Posts

Showing posts from February, 2012

सुवर्णपुरमा शहीद स्मारकको उद्घाटन शान्ति र संविधानका बाधक नेपाली काङ्ग्रेस र एमाले– प्रचण्ड

Image
 शहीद स्मारक उद्घाटन गर्दै प्रचण्ड(१), सभालाई सम्बोधन गर्दै प्रचण्ड(२), मञ्चमा आसिन(दायाँबाट) प्रचण्ड, गिरिराजमणि पोखरेल, अञ्जना बिशंखे (३)। फोटो: आरके पटेल प्रस, वीरगंज, १७ फागुन/     एकीकृत नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपाली काङ्ग्रेस र नेकपा एमालेले शान्ति र संविधानलाई बन्धक बनाई हलो अड्काएर गोरु चुट्ने काम गरिरहेको आरोप लगाएका छन् ।     एकीकृत नेकपा माओवादी जिल्ला स·ठन समिति पर्साले पर्सा जिल्लाको सुवर्णपुर–४ मा निमाण गरेको शहीद स्मारकको उद्घाटन गर्दै सो आरोप लगाएका हुन् ।     काङ्ग्रेस र एमाले   शान्ति प्रकियामा जान अनेक बहाना लगाएर रोक्ने अनि गाली चाहिं माओवादी पार्टीलाई गर्ने गरेको आरोप लगाउँदै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र सङ्घीय संविधान निर्माणका लागि जनयुद्धमा सहयोग गरेका नेपाली सर्वहारा जनताले फेरि तलैबाट आवाज उठाउनुपर्ने समय आएको प्रचण्डको भनाइ थियो ।     ज्ञानेन्द्रको उल्टो बुद्धिका कारण नेपालमा छिटो गणतन्त्र आएको उल्लेख गर्दै नेपाली काङ्ग्रेस र एमालेले पनि उल्टो काम गरिरहे आफ्नै कुबुद्धिका कारण जन

नेपाल दूरसञ्चार लिमिटेडको सेवा गुणस्तरहीन

प्रस, वीरगंज, १७ फागुन/     नेपाल दूरसञ्चार कम्पनी लि.को गुणस्तरहीन सेवाले गाउँदेखि शहरसम्मका उपभोक्ता मारमा परेका छन् ।     नेपाल दूरसञ्चार कम्पनी क्षेत्रीय कार्यालय वीरगंजको लापरवाहीको कारण पर्साका उपभोक्ताहरू मारमा परिरहेका छन् । नेपाल सरकारले सहरदेखी गाउँसम्म सञ्चार सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको मोबाइलका लागि जडान गरिएको बिटीएस सिस्टम मरम्मत नहुँदा यस्तो समस्या परेको एक प्राविधिकले बताए । नेपालमा मोबाइल सेवा विस्तार भएदेखि जिल्लाका विभिन्न ठाउँमा जडान गरिएको बिटिएस हालसम्म् मरम्मत भएको छैन । पहिले जडान भएका बिटीएसहरू अहिले मरम्मतको खोजीमा छन । तर  नेपाल दूर सञ्चार क.लिमिडेट क्षेत्रीय कार्यालय वीरगंजले पुरानो सिस्टम मरम्मत नगरी कमिशनको लागि नयाँ–नयाँ स्थानमा सेवा विस्तार गरिरहेको कर्मचारीहरू बताउँछन् । फलस्वरूप नेपाल दूर सञ्चारले वितरण गरेको जिएसएम तथा सिडीएमए मोबाइलको नेटवर्क कमजोर हुँदै गइरहेको दूर सञ्चारका एकजना इन्जिनियर बताउँछन् ।     मोबाइल कल गर्दा जहिलेपनि नेटवर्क व्यस्त देखाउने, बाहिरबाट कल आउँदा स्वर राम्ररी नसुनिने, सम्पर्कभएपनि फोन गर्दागदै बीचमैं काटिने, न

डाबर नेपालमा अनिश्चितकालीन हडताल निलम्बन र बर्खास्तीविरूद्ध मजदुर कर्मचारी आन्दोलनमा

प्रस, वीरगंज, १७ फागुन/     बारा, रामपुर टोकनीस्थित डाबर नेपाल प्रालिका मजदुर तथा कर्मचारीहरू कामकाज ठप्प पार्दै आजदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।     नेकपा माओवादीसँग आबद्ध मजदुर तथा कर्मचारी स·ठन नेपाल औद्योगिक मजदुर तथा कर्मचारी स·ठन (क्रान्तिकारी)को अगुवाइमा आन्दोलन सुरु भएको हो ।     कम्पनीका कर्मचारी मुस्तकिम मियाँ मन्सुरीलाई व्यवस्थापन पक्षले निलम्बन गरेको र मजदुर रुद्रराज गिरीलाई षड्यन्त्रपूर्वक कामकाजबाट बर्खास्त गरेको आरोप लगाउँदै मजदुर कर्मचारीहरू धर्नामा बसेका छन् ।     आज बिहानैदेखि उक्त निर्णय फिर्ता लिन कारखाना प्रशासनसँग पटकपटक अनुरोध गर्दा कुनै सुनवाइ नभएकोले बाध्य भई काम ठप्प पार्दै धर्ना सुरु गरिएको स·ठन क्रान्तिकारीका डाबर एकाइ अध्यक्ष इस्लाम हवारीले बताएका छन् ।     निलम्बन र बर्खास्तगीको निर्णय बिनाशर्त फिर्ताको माग मजदुर कर्मचारीले आन्दोलन सुरु गरेपछि इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोली कम्पनी परिसरमा पुगेको थियो । दिनभरि कुनै अप्रिय घटना नभएकोले साँझतर्फ प्रहरी फिर्ता भएको छ ।     क्रान्तिकारीका पदाधिकारीसमेत रहेका मजदुर कर्मचारीलाई चोरीको

जिल्लाका सम्पूर्ण सरकारी, सामुदायिक विद्यालय बन्द, शिक्षकहरू धर्नामा

प्रस, कलैया, १७ फागुन/     शिक्षकहरूको हितको लागि विभिन्न ४७ सूत्रीय माग राखी शिक्षकहरूले बुधवार पनि जिल्ला शिक्षा कार्यालय बारामा धर्ना दिएका छन् ।     नेपाल शिक्षक युनियन तथा नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको संयुक्त आह्वानमा शिक्षकहरूले कार्यालय अवधि भर जिल्ला शिक्षा कार्यालय बारामा धर्ना दिएका हुन् ।     शिक्षकहरूले बाराका सम्पूर्ण सरकारी विद्यालय बन्द गरी नेपाल शिक्षक युनियन बाराका अध्यक्ष देवेन्द्र गिरीको अगुवाइमा  शिक्षा कार्यालयमा धर्ना दिएका हुन् ।     विद्यालयमा कर्मचारी व्यवस्था गर्नु पर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने, राहत र पिसिएफ शिक्षकलाई दरबन्दी दिनुपर्ने, बालविकास सहयोगी कार्यकर्तालाई न्युनतम मजदुरी दिनुपर्ने वा शिक्षक सरह सुविधा दिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूलाई दरबन्दीमा कायम गरी सेवा अवधि गणना हुनेगरी शिक्षक सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने, तलब भत्तालगायत सम्पूर्ण निकासा समयमा हुनुपर्ने, राहत पिसीएफ शिक्षकहरूलाई दरबन्दीमा परिणत गर्नुपर्ने, पोशाक भत्ता पाउन बाँकी सम्पूर्ण शिक्षकहरूलाई पोशाक भत्ता उपलब्ध गराउनुपर

जतिसुकै कुरा गरेपनि बालश्रम घट्दो छैन

Image
जीतलाल श्रेष्ठ, निजगढ/     जतिसुकै बाल अधिकारको कुरा गरेपनि बालश्रम अझैपनि उस्तै छ । यस्ता खाले प्रकाशित तस्वीरले बाल अधिकारका कुरा मात्र गर्ने र सहयोग रकम पचाउने व्यक्ति, सङ्घ, संस्थाहरूलाई फेरि पनि चलखेल गर्दै स्वार्थी फाइदा उठाउन थप बाटो पक्कैपनि खुल्न सक्छ ।     हाम्रोजस्तो गरिब, विकासोन्मुख मुलुकमा विपन्न अवस्थाका बालबालिकाहरूका लागि विदेशी मुलुक र सरकारले मनग्गे सहयोग गर्ने गरेपनि बालबालिकाहरूको अवस्था जस्ताको त्यस्तै छ । सहयोगका लागि आएको रकम, सुविधाहरू शोषित पीडित, विपन्न वर्गका बालबालिकाहरूसम्म नपुगी बीचमैं झ्वाम पार्ने प्रथा अहिले पनि घटेको छैन । जसका कारण बालश्रम घटेको छैन । रिक्सा होस् वा टाँगा, क्रसर उद्योग होस् वा इँटाभट्टा बालबालिका अझैपनि जोखिमयुक्त काममा गरिरहेका छन् ।     विद्यालय जानका लागि किताब कापी बोक्नुपर्ने उमेरमा कलिला हातले टाँगाको लगाम, कठयाङ्ग्रिदो जाडो होस् वा गर्मी सकी नसकी टाउकोमा इँटाको बोझ, क्रसर उद्योगका लागि खोलाबगरमा ढु·ा सड्ढलन गर्नेलगायत कार्यहरूमा बालबालिकाहरू प्रयोग भएका छन् । शहर, बजारमा फालिएका प्लास्टिक, कबाडीका सामान सड्ढलन गर्दै सडक किन

