पैगम्बर मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जन्म १२ रब्बिउल अव्वल मुताबिक २० अप्रिल, सन् ५७० इस्वी सोमवारको दिन भएको थियो । मोहम्मदको अर्थ हुन्छ जसको अत्यन्त प्रशंसा गरिएको होस् । उनले इस्लाम धर्मको प्रवर्तन गरे । उनी इस्लामका सबैभन्दा महान नबी र आखिरी सन्देशवाहक (अरबी: नबी या रसूल, फारसी: पैगम्बर) मानिने गरिन्छ जसलाई अल्लाहले फरिश्ता जिब्रइलद्वारा कुरआन संदेश दिएका थिए । मुसलमानहरू यिनीप्रति परम आदर भाव राख्ने गर्छन् । उनी इस्लामका अन्तिम नभएर बरु सबैभन्दा सफल सन्देशवाहकको रूपमा मानिन्छन् ।
मदिना जामे मस्जिद, वीरगंज–८ का हजरत मौलाना हाफिज व कारी मुफ्ती फुल महम्मद कादरी मिस्बाहीका अनुसार : मिलादुन्नबी अर्थात् ईस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद साहबको जन्म दिन रबीउल अव्वल महिनाको १२ तारिखका दिन मनाउने गरिन्छ । हजरत मोहम्मद साहबको जन्म मक्का (साउदी अरब) मा भएको थियो । उनको बुवाको नाम अब्दुल्लाह बिन अब्दुल मुतलिब र आमाको नाम आमेना थियो । उनी ६ वर्षको हुँदा उनकी आमाको स्वर्गवास भयो । उनको लालनपोषण उनका काका अबू तालिबले गरे ।
हजरत मोहम्मद साहबलाई अल्लाहले एक दूतका रूपमा पृथ्वीमा पठाएका थिए किनभने त्यस समयमा अरबका मानिसहरूको हालत धेरै खराब थियो । मानिसहरूमा रक्सी, जुआको लत, लूटमार, वेश्यावृति र पिछडापन भयड्ढर रूपले फैलिएको थियो । अधिकांश मानिसहरू नास्तिक थिए । यस्तो माहौलमा मोहम्मद साहबले जन्म लिएर मानिसहरूलाई अल्लाहको संदेश दिए ।
उनी बाल्यकालदेखि नै अल्लाहको इबादत (प्रार्थना) मा लीन रहन्थे । उनी धेरै–धेरै दिनसम्म मक्काको एक जबले नूर भन्ने पहाडमा बसेर इबादत गर्ने गर्थे । उनी जन्मेदेखि नै नबी रहेको भएपनि उनलाई चालीस वर्षको उमेरमा अल्लाहको तर्फबाट संदेश प्राप्त भयो । अल्लाहले भने : यो सारा संसार, सूर्य, चन्द्रमा, तारा मैले जन्माएको हुँ । मलाई सदैव सम्झिने गर । म केवल एक हुँ । मेरो रूपमा कोही अर्को छैन । मानिसहरूलाई सम्झाऊ ।
हजरत मोहम्मद साहबले यस्तै गर्छु भन्दै अल्लाहलाई वचन दिए । त्यही बेलादेखि उनलाई नुबुवत (गुप्त खबर) को ऐलान गरियो । हजरत मोहम्मद साहबले खुदाको हुक्म (आज्ञा) मान्दै जुन धर्म चलाए, त्यसलाई इस्लाम भनियो । यसको शाब्दिक अर्थ हो: खुदाको हुक्म (आज्ञा) मा झुक्नु ।
हजरत मोहम्मद साहबलाई इस्लाम धर्मबारे मानिसहरूलाई सम्झाउन धेरै दु:खको सामना गर्नुपरेको थियो । शत्रुहरूको विभिन्न षड्यन्त्रहरू सहन गर्नु पर्यो । उनी गरीब तथा असहाय तथा अन्यलाई कहिल्यै पनि खाली हाथ पठाउँदैन थिए । उनी दीन–दु:खीहरूको सच्चा सेवक थिए । उनको जन्मको बेला महिलाहरूको अवस्था एकदमै दर्दनाक थियो । महिलाहरूलाई बजारको सम्पत्ति सम्झिने गरिन्थ्यो । मानिसहरू उनीहरूलाई खरीद–बिक्री तथा केवल भोगविलासको साधन मात्र सम्झन्थे । केटीको जन्म अशुभ मानिन्थ्यो र जन्मिने बित्तिकै उनीहरूलाई जिउँदै जमीनमा पुरेर मारिने गरिन्थ्यो ।
