प्रस, वीरगंज, १४ फागुन/
छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतवार वीरगंजमा पौडी प्रतियोगिता सुरु भएको छ । दुई सय मिटर महिला फ्रि स्टाइल स्पर्धामा मध्यमाञ्चलकी शैला राणाले स्वर्णपदक जितिन् । उनले (२:४७:५०) समय निकालेर स्वर्ण पदक जितिन् । श्रेया धितालले रजत र ओसिना भारतीले कास्य पदक जितिन् ।
चार सय मिटर पुरुष फ्रि स्टाइल स्पर्धामा मध्यमाञ्चलका शिरीष गुरुङले (४:५८:९४) ले स्वर्णपदक जिते । शैलेश राणाले रजत र प्रवेश अधिकारीले
कास्य पदक जिते । दुई सय मिटर पुरुष ब्रेस्ट स्ट्रोकमा मध्यमाञ्चलका शैलेश राणा (२:४७:४४) ले स्वर्णपदक
जिते । बनिन श्रेष्ठ, रजत र शिरीष गुरुङले कास्य पदक जितेका छन् । महिला दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा मध्यमाञ्चलकै करिश्मा कार्की (३:३५:७१) ले स्वर्ण पदक जितिन् । शैला राणाले रजत र सोनिरा विष्टले कास्य पदक जिते ।
पुरुष दुई सय मिटर ब्याक स्ट्रोक स्पर्धामा मध्यमाञ्चलका शैलेश राणा
(२:५२:५६) ले स्वर्ण पदक जिते । शिरीष गुरुङले रजत र मिराज प्रजापतिले कास्य पदक जितेका थिए । महिला दुई सय मिटर ब्याक स्ट्रोकमा श्रेया धितालले
(३:०९:७८) मा स्वर्णपदक जिते । शैला राणाले रजत र जित्बेली महर्जनले कास्य पदक जितिन् । पुरुष एक सय मिटर बटरफ्लाइमा मध्यमाञ्चलका शैलेश राणाले (१:११:१६) स्वर्ण पदक जिते । शिरीष गुरुङले रजत र प्रकाश अधिकारीले कास्य पदक जिते ।
एक सय मिटर महिला बटरफ्लाईमा मध्यमाञ्चलकै श्रेया धितालले (१:३०:२८) स्वर्णपदक जितिन् । ओसिना भारतीले रजत र शैला राणाले कास्य पदक जिते ।
आजदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन डिआइजी वीरेन्द्रबाबु श्रेष्ठले गरेका थिए । पौडी सङ्घका केन्द्रीय अध्यक्ष अशोक ब्रजाचार्यको सभापतित्वमा सुरु भएको कार्यक्रममा अतिथिहरूमा एसएसपी पड्ढज श्रेष्ठ, एसपी रमेश खरेल, सशस्त्र प्रहरीका एसपी कृष्णभक्त ब्रह्माचार्य, पौडी सङ्घका केन्द्रीय उपाध्यक्ष राजेश बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ, कोषाध्यक्ष नरेश वैद्यलगायतको विशेष उपस्थिति थियो । आज भएको खेलमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण भएको थियो ।