चार तालिबानीको मृत्यु १० पक्राउ

काबुल, १७ फागुन/सिन्ह्वा     अफगानिस्तानको हेल्मान्ड र कन्धार  प्रान्तमा गत २४ घण्टामा चारजना तालिबानीको मृत्यु भएको र दशजना पक्राउ परेका बताइएको छ ।     अफगान राष्ट्रिय प्रहरी, सैनिक, गुप्तचर निकाय र नेटोसँग आबद्ध सैनिकले गरेको संयुक्त कारबाईमा  चार तालिबानी आतड्ढकारीको मृत्यु हुनुका साथै अन्य १० जना पक्राउ परेको गृह मन्त्रालय स्रोतले बुधवार जानकारी दिएको छ ।     अफगानिस्तानको कन्धार र हेल्मान्ड प्रान्तमा भएको कारबाईको परिणामस्वरूप सशस्त्र ४ आतड्ढकारी मारिनुका साथै अन्य १० जना पक्राउ परेका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।     त्यसै क्रममा अफगान राष्ट्रिय प्रहरीले विभिन्न विस्फोटक पदार्थ र हातहतियार कब्जा गरेको पनि समाचारमा उल्लेख छ ।     अफगान र नेटोसँग आबद्ध सैन्यबलले गरेको आतड्ढकारी सफाया नामको कारबाईमा यस वर्षको सुरुदेखि हालसम्म २१० आतड्ढकारी मारिनुका साथै ६ सय भन्दा बढी पक्राउ परेका पनि गृह मन्त्रालय स्रोतले जनाएको छ ।     एक दशकदेखि तालिबानी विद्रोहीले जारी रहेको विद्रोह नियन्त्रण गर्नका लागि युद्धरत नेटोसँग एक लाख ३० हजारभन्दा बढी सैनिक आबद्ध रहेका छन्

राष्ट्र सङ्घका पूर्व प्रमुख सिरियाका दूत

संयुक्त राष्ट्र सङ्घ, १७ फागुन/सिन्ह्वा     संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव कोफी अन्नान सिरियाका लागि दूतका रूपमा नियुक्त भएका छन् ।     हाल सिरियामा जारी आन्दोलनका लागि संयुक्त राष्ट्र सङ्घ र अरब लिगका तर्फबाट संयुक्त दूतका रूपमा हालै उनलाई नियुक्त गरिएको हो ।     उनले आगामी केही दिनमैं सिरियाको भ्रमण गर्ने कार्यक्रम छ ।     सोही प्रयोजनका लागि उनी आजै न्युयोर्क आउन लागेका पनि समाचारमा जनाइएको छ ।     पूर्व महासचिव अन्नानले सिरियाका विषयमा आजै संयुक्त राष्ट्र सङ्घका महासचिव बान की मुनसँग कुराकानी गर्ने बताइएको छ ।     राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि लिन पास्कोले मध्यपूर्व सम्बन्धी सुरक्षा परिषद्को एक खुला बैठकमा सो विषयमा जानकारी पनि दिए ।     उनले भने–कोफी अन्नानसँग सो परिषद्का सबै सदस्य राष्ट्रहरूसँग कुराकानी एवम् छलफल गरी हाल सिरियामा जारी हत्या र हिंसाको सिलसिला कम गर्ने विषयमा एक उचित अवसर पनि हुनेछ ।     पास्कोले सिरियाली सरकार आफ्ना नागरिकको सुरक्षाको विषयमा चुकेको छ र उनको अवस्था निकै नै नाजुक बन्दै गएको पनि जानकारी सो बैठकमा गराएका थिए ।    

फागुमा ३ दिन बिदा माग

प्रस, कलैया, १७ फागुन/     हिन्दू धर्मावलम्बीहरूको पर्व फागु पूर्णिमाको लागि तीन दिन सरकारी बिदा दिन नेपाल सरकारसँग माग गरिएको छ ।     समाज बाराका अध्यक्ष रामबिध्या कुशवाहाले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । जारी विज्ञप्तिमा नेपाल सरकारले यस पर्वमा ध्यान नदिएको आरोप लगाइएको छ ।

बारा शान्ति समितिविरुद्ध उजुरी

प्रस, कलैया, १७ फागुन/     स्थानीय शान्ति समिति बाराले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै नेपाल पत्रकार महासङ्घ बाराले बुधवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छ ।     शान्ति समितिलाई कारबाई गर्न माग गर्दै  महाङ्घ बाराका अध्यक्ष लक्ष्मी साहले जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दिएका हुन् ।     स्थानीय शान्ति समितिका तत्कालीन कार्यालय सचिव सिकेन्द्र बैठाले आर्थिक वर्ष २०६७–०६८ मा प्रचारप्रसार, चेतना तथा प्रचारमूलक पुस्तक प्रकाशन, पत्रिकाको विज्ञापनलगायत शीर्षकमा आएको रु. १ लाख ३० हजार रकम हिनामिना गरेको आरोपमा प्रशासनमा महासङ्घ बाराले निवेदन दर्ता गराएको महासङ्घ बाराका उपाध्यक्ष राकेश पाण्डेयले जनाएका छन् ।     निवेदनको बोधार्थ जिल्ला प्रहरी कार्यालय बारा, नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं, शान्ति तथा पुनर्निर्माण मन्त्रालय काठमाडौं पनि पठाइएको छ ।

सन्तोष मेमेरियलको फाइनलका लागि नगवा र इटियाही क्रिकेट क्लब आमुन्नेसामुन्ने

प्रस, कलैया, १७ फागुन/     राष्ट्रिय ग्रामीण विकास केन्द्र एवं अमर युवा क्लबको संयुक्त आयोजनामा बारा, बरैनियामा सञ्चालित सन्तोष मेमोरियल क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार  भएको खेलमा इटियाही क्रिकेट क्लब विजयी भएको छ । इटियाही कान्तिपुर  क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।     टस हारेर पहिले ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनायो । प्रत्युत्तरमा इटियाहीले १९ ओभर ३ बलमा  ४  विकेट गुमाएर विजयी लक्ष्य प्राप्त गर्‍यो । प्रतियोगितामा नटआउट ५२ रन तीन विकेटको योगदान दिएबापत इटियाहीका सेराजुल अंसारी म्यान अफ दि म्याच घोषित भए । यसअघि हिजो भएको सेमिफाइनल खेलमा नगवा क्रिकेट क्लब विजयी भएको थियो । नगवाले बहुअरी क्रिकेट क्लबलाई ६१ रनले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङमा ओर्लेको नगवाले निर्धारित २५ ओभरको खेलमा १९ ओभर १ बलमा ३ विकेटको क्षतिमा १ सय ९८ रन बनायो । प्रत्युत्तरमा बहुअरी १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ३७ रनमा समेटियो । उपाधिका लागि फाइनलमा नगवा क्रिकेट क्लब र इटियाही क्रिकेट क्लब भिड्ने के

होचा व्यक्तिको कीर्तिमान र हाम्रो समाज

Image
- सञ्जय साह ‘मित्र’ एकजना मित्रलाई तपाईंलाई त चारैतिरबाट आजभोलि फाइदै फाइदा भएको सुनिन्छ नि ? भनी मैले सुनेको यथार्थबारे उत्सुकतापूर्वक सोध्दा तिनले बडो सहज किसिमले मेरो उन्नतिको होइन बरु  दुर्दशाको  चारैतिर फलिफाप भएको उदाहरणसहित बताए । उनले के पनि भने कि यदि अलिकति मात्र जिस्केको किसिमले भनेको भए उनले नराम्रो मान्ने थिए । वास्तवमा मैले राम्रै सुनेर राम्रो सोधेको थिएँ । मैले स्वाभाविकरूपमा सोधेकोले मित्रलाई व्यङ्ग्य लागेन र उनलाई नमीठो पनि लागेन ।     पश्चिम नेपालका चन्द्रबहादुर डाँगी विश्वकै सबभन्दा कम उचाइको मानिसको रूपमा आफ्नो नाम दर्ता गराउन सफल भएका छन् । यसअघि खगेन्द्र थापा मगरको नाम आउँथ्यो । नेपालका यी दुई व्यक्ति सबैभन्दा कम उचाइका हुन् । यो चाहिं भौतिक यथार्थ हो । यी दुवैको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा दर्ता हुने सौभाग्य प्राप्त भएको छ । यतिमात्रले यिनीहरू भाग्यमानी हुन् भन्न मिल्दैन । यी दुई नाप त्यतिबेला विश्वमा फैलिएको छ जतिबेला नेपालको दुर्नाम मात्र चारैतिर फैलिरहेको थियो । डुबते को तिनके का सहारा भन्ने हिन्दी उखानझैं नेपाल र नेपालीको नराम्रो खबर मात्र संसारभर गइ