जब यी महापुरुषले महिलाको यस्तो दुर्दशा देखे तब यिनले महिलाको हक, अधिकार दिन र सम्मान गर्न सम्झाउन सुरु गरे । उनीहरूलाई समानरूपले सम्मान गर्न सम्झाए । विभिन्न बाधा अवरोध आए पनि उनी आफ्ना विचारमा अडिग रहे र फलस्वरूप उनको विचारलाई सम्मान गर्दै महिलाहरूले पाउनुपर्ने सम्पूर्ण हक अधिकार पूर्णरूपले दिइयो र इस्लाम धर्मको झन्डा फहराइयो । साम्यवादको कुरा पनि सर्वप्रथम हजरत मोहम्मद साहबले नै मानिसहरूका अगाडि राखेका थिए ।
एकपल्ट मस्जिद तामीर (बनिरहेको) भइरहेको थियो । उनी पनि मजदूरहरूमा शामिल भएर काम गर्न लागे । मानिसहरूले भने: हजुर, तपार्इं यो काम नगर्नुस् ।
तब पैगम्बर साहबले भने: खुदाको नेक काममा सबैले बराबरी सहयोग गर्नुपर्छ । यस संसारमा कोही ठूलो र सानो छैन । उनको भनाइ के थियो भने अरूलाई तब मात्र सल्लाह दिउँ जब त्यो काम आफैं कडाइको साथ पालना गरिन्छ । हजरत मोहम्मद साहबमाथि जुन खुदाको पवित्र किताब उतारियो त्यो कुरआन हो । जिबराईल यस पवित्र कुरआनलाई लिएर मोहम्मद साहबको द्वार आए । पैगम्बर साहबको २८ सफर हिजरी सन् ११ मा ६३ वर्षको उमेरमा वफात (देहान्त) भयो । उनको मजार शरीफ साउदी अरबस्थित मदिना मुनव्वरामा छ ।
इस्लामको मूल मंत्र हो: ला ईलाहा ईल्लला मोहम्मदुर रसुलल्लाह, जसलाई कलमा भनिन्छ । यसको अर्थ हो: अल्लाह केवल एक हो, अरू कोही छैन । मोहम्मद साहब उनका सच्चा रसूल (पैगम्बर) हुन् ।
इस्लाम धर्मका केही प्रमुख आधार छन्, जुन यस प्रकार छन्:
१. खुदालाई मान्नु र उसको सजदा
(शिर झुकाउनु) गर्नु ।
२. तहारत यानि पवित्रता: यसैमाथि सबै नियम आधारित छ । यसमा शरीरको पवित्रता, कपडाको पवित्रता आदिदेखि मनको पवित्रतासम्म आबद्ध छ ।
३. नमाज: फजर, जोहर, असर, मगरिब र ईशाको समयसम्म पाँचपल्ट नमाज पढ्नु अर्थात् खुदाको इबादत गर्नु । आफ्नो इन्द्रियलाई वशमा राख्नु । गलत कार्यबाट टाढा रहनु ।
४. रोजा अर्थात् व्रत: यो आत्माको शुद्धिको लागि राखिने गरिन्छ । रमजान महिनामा ३० दिनसम्म रोजा राख्ने गरिन्छ । पूरा महिना अल्लाहको इबादतमा लगाउने गरिन्छ ।
५. जकात: यो सबै व्यक्तिमाथि लागू गरिएको छ, जसले दान गर्न सक्छ । यो दान गरीब, असहाय आदिको लागि व्यय गरिने गरिन्छ । यो २.५० पैसा प्रति सैकडा प्रतिवर्षको हिसाबले दिने गरिन्छ ।
६. हज अर्थात् तीर्थ यात्रा: जसमा दुनियाँका सारा मुसलमानले बिना भेदभाव भाग लिने गर्छन्, जुन साउदी अरबस्थित मक्कामा अवस्थित छ ।
पैगम्बर मोहम्मद साहबको जन्मदिनको उपलक्ष्यमा नेपाल लगायत संसार भरिका मुस्लिम समुदायले उनको जन्मदिन पारेर धुमधामका साथ जुलुस निकाली उनीप्रति श्रद्धा दर्शाउने गरिन्छ । उक्त जुलुसमा बुढापाकादेखि साना–साना नानीहरूले पनि सहभागी हुने गर्छन् । त्यस दिन सारा मुस्लिम परिवार पवित्र भई स्वादिष्ट परिकार बनाई आफ्नो घर तथा छिमेकमा खुशियाली मनाउने र फात्या (पूजापाठ) गरी उनलाई सम्झिने गरिन्छ ।