प्रस, कलैया, १६ फागुन/
नेपाल अडिटर्स एशोसिएशन (अडान) बाराको चौथो जिल्ला परिषद् आज कलैयामा सम्पन्न भयो ।
नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय उपाध्यक्ष एवं नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) काउन्सिल सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न परिषद्ले अडान बाराका अध्यक्ष रवीन्द्र गिरी,
उपाध्यक्ष मुनीन्द्रलाल कर्ण, सचिव इन्द्रासन मण्डल, पूर्व अध्यक्ष
दिगम्बर रेग्मी, पूर्व सचिव रामचन्द्र
श्रेष्ठ, राजेन्द्र साहलगायतलाई अडान दोस्रो राष्ट्रिय परिषद्मा मनोनयन गरेको छ ।
अडान बाराका अध्यक्ष रवीन्द्र गिरीको अध्यक्षतामा सम्पन्न परिषद्मा अडानका केन्द्रीय सचिव बद्री भट्टराई, केन्द्रीय सदस्य टिना सुवेदी, अडान सर्लाहीका महेन्द्र राउतलगायतको विशेष उपस्थिति रहेको थियो । परिषद्ले ‘आर्थिक सुशासन र सामाजिक विकासमा हाम्रो अभियान, अविच्छिन्न पेशागत एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ नेपालगन्जमा फागुन १९ र २० गते हुन लागिरहेको अडानको दोस्रो राष्ट्रिय परिषद्लाई
भव्यतापूर्वक सफल बनाउन बारा जिल्लाले सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।
त्यसैगरी नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्साको चौथो जिल्ला परिषद् वीरगन्जमा सम्पन्न भएको छ । नेपाल अडिटर्स एशोसिएशन पर्साका अध्यक्ष दिनानाथ रौनियारको अध्यक्षतामा केन्द्रीय उपाध्यक्ष एवं नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) काउन्सिल सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न परिषद्ले अध्यक्ष रौनियार र उपाध्यक्ष प्रद्युम्न सेढाईलाई दोस्रो राष्ट्रिय परिषद्मा मनोनयन गरेको छ ।