एउटा अध्यायको पटाक्षेप

    तत्त्वज्ञानीहरू संसारलाई स्वार्थी भन्दछन् । यहाँ जो जीवित छ, जसले दिइरहन्छ मानिस उसैको सम्झना गर्दछ । जो बित्यो, उसले जतिसुकै दिएको होस्, उसलाई बिर्सन क्षण लाग्दैन । रिलिफ सोसाइटी अफ कमर्सका परिकल्पनाकार बिहारीलाल लाठ बितेको १२ दिन पूरा भएको छ । यस संसारबाट उनको पार्थिव शरीरमात्र गएको छैन, उनको सम्झना पनि आजदेखि विस्तारै मलीन हुँदै जानेछ । किनकि  जीवन सङ्घर्षको एउटा अध्याय समाप्त भएको छ । मानिसलाई र·मञ्चको पात्र भनिन्छ । ऊ जीवन (र·मञ्च) मा आउँछ, निर्धारित भूमिका निर्वाह गर्छ र पुन: आफ्नो स्वाभाविक जीवनमा फर्कन्छ । मानिसले पनि आफ्नो निर्धारित भूमिका निर्वाह गरिरहेको हुन्छ । फरक के मात्र हो भने सामान्य मानिसले निर्धारित भूमिका निर्वाहमात्र गर्दछ तर सामान्येतर मानिसले नाटकको भूमिकामा ज्यान थप्ने गर्दछ । उसको अभिनय स्वाभाविक हुन्छ, दर्शकलाई आनन्दको अनुभूति दिन्छ । लाग्दैन उसले नाटक गरिरहेको छ । पात्रको आनन्द, करुणा, दु:ख, सङ्घर्ष, विजय, पराजयका साथ दर्शक मनोभावपूर्वक तादाम्य राख्न बाध्य हुन्छ । यस्तो पात्रको सम्झना मानिसलाई जीवनपर्यन्त भइरहन्छ ।     मानिसको स्वाभाविक प्रवृत्ति के पनि

छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत वीरगंजमा पौडी प्रतियोगिता सम्पन्न २७ स्वर्णसहित २५–२५ रजत र कास्य मध्यमाञ्चलको कब्जामा

Image
सबैभन्दा बढी पदक जित्ने पुरुष र मिहिला शैलेश राणा तथा श्रेया धिताल । फोटो: आरके पटेल १६ औं राष्ट्रिय पौडी प्रतियोगिताको दृश्य । फोटो: आरके पटेल प्रस, वीरगंज, १६ फागुन/     छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वीरगंजमा आज सम्पन्न पौडी प्रतियोगितामा मध्यमाञ्चलले सबै २७ स्वर्ण हात पारेको छ । यसैगरी २५ रजत र २५ कास्य पदक पनि जितेको छ । चार सय मिटर रिलेमा महिला र पुरुषतर्फ पश्चिमाञ्चलले दुई रजत र पूर्वाञ्चलले दुई कास्य पदक मात्र जितेका छन् । मध्यमाञ्चलका तर्फबाट शैलेश राणाले ९ स्वर्ण, ४ रजत लिन सफल रहे  । त्यस्तै शिरीष गुरुङले ३ स्वर्ण, ३ रजत र २ कास्य प्राप्त गरेका छन् । बनिन शहंशाह श्रेष्ठले १ स्वर्ण, २ रजत प्राप्त गरेका छन् । यसैगरी महिलातर्फ मध्माञ्चलकी श्रेया धितालले ८ स्वर्ण, ३ रजत प्राप्त गरिन् भने शैला राणाले ४ स्वर्ण, ६ रजत र १ कास्य प्राप्त गरेकी छन् । सोनरा विष्टले १ स्वर्ण, १ रजत र ३ कास्य जितिन् भने करिश्मा कार्कीले १ मात्र स्वर्ण प्राप्त गरेको बताइएको छ ।     आज अन्तिम दिनको प्रतिस्पर्धामा महिलातर्फ ५० मिटर बटरफ्लाइमा श्रेया धितालले ३४:७७ सेकेन्डका साथ स्वर्ण प्

नेकपा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा : नेपाल

प्रस, गरुडा, १६ फागुन/     नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाबुराम भट्टराई र प्रचण्ड नयाँ राजा बनेको आरोप लगाएका छन् ।     रौतहटको मलाही बजारमा म·लवार आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले विगतमा जनताले ज्ञानेन्द्रको तानाशाही नसहेको भन्दै इतिहासमा हिटलर, नाजी, पोलपोटको अन्त्य भएजस्तै कुनै पनि तानाशाहलाई जनताले स्वीकार नगर्ने बताए । लडाकू र हतियारको बलले माओवादीले अरू कुनै पार्टीलाई वास्ता नगरेको आरोप पनि नेपालले लगाए ।     आफ्नै लडाकूको पैसा लुट्ने र टैक्स लगाउने एकीकृत माओवादीले जनतालाई नछोड्ने बताउँदै  माओवादीको बोलीको ठेगान नभएकोले विश्वास गर्न नसकिने बताए ।     लडाकू व्यवस्थापन तथा समायोजनमा माओवादीले ढिलाइ गरिरहेकोले उसको नियतमाथि शड्ढा रहेको बताउँदै पूर्वपूधानमन्त्री नेपालले माओवादीको कुनै पनि योजना सफल हुन नदिने उद्घोष गरे ।     शासकीय स्वरूपको विषयमा चर्चा गर्दै नेपालले नेकपा एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहेको तर मन्त्रीको नियुक्तिमा भने फरक किसिमले सोच्नुपर्ने बताए ।     काठमाडौंमा हिजो भएको बम विस्फोटमा तीनजनाको

बाँच्न चाहने ‘विराग’ अब सम्झनामा

Image
“म एक्लै बाँचिबाँचि दिन्छु कसैको साथ चाहिँदैन” गीतका लेखक, स·ीतकार अनि गायक भीम विराग अब सम्झनाको तरेलीमा मात्र रहने छन् ।     गायक, स·ीतकार, लेखक तथा साहित्यकार, पूर्व पत्रकार एवं खेलाडी पनि बहुप्रतिभाका धनी भीम विराग अर्थात् भीमबहादुर महर्जनको सोमवार बिहान पाटन अस्पतालमा निधन भयो ।     वीरगंज माईस्थानमा जन्मेका ७७ वर्षीय विराग लामो समयदेखि श्वास प्रश्वासको समस्याबाट पीडित थिए । चार वर्ष पहिले आफ्नी प्राणप्यारी अनुदेवीलाई गुमाएका विराग बितेको अढाई दशकदेखि वीरगंजबाट हेटौंडा बसाइँ सरेका थिए । हुप्रचौरस्थित छोरी आभा श्रेष्ठसँगै बस्दै आएका विरागको पार्थिव शरीरमा पशुपति आर्यघाटमा सोमवार दिउँसो ज्वाइँ जीवन श्रेष्ठले दागबत्ती दिएका थिए ।     फूटबल खेल्ने क्रममा किशोर अवस्थामा २०१८ सालमा विरागको ढाड भाँचिएर अशक्त बनेका उदय साहित्यिक पत्रिकाबाट २०१५ सालमा साहित्य लेखन यात्रामा प्रवेश गरेका विराग लामो समयसम्म नारायणी साप्ताहिकका सम्पादक रहे ।     “म एक्लै बाँचिदिन्छु” गीत आफ्नै शब्द, स्वर, स·ीतमा २०१५ सालमा रेकर्ड भएको थियो र यो नै उनको पहिलो रेकर्ड भएको गीत हो ।     ‘फूलै फूल मात्र पनि ह

नागरिकको गुनासो सुन्दै नागरिकता वितरण

ओमप्रकाश चौधरी, सेढवा, १६ फागुन/     सेढवा र महादेवपट्टि गाविसका बासिन्दाका लागि सार्वजनिक सुनुवाइ, नागरिकता वितरण र अपा·ता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।     स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत ब्रिलेन्ट युवा क्लब भेडिहारीको आयोजना र जिल्ला विकास समिति पर्साको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, प्रहरी उपरीक्षक रमेश खरेल, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्माचार्य, जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साह, स्थानीय विकास अधिकारी रामाधीन यादव, महिला विकास कार्यालय प्रमुख उर्वरा लुइटेललागयत सार्वजनिक सेवाका कार्यालय प्रमुखहरूले स्थानीय बासिन्दासँग समस्याबारे छलफल गरेका थिए ।     सो अवसरमा स्थानीय बासिन्दाले सेढवाको वडा १ र २ स्थित दलित बस्तीमा खानेपानीको अभाव, गाविस कार्यालयमा सचिव फेला नपर्ने, महिला दलित शीर्षकको रकम अन्यत्र खर्च भइरहेको अवस्था, गाविस भवन निर्माण र रकम ल्याप्स भइजाने तर जनताले चाहेको काम नहुनेलगायत समस्या व्यक्त गरेका थिए ।     जिल्ला प्रमुख तथा कार्यालय प्रमुखहरूले आआफ्नो जिम्मेवारीको  कार्य यथाशीघ

