संयुक्त राष्ट्र सङ्घ, १७ फागुन/सिन्ह्वा
संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव कोफी अन्नान सिरियाका लागि दूतका रूपमा नियुक्त भएका छन् ।
हाल सिरियामा जारी आन्दोलनका लागि संयुक्त राष्ट्र सङ्घ र अरब लिगका तर्फबाट संयुक्त दूतका रूपमा हालै उनलाई नियुक्त गरिएको हो ।
उनले आगामी केही दिनमैं सिरियाको भ्रमण गर्ने कार्यक्रम छ ।
सोही प्रयोजनका लागि उनी आजै न्युयोर्क आउन लागेका पनि समाचारमा जनाइएको छ ।
पूर्व महासचिव अन्नानले सिरियाका विषयमा आजै संयुक्त राष्ट्र सङ्घका महासचिव बान की
मुनसँग कुराकानी गर्ने बताइएको छ ।
राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि लिन पास्कोले मध्यपूर्व सम्बन्धी सुरक्षा परिषद्को एक खुला बैठकमा सो विषयमा जानकारी पनि दिए ।
उनले भने–कोफी अन्नानसँग सो परिषद्का सबै सदस्य राष्ट्रहरूसँग कुराकानी एवम् छलफल गरी हाल सिरियामा जारी हत्या र हिंसाको सिलसिला कम गर्ने विषयमा एक उचित अवसर पनि हुनेछ ।
पास्कोले सिरियाली सरकार आफ्ना नागरिकको सुरक्षाको विषयमा चुकेको छ र उनको अवस्था निकै नै नाजुक बन्दै गएको पनि जानकारी सो बैठकमा गराएका थिए ।
दुर्भाग्यवश अन्तर्राष्ट्रिय समुदाय पनि सिरिया सरकारले जारी राखेको हत्या र हिंसाको क्रमलाई रोक्न नराम्रोसँग चुकेको वास्तविकतालाई मध्यनजर गर्न पनि उनले विश्व समुलायलाई आग्रह गरे ।
सिरियामा गत वर्षको मार्च महिनादेखि जारी रहेको आन्दोलनका क्रममा कम्तीमा पनि ६ हजार नागरिकले ज्यान गुमाइसकेका छन् ।
सिरियामा पछिल्ला केही दिनयता भने झन् ठूलो हिंसा मच्चिएको छ । दिनहुँजसो दर्जनौं नागरिकको
मृत्यु भएको समाचारमा जनाइएको छ ।
सो आन्दोलनका लागि सिरियाली सरकारले भने विदेशी शक्तिलाई दोष दिने गरेको छ । सिरिया सरकारले सो आन्दोलनका क्रममा कम्तीमा पनि २ हजार जना राष्ट्रिय सेना मारिएका बताएको छ ।
विदेशी शक्तिले समर्थन गरेका हतियारधारी समूहका कारण आफ्नो देशका सेना एवम् सुरक्षाकर्मीको ज्यान गएको दोषारोपण पनि सिरियाले गरेको छ । राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हट्न माग गरी सुरु भएको सो आन्दोलन वर्ष दिन पुग्न लागेको भएपनि उनी सत्ताबाट नहट्ने अडानमा रही आएका छन् ।
उनले विदेशी शक्तिले सो आन्दोलन उचालेको आरोप लगाउँदै विदेशीले भनेकै आधारमा सत्ताबाट नहट्ने अडान दोहोर्याएका छन् । रासस