काबुल, १७ फागुन/सिन्ह्वा
अफगानिस्तानको हेल्मान्ड र कन्धार प्रान्तमा गत २४ घण्टामा चारजना तालिबानीको मृत्यु
भएको र दशजना पक्राउ परेका बताइएको छ ।
अफगान राष्ट्रिय प्रहरी, सैनिक, गुप्तचर निकाय र नेटोसँग आबद्ध सैनिकले गरेको संयुक्त कारबाईमा चार तालिबानी आतड्ढकारीको मृत्यु हुनुका साथै अन्य १० जना पक्राउ परेको गृह मन्त्रालय स्रोतले बुधवार जानकारी दिएको छ ।
अफगानिस्तानको कन्धार र हेल्मान्ड प्रान्तमा भएको कारबाईको परिणामस्वरूप सशस्त्र ४ आतड्ढकारी मारिनुका साथै अन्य १० जना पक्राउ परेका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
त्यसै क्रममा अफगान राष्ट्रिय प्रहरीले विभिन्न विस्फोटक पदार्थ र हातहतियार कब्जा गरेको पनि समाचारमा उल्लेख छ ।
अफगान र नेटोसँग आबद्ध सैन्यबलले गरेको आतड्ढकारी सफाया नामको कारबाईमा यस वर्षको सुरुदेखि हालसम्म २१० आतड्ढकारी मारिनुका साथै ६ सय भन्दा बढी पक्राउ परेका पनि गृह मन्त्रालय स्रोतले जनाएको छ ।
एक दशकदेखि तालिबानी विद्रोहीले जारी रहेको विद्रोह नियन्त्रण गर्नका लागि युद्धरत नेटोसँग एक लाख ३० हजारभन्दा बढी सैनिक आबद्ध रहेका छन् ।
तालिबानीहरूले यस कारबाईको कुनै टिप्पणी गरेका छैनन् । सरकारले वार्ताका लागि उनीहरूलाई आग्रह गरेको भएपनि कारबाई भने जारी नै राखेको छ । रासस