सिप्रदीका कर्मचारीहरूद्वारा राहत वितरण

Image
गाउँलेलाई राहत वितरण गर्दै सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरू । प्रस, वीरगंज, १६ फागुन/     सिप्रदी ट्रेडिङ प्रालिका कर्मचारीहरूद्वारा प्रवधिैत सिप्रदीयन सहायता संस्थाले आज सर्लाही जिल्लाको छोटौल गाविसको वडा नं. ८ र ९ मा आगलागी पीडितहरूलाई प्रतिघर धुरी ५० के.जी. चामल र नगद रु. ५००/– राहतस्वरूप सहयोग उपलब्ध गराएका छन् ।     सहयोगस्वरूप आगलागीबाट पीडित २६ घरधुरीलाई १३०० कि.ग्रा. चामल र रु. १३०००/– नगद प्रदान गरिएको थियो । उक्त राहत वितरण कार्यक्रममा गडरुवा चौकीका प्रनि जनक शाही, प्रनानि टड्ढबहादुर भण्डारी,  प्रसनि धनबहादुर खड्काका साथै गाउँले भद्रभलादमीहरूको उपस्थिति थियो । आगलागी यही फागुन १३ गते भएको थियो ।

‘एसएलसी कुशलतापूर्वक कसरी दिने’ तालिम सम्पन्न

Image
तालिमका सहभागी विद्यार्थीहरू र प्रशिक्षक राजेन्द्र प्र. कोइराला । प्रस, वीरगंज, १६ फागुन/     जिल्ला बाल कल्याण समितिको हलमा प्रवेशिका परीक्षामा सामेल हुन गइरहेका विद्यार्थीहरूको लागि वगत २० वर्षदेखि तालिम दिंदैं आएका प्रशिक्षक राजेन्द्र प्र. कोइरालाद्वारा एक दिने  ‘एसएलसी कुशलतापूर्वक कसरी दिने’ शीर्षकमा प्रशिक्षण कार्यक्रम सुसम्पन्न भएको छ । उक्त कार्यक्रम सेलीका व्यवस्थापकीय प्रबन्धक प्रवीण जयसवालको अध्यक्षता तथा राजेन्द्र प्र. कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सेलीका प्रशिक्षक सोनु गुप्ता, वासिम हुसेन, हरि अधिकारी र श्याम केशरीले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ज्ञान ज्योति, ज्ञान निकेतन, मुनलाइट, त्रिजुद्ध, कादम्बरी, मिनील्यान्ड, त्रिभुवन तथा कलैयाका श्री ३ चन्द्र, श्री पन्नादवी, श्री ने.रा. उच्च मा.वि का  लगभग ५५ जना विद्यार्थीको उत्कृष्ट सहभागिता थियो भने कार्यक्रमको सञ्चालन सेलीका विद्यार्थी सौरज प्रधानले गरेका थिए ।     सो कार्यक्रममा प्रशिक्षकहरूले एसएलसीभन्दा पहिले समय व्यवस्थापन, राम्रो तयारी तथा तनावमुक्त हुने कुरामा प्रकाश पार्दै परीक्षामा कसरी ज

मानवअधिकार रक्षकहरूको क्षेत्रीय अन्तक्र्रिया सम्पन्न

प्रस, वीरगंज, १६ फागुन/     आम मानिसको मानव अधिकार संरक्षण, संवर्धन र बहालीका लागि मानव अधिकारकर्मीको अधिकारको रक्षा हुनुपर्छ भनी वीरगंजमा आयोजित एक दिने क्षेत्रीय अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले बताएका छन् । पर्सादेखि उदयपुरसम्मका ९ वटा जिल्लाका ३५ जना मानव अधिकार रक्षकहरूको सहभागितामा सो अन्तक्र्रिया सम्पन्न भएको हो ।     लै·िक तथा यौनमा आधारित हिंसाविरुद्ध सञ्जाल बारा र शान्तिका लागि सञ्जाल पर्साको आयोजनामा भएको यस कार्यक्रमको उद्घाटन  सत्रको सभाध्यक्षता मानव अधिकाररक्षक कमलमोहन पोखरेलले गरेका थिए ।     उद्घाटन सत्रको प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग मध्य क्षेत्रका निर्देशक बुद्धनारायण सहनीले बदलिंदो राजनीतिक–सामाजिक परिस्थितिमा मानव अधिकार रक्षकहरूको भूमिका चुनौतीपूर्ण रहेको बताए । इन्सेनका क्षेत्रीय संयोजक कृष्ण गौतमले दण्डहीनताको कारण मानव अधिकार र  मानव अधिकार रक्षकहरूलाई ठूलो चुनौती रहेको बताएका थिए । कार्यक्रममा संयुक्त राष्ट्र सङ्घ मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)का भीम परियारले नेपालमा कार्यादेश सकिएर जान लागेकोमा अहिलेसम्म सहकार्य गरेका नेपालका म

सशस्त्र प्रहरीद्वारा बाघको डमरू र काठ बरामद

प्रस, वीरगंज, १६ फागुन/     सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलवाले गएराति पर्सा जिल्लाको बडनियार गाविस–१ बाट अवैधरूपमा सालको रूख कटान गरी साइकलमा ल्याउँदै गरेको ५० क्युफिट काठ बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बलका कमान्डर सशस्त्र प्रनानि आशकुमार कुमालले गस्ती टोलीलाई देखेर काठ तस्करहरू सालको गोलिया र साइकल छोडी भागेका बताएका छन् । सशस्त्र प्रहरीले साइकलमा ल्याउँदै गरेको सालको ३ वटा गोलिया र ३ वटा साइकल पक्राउ गरेको बताएको छ ।     यसैगरी गस्तीको क्रममा सुरक्षा बेस बेलवाको टोलीले आज बिहान बेलवा गाविस–७ सोलखपुरबाट पाटे बाघको डमरू (बच्चा) फेला पारेको छ । बाघको डमरू (बच्चा) अन्दाजी ४ महिना र वजन ८ किलो रहेको जानकारी गराएको छ । सशस्त्रले बरामद गरेको अवैध काठ वन कार्यालयमा तथा डमरू पर्सा वन्यजन्तु आरक्ष कार्यालयमा बुझाउने सीमा सुरक्षा कार्यालय पर्साले जानकारी गराएको छ ।         सशस्त्र प्रहरीले फागुन महिनाको १६ गतेसम्म पर्सा जिल्लाको विभिन्न स्थानबाट  सरदर १०० क्युफिट काठ बरामद गरेको जानकारी गराएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले चोरी डकैती, हत्या, अपहरण, तस्करी, वन्य जन्त

एसएलसी परीक्षामा अवरोध पुर्‍याउँछौ– शिक्षकहरू

Image
जिल्ला शिक्षा कार्यालय बारामा धर्ना दिंदै शिक्षकहरू । फोटो: राजेश कुशवाहा प्रस, वीरगंज, १६ फागुन/     संयुक्त शिक्षक आन्दोलनको तेस्रो चरणको तेस्रो दिन आज पनि पर्सेली शिक्षकहरूले जिल्ला शिक्षा कार्यालय घेराउ तथा पठनपाठन ठप्प कार्यक्रम जारी राखे । जिल्ला शिक्षा कार्यालय, परिसरमा भेला भएका शिक्षकहरूले धर्ना तथा घेराउ गर्दै सो कार्यालयका कामसमेत ठप्प पारेका थिए ।     धर्ना सभालाई सम्बोधन गर्दै शिक्षक नेताहरूले यो आन्दोलन अन्तिम र निर्णायक हुने बताएका छन् । चार दशकदेखि पठनपाठनमा खटिरहेका शिक्षकहरूलाई घर न घाटको बनाउने सरकारी नीति तथा दुई–तीन पुस्ता विद्यालयकै परिचारक र चौकीदार बनी बिताइरहेका पालेदाइको मर्म र भावना यस आन्दोलनमा जोडिएको चर्चा गर्दै चालू आन्दोलन ‘गर या मर’को अवस्थामा रहेको शिक्षक नेताहरूले बताएका छन् ।     सम्पूर्ण अस्थायी शिक्षकहरूलाई स्थायी, विद्यालयका सम्पूर्ण पाले, परिचारकहरूलाई दरबन्दी, राहत र पीसिएफलाई साधारणतर्फ दरबन्दी र बालशिक्षालाई प्रावि सरह पारिश्रमिक दिने निर्णय सरकारले नगरेसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने बताउँदै सरकारी रवैयामा सुधार नभए आसन्न एसएलसी पर

पर्सा र बारामा अडानको चौथो परिषद् सम्पन्न

प्रस, कलैया, १६ फागुन/     नेपाल अडिटर्स एशोसिएशन (अडान) बाराको चौथो जिल्ला परिषद् आज कलैयामा सम्पन्न भयो ।     नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय उपाध्यक्ष एवं नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) काउन्सिल सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न परिषद्ले अडान बाराका  अध्यक्ष रवीन्द्र गिरी, उपाध्यक्ष मुनीन्द्रलाल कर्ण, सचिव इन्द्रासन मण्डल, पूर्व अध्यक्ष दिगम्बर रेग्मी, पूर्व सचिव रामचन्द्र श्रेष्ठ, राजेन्द्र साहलगायतलाई अडान दोस्रो राष्ट्रिय परिषद्मा मनोनयन गरेको छ ।     अडान बाराका अध्यक्ष रवीन्द्र गिरीको अध्यक्षतामा सम्पन्न परिषद्मा अडानका केन्द्रीय सचिव बद्री भट्टराई, केन्द्रीय सदस्य टिना सुवेदी, अडान सर्लाहीका महेन्द्र राउतलगायतको विशेष उपस्थिति रहेको थियो । परिषद्ले ‘आर्थिक सुशासन र सामाजिक विकासमा हाम्रो अभियान, अविच्छिन्न पेशागत एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ नेपालगन्जमा फागुन १९ र २० गते हुन लागिरहेको अडानको दोस्रो राष्ट्रिय परिषद्लाई भव्यतापूर्वक सफल बनाउन बारा जिल्लाले सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ ।     त्यसैगरी नेपाल अडिटर्स एशोसिएशन

विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिन

Image
प्रस, वीरगंज, १६ फागुन/     मिनील्यान्ड माध्यमिक विद्यालयद्वारा आयोजित खेलकुद प्रतियोगिताको तेस्रो दिन आज विद्यार्थीहरूले कक्षागत प्रतिस्पर्धा गरेका थिए ।     पहिलो चरणमा केटाहरूका लागि भएको बेग्लाबेग्लै २०० मि. दौडमा कक्षा ६ र ७ का क्रमश: प्रिंस तिवारी र म. अजमलले स्वर्ण पदक हासिल गरेका थिए भने केटीहरूका लागि सम्पन्न बेग्दाबेग्लै स्पून र मार्बल सन्तुलन दौडमा कक्षा ६ र ७ का क्रमश: नीलू चौरसिया र सोनी पटेलले स्वर्ण पदक हात पारेका छन् भने सिल्भर र कास्य पदक क्रमश: स·ीता सिंह र सिमरन गुप्ता तथा नेहा चौधरी र मीना कुमारीले प्राप्त गरेका छन् ।     यसै गरी कक्षागतरूपमा सम्पन्न सियो र धागो दौडमा कक्षा ८ र ९ का क्रमश: सपना पटेल र रिंकु यादवले स्वर्ण पदक पाएका छन् भने सिल्भर र कास्य पदक क्रमश: पूजा स्वर्णकार र काजल कुशवाहा तथा प्रणिता उपाध्याय र छाया गुप्ताले प्राप्त गरेका छन् ।     यसैगरी दोस्रो चरणमा कक्षा ८ का लागि सम्पन्न सैक रेसमा सुमित जैन प्रथम, प्रज्वल कर्ण द्वितीय र सन्नी आजाद तृतीय भएका छन् भने कक्षा ९ का लागि आयोजित कबड्डी प्रतियोगितामा मेराज सेमानीको टीम विजयी भएको खेलकुद संयोजक

बिहार समिट र नेपाल

Image
- विनोद गुप्ता हालैका दिनमा नेपालको राजनैतिक घटनाक्रमलाई दक्षिण एसियाको परिप्रेक्ष्यमा अध्ययन गर्दा केही अत्यन्त खतरनाक सड्ढेत देखा परिरहेका छन् । सुरु गरौं माल्दिभ्सबाट जहाँ २००८ मा प्रजातान्त्रिक प्रणालीबाट चुनिएको सरकार सेनाबाट बन्दूकको नालले सत्ताच्युत गरिएको छ । त्यस पछाडि देखा परेको इस्लामिक उन्मादले माल्दिभ्समा रहेको पुरानो र ऐतिहासिक सांस्कृतिक धरोहरलाई नष्ट गर्नु र सेनाले त्यसलाइ नरोक्नुले दक्षिण एसियामा परिवर्तनको हावा उल्टो दिशामा चलेको अनुभूति दिएको छ । यस पछाडि ब·लादेशमा शेख हसिना बाजेदको तख्ता पल्टने असफल प्रयास भयो । प्रजातन्त्रको स्थायित्वका लागि सङ्घर्षरत यस देशले ४० वर्षमा २३ पटक सत्ता पल्टाउने प्रयास भोगिसकेको छ । पाकिस्तान स्वयं सेना र न्यायालयको भूमिकामा फसेको छ । त्यहाँको सर्वोच्च अदालतले गिलानीविरुद्ध चालेको कदम र सेनासँगको बढ्दो असमझदारीले त्यहाँको सरकारलाई सड्ढटग्रस्त तुल्याउँदै लगेको छ । निर्वाचित सरकार र प्रजातान्त्रिक न्यायालयलाई सुव्यवस्थित पार्न सैनिक हस्तक्षेप आवश्यक भएको छ । यसले पाकिस्तानमा बामे सदै सरेको प्रजातन्त्रलाई अपा· बनाउने खतरा बढेर गएको छ । त

विश्वविद्यालय रहर होइन

    नेपाल सरकारले प्रस्तावित वीरगंज विश्वविद्यालयलाई यस भेगका नागरिकको रहर जस्तो मानेको भान भइरहेको छ । चारैतिरबाट विश्वविद्यालय स्थापना गर्ने प्रयास भइरहेकोमा वीरगंजवासीलाई पनि विश्वविद्यालय स्थापना गर्ने रहर लागेजस्तो व्यवहार सरकारले गरेको छ । हिजोको दिनमा शक्तिशाली राजनेताहरूले कुनै नियम नपुर्‍याई आफ्नो क्षेत्रमा विश्वविद्यालय स्थापना गरेका थिए । जसको हविगत आज सोचनीय छ । तर जनस्तरबाट पहल भइरहेको, सरकारले निर्धारित गरेको सबै मापदण्ड पूरा गरिसकेको, पटक–पटक अनुगमन गरेर विश्वविद्यालय स्थापना गर्ने वीरगंजवासीको अदम्य उत्साह र क्रियाशीलता मापन गरेर पनि पुन: पुन: अनुगमन–निरीक्षण गर्ने नाममा अनावश्यक विलम्ब हुनुलाई सरकारले यस भेगका जनताका साथ भेदभाव गर्न खोजेकोबाहेक अरू केही ठान्न सकिन्न । यस सम्बन्धमा व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति विश्वविद्यालय व्यवस्थापन सम्भाव्यता अध्ययन उपसमितिको वीरगंज आगमन र नागरिक समाजसँग अन्तक्र्रिया गर्नुलाई सरकारले भेदभाव गर्न खोजेको पाटोको रूपमा हेर्न सकिन्छ ।     यसअघि विश्वविद्यालय अनुदान आयोगका सदस्यहरू वीरगंज आएर य

प्रस्तावित वीरगंज विश्वविद्यालय सन्दर्भमा सरोकारवालासँग अन्तक्र्रिया

Image
प्रस, वीरगंज, १५ फागुन/     व्यवस्थापिकका संसद्, अन्तराष्ट्रिय सम्बन्ध र मानव अधिकार समिति विश्वविद्यालय व्यवस्थापन सम्भाव्यता अध्ययन उपसमितिले आज प्रस्तावित वीरगंज विश्वविद्यालयका सन्दर्भमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।     स्थानीय होटल सुरजमा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रस्तावित वीरगंज विश्वविद्यालयका संयोजक डा. भगवान प्रसाद यादवले उपसमितिका संयोजक सुरेश आलेमगरलाई प्रस्तावित वीरगंज विद्यालयबारे लिखित ध्यानाकर्षण गराएका थिए । उनले आर्थिक नगरीको रूपमा विकसित वीरगंजमा रहेका सबै राजनीतिक दल, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, उद्योगपति, व्यवसायी, सरकारी–गैरसरकारी सङ्घसंस्था, सञ्चारकर्मी एवं विभिन्न पेशाकर्मीहरू वीरगंजमा विश्वविद्यालयको प्रस्तावना लिएर अगाडि बढेको बताए । उनले विश्वविद्यालय विधेयक २०६७ मन्त्रिमण्डलबाट पारित भई व्यवस्थापिका संसद्मा दर्ता भएर पिजन बक्समासमेत पुगी सरकारको बजेटमा समाहित भएर नीति तथा कार्यक्रममासमेत रहेको अवस्थामा प्रस्तावित विश्वविद्यालय सम्बन्धी विधेयक अन्याय र विभेदीकरणको शिकार भएर ओझेलमा परेको आरोप लगाएका थिए । उनले देशका अन्य क्षेत्रमा विश्वविद

कलम बारुद बनेर पड्कन तयार छ– शिक्षकहरू

Image
आन्दोलनमा बसेका पर्साका शिक्षक–शिक्षिकाहरू । फोटो: आरके पटेल प्रस, वीरगंज, १५ फागुन/     राष्ट्रव्यापी आन्दोलनमा उत्रिएका शिक्षकहरूले विद्यालय बन्दलाई आज पनि निरन्तरता दिए । आन्दोलनकारी शिक्षकहरूले कार्यालय समयावधिभरि जिल्ला शिक्षा कार्यालयमा धर्ना दिए ।     धर्नाको क्रममा शिक्षक नेताहरूले जायज मागका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका शिक्षकहरूमाथि राजधानीलगायतका स्थानमा सरकारले निर्मम दमन गरेको भन्दै आक्रोश पोखेका थिए ।     “श्रमजीवीहरू दमनबाट कहिल्यै डराउँदैनन्, कलमको आन्दोलनलाई सरकार बन्दुक र बुटले निश्तेज गर्न खोज्छ भने भोलि कलम बारुद बनेर पड्कन बाध्य हुन्छ,” शिक्षक नेताहरूको चेतावनी थियो । आक्रोश र विद्रोह कसरी सुरु हुन्छ थाहा हुँदाहुँदै पनि सरकार अनभिज्ञ बनेर शिक्षकविरुद्ध दमनमा उत्रिएको प्रदर्शनकारी शिक्षकहरूको आरोप छ ।     विरोधसभालाई नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पण्डित, शैक्षिक गणतान्त्रिक मञ्चका बिन्दा दास, शिक्षक सङ्घका तीर्थराज यादव, शिक्षक स·ठनका अशोक चौधरी, शिक्षक मञ्चका दिनेश चौरसिया, राहत शिक्षक सङ्घर्ष समिति पर्साका संयोजक श्याम घिमिरे, पीसीएफ

