दमास्कस, २७ माघ/एएफपी
सिरियाको होम्स सहरमा सरकारी सेनाले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ८० व्यक्तिको ज्यान गएको मानवअधिकारवादीहरूले जनाएका छन् ।
सिरियामा भएको यस आक्रमणलाई अमेरिकाली राष्ट्रपति बराक ओबामाले नियन्त्रण बाहिरको रक्तपात भनेर व्याख्या गरेका छन् । बेलायतसँग आबद्ध मानव अधिकारवादीहरूले बिहीवार मात्र कम्तीमा ८३ जना व्यक्तिले ज्यान गुमाएको जानकारी दिएका छन् ।
होम्स सहरमा राष्ट्रपति बासिर अल असद विरोधी र सरकारी सैनिकबीच भएको झडपमा छ दिनभित्र कम्तीमा चार सय व्यक्तिको ज्यान गुमाउनुपरेको अधिकारवादीले जनाएका छन् ।
ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरूनले राष्ट्रपति अल–असादको सत्ता आफ्नै जनता मार्नका लागि भएको जनाएका छन् । असदको सत्ता आफ्नै नागरिक मार्ने नर्क भएको क्यामरूनले संवाददाताहरूलाई बताएका हुन् ।
टर्कीका विदेशमन्त्री अहमेट दाभुटोग्लुले वाशिंगटन भ्रमणको क्रममा अन्तर्राष्ट्रिय समुदायले सिरियामा जारी आमहत्या हेरेर बस्नु नमिल्ने बताएका छन् । उनले जर्ज वाशिंगटन विश्वविद्यालयमा दिएको एक भाषणमा अन्तर्राष्ट्रिय समुदायले चुपचाप लागेर प्रत्येक दिन सिरियाली जनताको हत्या हेर्न नमिल्ने बताएका थिए । रासस