प्रस, रौतहट, १५ फागुन/
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले अहिले जनप्रतिनिधिविहीन रहेको अवस्थामा सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायको जिम्मेवारी अझ बढेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी, प्लान नेपाल, नेपाल पत्रकार महासङ्घ र डिवाइसीको सहयोगमा सञ्चालित एक दिने ‘घर–घरमा गरौं चर्पी निर्माण’ कार्यक्रम अन्तर्गत वि.सं. २०७३ सम्म
रौतहटलाई खुला दिसामुक्त बनाउन अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
ठोस योजना तयार पारौं र कार्यक्रम सफल पारौं प्रजिअको धारणा रहेको थियो । नेपाल पत्रकार महासङ्घ
रौतहटका सभापति शैलेन्द्रकुमार गुप्ताको सभापतित्वमा सञ्चालित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति मोहम्मद मजरुल हकले रौतहट जिल्ला सरसफाइको क्षेत्रमा धेरै पछाडि परेको बताउँदै पत्रकारहरूको काँधमा जिम्मेवारी थप भएको बताए । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, जिल्लाभरिका पत्रकारहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । २०६६ सालको
राष्ट्रिय तथ्याड्ढ विभागअनुसार १
करोड ५६ लाख ६६ हजार नेपाली खुला ठाउँमा दिसा–पिसाब गर्ने गरेको बताएको छ । रौतहट जिल्लामा साढे १८ प्रतिशत नागरिकले मात्र सरसफाइतर्फ ध्यान पुर्याएको बताइएको छ । दश वर्षको अवधिमा १ प्रतिशतमात्र सरसफाइमा वृद्धि भएको सो अवसरमा बताइयो ।