फोन धम्की दिएर रकम असुल्ने, कुशवाहा सार्वजनिक

Image
प्रस, वीरगंज, १५ फागुन/     जिल्ला प्रहरी कार्यालय, पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी हिजो पक्राउ परेका बारा जिल्ला हरिहरपुर घर भई नेपाल खाद्य संस्थान वीरगंजमा सहायक कम्प्युटर अपरेटरमा कार्यरत सुनीलकुमार कुशवाहालाई सार्वजनिक गरेको छ । प्रहरीले कुशवाहालाई सार्वजनिक गर्दै निजले तराईमा सशस्त्र सङ्घर्षरत भूमिगत स·ठन जनतान्त्रिक मुक्ति मोर्चाको सदस्य बताउँदै काठमाडौंं, पोखरा, जनकपुर, रूपन्देही र विराटनगर बाट विभिन्न व्यक्तिहरूको नक्कली नागरिकताद्वारा सिमकार्ड निकालेर फोन धम्की दिंदै फिरौती माग्ने गरेको बताएको छ ।     प्रहरीले पक्राउ परेका कुशवाहाबाट एनटिसी, एनसेल, युटिएलको २४ थान सिमकार्ड, दुई भारतीय सिम, चार थान मोबाइल, नगद तीस हजार र विभिन्न व्यक्तिहरूको नागरिकता, परिचयपत्रहरू सार्वजनिक गरेको थियो । प्रहरीले कुशवाहालाई हिजो विभिन्न व्यक्तिहरूलाई फोनबाट धम्क्याउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

अनेमसङ्घ पर्साको भेलामा विवाद, कुर्सी फालाफाल एकपक्षबाट भेला बहिष्कार, अर्को पक्षबाट २५ सदस्य कमिटी गठन

प्रस, वीरगंज, १५ फागुन/     नेकपा एमाले पर्साको कार्यालयमा आज भेला भएका अखिल नेपाल महिला सङ्घ पर्साका कार्यकर्ताहरूबीच विवाद भएर कुर्सी फालाफाल हुनाका साथै स्थानीय नेतृत्वविरुद्ध चर्काे नाराबाजी भएको समाचार छ ।     अखिल नेपाल महिला सङ्घको पर्सा जिल्ला कमिटी गठनका लागि भएको भेलामा सङ्घका कार्यकर्ताबीच भेलाको विषयलाई लिएर विवाद भएपछि कुर्सी फालाफालको अवस्था सृजना भएको थियो । एमालेमा भित्री विभाजन कायम रहेको कारण संस्थापन पक्षधरले यही २१ गते काठमाडौंमा हुन गइरहेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक र जनसभामा सहभागिता गराउने प्रमुख विषयलाई मध्यनजर राखी भेला स्थगनको प्रस्ताव अघि सारेका थिए भने अर्कोथरिले सो जनसभामा महिला उपस्थिति अनिवार्य भएको हुँदा भेला गराइनुपर्ने तर्क अघि सारेका थिए । एमाले पर्साका अध्यक्ष विजय महतो पक्षधर महिलाहरू भेला स्थगनको पक्षमा थिए भने एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी पक्षधर महिलाहरू भेला गराइनुपर्नेमा अडिग भएपछि विवाद भएको एक एमाले कार्यकर्ताले बताए ।         विवाद बढेर कुर्सी फालाफाल र नेताहरूविरुद्ध चर्को नाराबाजी गर्दै एकथरि महिलाहरूले कार्य

सर्वोच्चको निर्णयविरुद्ध मसाल जुलुसमा प्रहरीद्वारा हस्तक्षेप

प्रस, वीरगंज, १५ फागुन/     मधेसी जन अधिकार फोरम गणतान्त्रिक पर्साले आज वीरगंजमा मसाल जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको छ । घण्टाघरबाट गणतान्त्रिकका कार्यकर्ताहरूले मसाल जुलुस निकाल्न खोज्दा ठूलो सङ्ख्यामा रहेको प्रहरीले मसाल खोसेको थियो । प्रहरी हस्तक्षेपका कारण मशाल जुलुस प्रदर्शन गर्न नसकेका गणतान्त्रिक पर्साका कार्यकर्ताले तत्कालै प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै नगर परिक्रमा गरेका थिए ।     नगर परिक्रमापछि आयोजित कोणसभालाई गणतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँले सम्बोधन गर्दै प्रहरी हस्तक्षेपको विरोध गरेका थिए । उनले सार्वजनिकरूपमा घोषित कार्यक्रम बिथोलिएकोमा प्रहरी प्रशासनको कडा आलोचना गरे । अध्यक्ष मियाँले आफ्ना दलका अध्यक्ष एवं पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कैद जरिवाना गरेकोमा अदालतको निर्णय गलत भएको बताए । उनले अध्यक्ष गुप्तालाई सजायमुक्त नगरेसम्म निरन्तर आन्दोलन सञ्चालन गर्ने चेतावनी दिएका थिए । प्रस, कलैया/     पार्टीका केन्द्रीय अध्यक्ष जेपी गुुप्ताको मुद्दमा सर्वाेच्च अदालतले विभेदकारी फैसला गरेको भन्दै मधेसी

पेट्रोलियम डिलर एसोसिएसनमा विवाद

प्रस, वीरगंज, १५ फागुन/     वीरगंज पेट्रोलियम डिलर एसोसिएसन पर्साका अध्यक्ष मनोजकुमार दासले विज्ञप्ति प्रकाशित गरी एसोसिएसनको साधारण सदस्यसमेत नरहेका लक्ष्मी आयलका विनोद चौरसियाले आज एसोसिएसनको भेला गरेकोमा भत्र्सना गरेका छन् । उनले एसोसिएसनको साधारणसभा यही फागुन १२ गते सम्पन्न भएकोमा आज चौरसियाको नेतृत्वमा भएको भेला वैधानिक नभएको बताए । अध्यक्ष दासले एसोसिएसनका ३५ सदस्यहरूको अनुपस्थितिमा गरिएको भेलाको भत्र्सना गरेका छन् ।     यता विनोद चौरसियाको अध्यक्षतामा वीरगंज पेट्रोलियम डिलर एसोसिएसन गठन भएको बताइएको छ । सो एसोसिएसनका ७ सदस्यीय जिल्ला कार्य समितिमा उपाध्यक्ष बह्मदेवप्रसाद चौरसिया, महासचिव श्यामप्रसाद चौरसिया, सचिव रामचन्द्र मिश्रा बाह्मण, कोषाध्यक्ष लखनदेवप्रसाद कुर्मी, सदस्यहरू दिपकप्रसाद चौरसिया, मजीद मियाँ, हरिहरस्रसाद कलवार, रामबाबूप्रसाद चौहान रहेका छन् ।

विद्युत् चुहावटमा १४ पक्राउ, जरिवाना तिरेर रिहा

प्रस, वीरगंज, १५ फागुन/     नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले आज पर्साको विभिन्न गाविसमा छापा मारी हुकिंग गरेर विद्युत् चुहावट गर्दै आएका १४ जनालाई पक्राउ गरी दण्ड–जरिवाना बुझेर रिहा गरेको छ ।     प्रहरीसमेतको सहयोगमा प्राधिकरणले आज पर्साको विश्रामपुर गाविसबाट डाइरेक्ट हुकिंग गरेर मिल सञ्चालन गरिरहेका प्रदीप महतोलाई ८६ हजार ५१९ रुपियाँ दण्ड गरेर छाडेको थियो ।     विश्रामपुरबाटै अब्दुल हकीम अंसारी, महमद हसन, डकैला बहुअरीबाट रामानन्द साह, चन्दन साह, अच्छेलाल साह, प्रमोद साह पक्राउ परेका थिए भने गम्हरियाबाट दिपेन्द्र कुशवाहा, भिस्वाबाट तुना साह, कयामुद्दिन राउत, बंजारीबाट कार्तिक साह, वीरेन्द्र महतो र ल·डीबाट हसमुद्दिन मियाँ, सुरेश कुर्मीलाई पक्राउ गरेको र उनीहरू पनि दण्ड–जरिवाना तिरी रिहा भएका बताइएको छ ।     प्राधिकरणले १४ जनाबाट १ लाख ८४ हजार १०४ रुपियाँ असुल गरेको जनाएको छ ।

संविधान निर्माणमा माओवादी बाधक

प्रस, पथलैया, १५ फागुन/     नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माण प्रक्रिया ढिलाइ हुनुमा ए. नेकपा माओवादी वाधक भएको बताएका छन् । सर्लाही जाने क्रममा सोमवार सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले तोकिएकै संविधान जारी हुन नसके मुलुक जनमत सङ्ग्रहमा समेत जान सक्ने बताए ।     सभापति कोइरालाले डा. बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गरेका छन् । अब सरकारको नेतृत्व काङ्ग्रेसले गर्ने भन्दै कोइरालाले पार्टी भित्र सरकारको नेतृत्वबारे छलफल सुरु भएको बताए । सभापति कोइरालाले जनतालाई निराश नहुन आग्रह गरे ।

