“म एक्लै बाँचिबाँचि दिन्छु
कसैको साथ चाहिँदैन” गीतका लेखक, स·ीतकार अनि गायक भीम विराग अब सम्झनाको तरेलीमा मात्र रहने छन् ।
गायक, स·ीतकार, लेखक तथा साहित्यकार, पूर्व पत्रकार एवं खेलाडी पनि बहुप्रतिभाका धनी भीम विराग अर्थात् भीमबहादुर महर्जनको सोमवार बिहान पाटन अस्पतालमा निधन भयो ।
वीरगंज माईस्थानमा जन्मेका ७७ वर्षीय विराग लामो समयदेखि श्वास प्रश्वासको समस्याबाट पीडित थिए । चार वर्ष पहिले आफ्नी प्राणप्यारी अनुदेवीलाई गुमाएका विराग बितेको अढाई दशकदेखि वीरगंजबाट हेटौंडा बसाइँ सरेका थिए । हुप्रचौरस्थित छोरी आभा श्रेष्ठसँगै बस्दै आएका विरागको पार्थिव शरीरमा पशुपति आर्यघाटमा सोमवार दिउँसो ज्वाइँ जीवन श्रेष्ठले दागबत्ती दिएका थिए ।
फूटबल खेल्ने क्रममा किशोर अवस्थामा २०१८ सालमा विरागको ढाड भाँचिएर अशक्त बनेका उदय साहित्यिक पत्रिकाबाट २०१५ सालमा साहित्य लेखन यात्रामा प्रवेश गरेका विराग लामो समयसम्म नारायणी साप्ताहिकका सम्पादक रहे ।
“म एक्लै बाँचिदिन्छु” गीत आफ्नै शब्द, स्वर, स·ीतमा २०१५ सालमा रेकर्ड भएको थियो र यो नै उनको पहिलो रेकर्ड भएको गीत हो ।
‘फूलै फूल मात्र पनि हैन रहेछ जीवन’ मधु क्षत्रीको स्वर ‘तिमीले पनि म जस्तै माया दिएर हेर’ (नारायण गोपालको स्वर), ‘आज भोलि हरेक साँझ मात्तिन थालेछु’, ‘गलत मोडमा जब मोडिन्छ जीवन’, ‘कसरी म भुलें केमा म भुलें’, ‘नबोलाउ कसैलाई यहाँ रातिराति’ दुई सयभन्दा बढी कालजयी गीत गजलहरू छन् । त्यसमध्ये मधु क्षत्री, रामकृष्ण ढकाललगायत चर्चित गायकहरूले गाएका १५० वटा भन्दा बढी गीत–गजल रहेका छन् ।
मूर्धन्य साहित्यकार विरागका खण्ड काव्य, महाकाव्य, कविता सङ्ग्रह, गीत गजल र संस्मरणहरूसमेत
प्रकाशित छन् । विरागले
लेखेका प्रकाशित कीर्तिहरू इन्द्रेणी, अतृप्त स्पर्श, तातो सुस्केरा, आठ टुक्रो बादल, अज्ञात प्रारम्भ, स्वर सम्राट्को सम्झना, मोहभ· चर्चित रहेका छन् । विरागले आफ्नो जीवनकालमा
थुप्रै सम्मान र पुरस्कारहरू पनि प्राप्त गरेका थिए ।