प्रस, गरुडा, १६ फागुन/
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाबुराम भट्टराई र प्रचण्ड नयाँ राजा बनेको आरोप लगाएका छन् ।
रौतहटको मलाही बजारमा म·लवार आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले विगतमा जनताले ज्ञानेन्द्रको तानाशाही नसहेको भन्दै इतिहासमा हिटलर, नाजी, पोलपोटको अन्त्य भएजस्तै कुनै पनि तानाशाहलाई जनताले स्वीकार नगर्ने बताए । लडाकू र हतियारको बलले माओवादीले अरू कुनै पार्टीलाई वास्ता नगरेको आरोप पनि नेपालले लगाए ।
आफ्नै लडाकूको पैसा लुट्ने र टैक्स लगाउने एकीकृत माओवादीले जनतालाई नछोड्ने बताउँदै माओवादीको बोलीको ठेगान नभएकोले विश्वास गर्न नसकिने बताए ।
लडाकू व्यवस्थापन तथा समायोजनमा माओवादीले ढिलाइ गरिरहेकोले उसको नियतमाथि शड्ढा रहेको बताउँदै पूर्वपूधानमन्त्री नेपालले माओवादीको कुनै पनि योजना सफल हुन नदिने उद्घोष गरे ।
शासकीय स्वरूपको विषयमा चर्चा गर्दै नेपालले नेकपा एमाले
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको
पक्षमा रहेको तर मन्त्रीको नियुक्तिमा भने फरक किसिमले सोच्नुपर्ने
बताए ।
काठमाडौंमा हिजो भएको बम विस्फोटमा तीनजनाको मृत्यु भएको प्रस· कोट्याउँदै शान्ति सुरक्षामा यो सरकार असफल भएकोले नालायकको आरोप लगाए ।
पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियानअन्तर्गत गृह जिल्ला आएका नेपालले नेकपा एमाले एकताबद्ध भएर पार्टी सुदृढीकरणमा लागेकोले अन्य पार्टीहरू डराएको बताए । अरू पार्टीप्रति जनताको विश्वास घटेकोले अबको दिनमा एमालेप्रति जनताको विश्वास जागेको उल्लेख गरे ।
सभालाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले माओवादीको उग्रवादी सोच,
काङ्ग्रेसको यथास्थितिवादी विचार र मधेसवादी दलको सड्ढीर्णतावादी
चिन्तनले ६ महिनामा पूरा हुनुपर्ने शान्ति प्रक्रिया र दुई वर्षमा लेखिनुपर्ने संविधान ३ वर्ष ९ महिनामा पनि पूरा हुन नसकेको बताए ।
क्षेत्र नं. ४ का अध्यक्ष राजेन्द्र यादवको सभापतित्व, जयम·ल राय यादवको स्वागत र एल. सहनीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सभासद् सरला यादवलगायत नेताले मन्तव्य व्यक्त गरेका थिए ।