ठूलो दुर्घटनाबाट जोगियो

राजेश केशरीवाल, रक्सौल, १५ फागुन/     रक्सौल–वीरगंज सडकको रेल्वे ढालामा आइतवार ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।     इन्डियन आयल नजिकको रेल्वे ढाला बन्द नगरी सत्याग्रह एक्सप्रेस ट्रेन हरियो झन्डा देखाउँदै अगाडि बढेपछि मुख्य सडकबाट ओहरदोहर गरिरहेका यात्रुहरूमा भागदौड मचेको थियो । रेलको निर्धारित समय भइसकेको र अगाडि बढ्ने सिग्नल पाइसकेको अवस्थामा पनि फाटक बन्द नगर्दा यात्रुहरू विभिन्न सवारी साधन र पैदल सडकमा आवतजावत गरिरहेका थिए । ट्रेनको ठूलो आवाजसँगै झस्केका यात्रुहरू आफ्ना सामान फ्याँकेर भागेका थिए । त्यहाँका फाटक इन्चार्ज बासुदेव पाण्डेले भने स्टेशनबाट सिग्नल दिएपछि मात्रै फाटक बन्द गर्ने व्यवस्था रहेकोमा स्टेशनबाट सिग्नल नपाएकोले फाटक बन्द गर्न नसकेको बताएका छन् ।

आपराधिक घटनामा संलग्न ६ जना सार्वजनिक

Image
उपेन्द्र यादव, बारा, १५ फागुन/     बारामा विगत दिनमा घटाइएका आपराधिक घटनामा संलग्न रहेको आरोपमा समातिएकाहरूलाई बारा प्रहरीले पत्रकार सम्मेलन गरी सोमवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले अपहरण तथा शरीर बन्धक, सरकारी छाप दस्तखत किर्ते, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दाहरूमा संलग्न रहेका आरोपमा समातिएका ६ जनालाई सार्वजनिक गरेको हो ।     बारा पिपरपाति पचरौता–६ बस्ने विनयकुमार सिंह सरकारी छाप दस्तखत किर्ते, बारा हरैया–१ बस्ने तिलक लामा, हरैया ६ बस्ने इन्द्रजित मास्के र भोडहा– ७ बस्ने जटाशड्ढर साह अपहरण तथा शरीर बन्धक, दहियार–९ बस्ने सीताराम साह, कलैया–१ बस्ने प्रभु मण्डल ज्यान मार्ने उद्योग र भारत मोतिहारी जिल्ला आदापुर ग्राम घर भई हाल जिल्ला बारा गाविस मटिअर्वा–२ बस्ने ललन पाण्डेलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो ।     सार्वजनिक कार्यक्रममा बाराका प्रहरी उपरीक्षक दानसिंह बोहरा, नायब उपरीक्षक अनुराग द्विवेदी र प्रहरी निरीक्षकहरूको उपस्थिति थियो ।

साढे अठार प्रतिशत नागरिक सरसफाइमा

प्रस, रौतहट, १५ फागुन/     जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी शिवहरि उपाध्यायले अहिले जनप्रतिनिधिविहीन रहेको अवस्थामा सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायको जिम्मेवारी अझ बढेको बताएका छन् ।     नेपाल रेडक्रस सोसाइटी, प्लान नेपाल, नेपाल पत्रकार महासङ्घ र डिवाइसीको सहयोगमा सञ्चालित एक दिने ‘घर–घरमा गरौं चर्पी निर्माण’ कार्यक्रम अन्तर्गत वि.सं. २०७३ सम्म रौतहटलाई खुला दिसामुक्त बनाउन अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।     ठोस योजना तयार पारौं र कार्यक्रम सफल पारौं प्रजिअको धारणा रहेको थियो । नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति शैलेन्द्रकुमार गुप्ताको सभापतित्वमा सञ्चालित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति मोहम्मद मजरुल हकले रौतहट जिल्ला सरसफाइको क्षेत्रमा धेरै पछाडि परेको बताउँदै पत्रकारहरूको काँधमा जिम्मेवारी थप भएको बताए । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, जिल्लाभरिका पत्रकारहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । २०६६ सालको राष्ट्रिय तथ्याड्ढ विभागअनुसार १ करोड ५६ लाख ६६ हजार नेपाली

विद्यार्थीहरूलाई जापानी नागरिकद्वारा सहयोग

प्रस, रौतहट, १५ फागुन/     जिल्लाको धरहरी गाविसका विद्यार्थीहरूलाई एकजना जापानी दाताले सोमवार सहयोग सामग्री वितरण गरेका छन् ।     धरहरी गाविसस्थित जयकिसान उच्च माविमा सोमवार दिउँसो आयोजित एक कार्यक्रममा जापानी नागरिक साइमुरा इतसुमी र उनको परिवारका तर्फबाट उक्त क्षेत्रका बाल क्लब र विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको हो ।     स्थानीय मनोकामना युवा सञ्जाल र उमाविको सहजीकरणमा आयोजित कार्यक्रममा बोल्दै जापानी नागरिक साइमुराले २५ वर्षपछि पहिलोपटक नेपालको विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् । उनले विगत २ वर्षदेखि स्थानीय सन्तोषकुमार साहलाई सहयोग गर्दै आएको जानकारी दिइन् । कार्यक्रमका अर्का वक्ता शिक्षक प्रभु पटेलले प्लानको कार्यक्रमले बालबालिका र विद्यालयमा विगतदेखि गरेको सहयोगले समुदायमा सकारात्मक परिवर्तन सम्भव भएको चर्चा गरे ।         कार्यक्रममा बोल्दै प्लान नेपालका स्पन्सरसीप प्रोगाम म्यानेजर गोपाल नेपालले तराईका समुदायका बालबालिकालाई अध्ययन गर्न जान सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । जापानी सहयोगी दाताले उक्त अवसरमा स्था

विद्यालय स्तरीय खेलकुद प्रतियोगिता

Image
प्रस,वीरगंज, १५ फागुन/     मिनील्यान्ड माध्यमिक विद्यालयद्वारा आयोजित खेलकुद प्रतियोगिताको दोस्रो दिन आज कक्षा ३ देखि ७ सम्मका विद्यार्थीहरूले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । खेलकुद निकै रोमाञ्चकारी रहेको शिक्षक रञ्जन कर्णले बताए ।      विद्यालय प्रा·णमा केटाहरूका लागि सम्पन्न सो खेलमा जुत्ता–मोजा दौड, भ्यागुतो र ब्याग दौडमा कक्षा ३ र ४ का क्रमश: अर्जुन यादव, वसन्त कुमार र रोहित गुप्ता प्रथम भएका छन् भने केटीहरूका लागि सम्पन्न तीनखुट्टे दौडमा रूपा र शिवानीले प्रथम स्थान हासिल गरे ।     त्यस्तै कक्षा ५, ६ र ७ का लागि सम्पन्न केटातर्फको खेलमा राजु प्रियदर्शी र रजनीश यादवले प्रथम स्थान प्राप्त गरेका छन् भने केटीहरूतर्फ प्रेरणा पटेल, नीलू चौरसिया, सोनी पटेलले प्रथम स्थान हासिल गरेको खेलकुल संयोजक नागेन्द्रप्रसाद पटेलबाट थाहा हुन आएको छ ।     आजको खेलमा रेफ्रीको भूमिकामा बृजकिशोर पटेल रहेका थिए भने निर्णायकमा श्रीराम पटेल, मनु पटेल र अजय चौधरी रहेका थिए ।

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता

प्रस, वीरगंज, १५ फागुन/     वीरगंजमा भइरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी प्रतियोगितामा आज भएको पुरुष दुई सय मिटर इन्डिभिजुअल मेडलीमा शैलेश राणाले स्वर्णपदक जितेका छन् । उनले दुई मिनेट ४२ : ६३ सेकेन्डमा उक्त दूरी पूरा गरेर स्वर्णपदक हात पारेका हुन् । सो इभेन्टमा शिरीष गुरुङले रजत र प्रकाश अधिकारीले कास्य पदक जितेका छन् ।                 यसैगरी महिला २०० मिटर इन्डिभिजुअल मेडलीमा शैला राणाले तीन मिनेट ०६:६३ सेकेन्ड लिएर स्वर्ण पदक जितेकी छन् । यो इभेन्टमा श्रेया धितालले रजत र ओशिना भारतीले कास्य पदक हात पारेको बताइएको छ ।      त्यस्तै पुरुषतर्फको २०० मिटर फ्री स्टाइलमा शिरीष गुरुङले दुई मिनेट १९: ५६ सेकेन्डमा स्वर्ण पदक जिते । यो इभेन्टमा शैलेशले रजत र मिराज प्रजापतिले कास्य पदक जितेका छन् । त्यस्तै महिला एक सय मिटर ब्रेस्ट स्ट्रोकमा एक मिनेट ४२ : १५ सेकेन्डमा शैला राणाले स्वर्ण पदक जितिन् भने श्रेयाले रजत र सोनिरा विष्टले कास्य पदक जितेकी छन् ।      पुरुष १०० मिटर ब्ेरस्ट स्ट्रोकमा बनिन शहंशाह श्रेष्ठले स्वर्ण जितेका छन् । उनले एक मिनेट १९:८६ सेकेन्डको समयमा दू

