलवा गाविस–७ सोलखपुरबाट पाटे बाघको डमरू (बच्चा) फेला पारेको छ । बाघको डमरू (बच्चा) अन्दाजी ४ महिना र वजन ८ किलो रहेको जानकारी गराएको छ । सशस्त्रले बरामद गरेको अवैध काठ वन कार्यालयमा तथा डमरू पर्सा वन्यजन्तु आरक्ष कार्यालयमा बुझाउने सीमा सुरक्षा कार्यालय पर्साले जानकारी गराएको छ । सशस्त्र प्रहरीले फागुन महिनाको १६ गतेसम्म पर्सा जिल्लाको विभिन्न स्थानबाट सरदर १०० क्युफिट काठ बरामद गरेको जानकारी गराएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले चोरी डकैती, हत्या, अपहरण, तस्करी, वन्य जन्तुको अवैध पालन, ओसारपसार, गैरकानुनी हतियारको प्रयोग रोक्न तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि व्यापकरूपमा गस्ती, चेक प्वाइन्ट, लामो दूरीको रूटमार्च पट्रोल, सुरक्षा सयन्त्रसहित संयुक्त अपरेशन परिचालन गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्माचार्यले बताए ।