भारतीय राजदूतद्वारा पेन्सन शिविर निरीक्षण

वीरगंज, १५ फागुन/     नेपालका लागि भारतका राजदूत जयन्तप्रसादले जिल्ला सैनिक परिषद्, फूलवारी बुटवलस्थित सिजनल पेन्सन वितरण शिविरको क्रियाकलापको समीक्षाको लागि बुटवल भ्रमण गर्नुको साथै भूपू सैनिकको र्‍यालीको अध्यक्षता गरेका छन् । उनले अनुभवी सैनिकसँग अन्तक्र्रिया गरी तिनका ज्वलन्त समस्याहरूको प्रत्यक्ष जानकारीसहित अनुभवी सैनिकहरूलाई विविध अनुदान वितरण गर्नुको साथै युद्ध विधवाहरूलाई मौद्रिक सहयोग प्रदान गरेका थिए ।     सिजनल पेन्सन वितरण शिविरको अवधारणा भारत सरकारले सैन्य सेवानिवृत्तहरूको कल्याण गर्ने ध्येयले १९५९ देखि सुरु गरिएको हो । पेन्सन वितरण कार्यालयको टोलीले नेपालका विभिन्न भागमा पुगी सेवानिवृत्तहरूलाई पेन्सन तथा अन्य सुविधा वितरण गर्दछ । यस अवसरलाई नेपाल सरकारका स्थानीय तहमा नियुक्त अधिकारीहरूसँग अन्र्तक्रिया गरी निवृत्त अनुभवी बहादुर सैनिक तथा सेवारतहरूका विविध समस्या समाधान गर्ने अवसरको रूपमा समेत उपयोग गरिदै आएको छ । हाल १६ सिजनल पेन्सन वितरण क्याम्प रहेका र काठमाडौ, पोखरा तथा धरानस्थित पेन्सन वितरण कार्यालयमार्फत् वर्षको दुईपटक सञ्चालन गरिन्छ । करिब १३ हजार सेवानिवृत्तहरू न

कारबाईबिना सुधार असम्भव

    एउटै कथा घरीघरी भन्दा कथाको स्वाद नै हराउँछ, सुन्नेलाई पनि दिक्क लागेर आउँछ । श्रीसिया खोलाको प्रदूषण त्यही घरीघरी दोहोर्‍याइने कथाको उपमा बनेको छ । झन्डै ३० वर्षदेखि सम्बद्ध सरोकारवालाहरू नदी प्रदूषणबारे चिन्तित छन्, आवाज उठाइरहेका छन्, कतिले सङ्घर्ष गरे, कैयौं थाकेर बसे । हुँदाहुँदा यो प्रदूषणको सवाल अन्तर्राष्ट्रिय चासोको विषय बन्यो । नेपाल भएर भारतको ठूलो भूभागमा बग्ने यस खोलाको प्रदूषणबारे छिमेकी भारतीय शहर रक्सौलमा अनवरत सङ्घर्ष चलिरहेको छ । नेपालमा राष्ट्रिय स्तरमा मात्र होइन, भारतका सञ्चारमाध्यमलगायत भारत सरकारसम्म यस विषयले चिन्ता जगाइदिएको छ । तर नेपालको कुम्भकर्णे सरकारलाई तातो न छारो केही वास्ता छैन । श्रीसिया नदीको प्रदूषणले भारतीय भूभागका जनतामात्र पिरोलिएका छन् भन्ने कुरा होइन, नेपालको झन्डै बीस किलोमिटर वरिपरिका बासिन्दा, किसानहरूले सास्ती भोगिरहेका छन् भने यसमा मिसिने रसायनको गन्धले झन् ठूलो भूभागलाई प्रभावित पारेको छ । स्वास्थ्यमात्र होइन, धर्म–संस्कृतिमा पनि यस प्रदूषणले गर्दा विचलन आएको छ ।     भनिन्छ भूतले मार्दा पनि मार्दैन, राम्ररी बाँच्न पनि दिंदैन । यस्तो

मधेसको उपलब्धिको समीक्षा र मधेस मुद्दाको अन्तर्राष्ट्रिय समर्थन

Image
- अधिवक्ता वीरेन्द्र प्रसाद यादव जनान्दोलन २ को उपलब्धिस्वरूप २०६३ माघ १ गते अन्तरिम संविधान २०६३ जारी भएलगत्तै माघ २ गते मजफो नेपालद्वारा राजधानीमा संविधान जलाउने काम भयो । विरोधकर्तालाई तत्कालीन सरकारले पक्राउ गर्‍यो र ३ गतेदेखि तराईमा बन्द आह्वान भयो । ५ गते लहानमा रमेश महतोले सहादत प्राप्त गरे र आन्दोलनको राप मेचीदेखि महाकलीसम्म फैलियो । २४ दिनपछि सरकारसँग सहमति भई आन्दोलनले विराम लियो । जसलाई अहिले मधेस विद्रोहको रूपमा चिन्दछौं ।  मधेस विद्रोह भएको पाँच वर्ष पूरा हुन लागेको छ । यस आधा दशकको उपलब्धिको समीक्षा हुनु आवश्यक छ ।     युगौंदेखि राज्यबाट दोस्रो दर्जाको नागरिक सरह मान्यता पाएको मधेसीलाई आन्दोलनले पूर्ण नागरिक बनायो । नेपालको तथापि मधेस विद्रोहको उपलब्धि पाँच वर्ष नपुग्दै परालको आगोको राप साबित हुँदैछ । परालको आगोले एक छिन अत्यधिक ताप दिन्छ र तुरुन्त चिसो खरानी भइदिन्छ । त्यसैगरी मधेस विद्रोहको ऊर्जाको हविगत भएको छ ।     सतहीरूपमा मधेसको उपलब्धि जति बढी देखिएपनि गहिरिएर विश्लेषण गर्दा निस्कनै नसक्ने दलदलमा मधेस भासिंदै गएको लाग्छ । सङ्घीयता महत्त्वपूर्ण उपलब्धि भएपनि पूर

प्रदूषित श्रीसिया खोलाको स्थलगत निरीक्षण बारा–पर्साका चार दर्जन उद्योगहरूलाई कार्यवाही गर्ने सड्ढेत

Image
प्रस, वीरगंज, १४ फागुन/     पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरूले फोहर पानी सीधै सिर्सिया खोलामा फालिएको कारण प्रदूषित बनेको उक्त खोलाको स्थलगत निरीक्षण भएको छ ।     वातावरण मन्त्रालय, स्थानीय प्रशासन र सरोकारवाला मानव अधिकारवादीहरूको टोलीले आइतवार र्सिसिया खोलाको  निरीक्षण गरेको छ ।     टोलीले लिपनी बिर्ता–६ स्थित ग्लोबल लेदर इन्डस्ट्रिज, मैरियम लैदर कम्पनी, नारायणी लेदर कम्पनी र त्रिवेणी टेक्सटाइल्सलगायत उद्योगहरूको निरीक्षण गरेको छ । लेदर उद्योगहरूले बिना प्रशोधित फोहर पानी सीधै सिर्सिया नदीमा फालेको निरीक्षणको क्रममा फेला परेको राज्यमन्त्री दुर्गा देवीले बताइन् । उद्योगहरूलाई पटक–पटक प्रशोधन प्लान्ट निर्माण गर्न आग्रह गर्दापनि अटेर गरिरहेकाले सिर्सिया खोला प्रदूषण हाल पनि जारी रहेको अनुगमनमा देखिएको मन्त्री देवीले बताइन् । वातावरण, उद्योग, श्रमलगायत सरोकारवाला अन्य प्रतिनिधिहरूसँग आवश्यक छलफल गरी नदी प्रदूषण रोक्न आफ्नो मन्त्रालय विशेषरूपले लागेको उनले बताइन् ।     खोला प्रदूषण रोक्न उद्योगहरूलाई कार्यवाही गर्नुपरे पनि वातावरण मन्त्रालय पछि नहट्ने उनले बताइन् ।     यस अघिप

छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडी स्पर्धा सुरु

Image
प्रस, वीरगंज, १४ फागुन/     छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतवार वीरगंजमा पौडी प्रतियोगिता सुरु भएको छ । दुई सय मिटर महिला फ्रि स्टाइल स्पर्धामा मध्यमाञ्चलकी शैला राणाले स्वर्णपदक जितिन् । उनले (२:४७:५०) समय निकालेर स्वर्ण पदक जितिन् । श्रेया धितालले रजत र ओसिना भारतीले कास्य पदक जितिन् ।     चार सय मिटर पुरुष फ्रि स्टाइल स्पर्धामा मध्यमाञ्चलका शिरीष गुरुङले (४:५८:९४) ले स्वर्णपदक जिते । शैलेश राणाले रजत र प्रवेश अधिकारीले कास्य पदक जिते । दुई सय मिटर पुरुष ब्रेस्ट स्ट्रोकमा मध्यमाञ्चलका शैलेश राणा (२:४७:४४) ले स्वर्णपदक जिते । बनिन श्रेष्ठ, रजत र शिरीष गुरुङले कास्य पदक जितेका छन् । महिला दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा मध्यमाञ्चलकै करिश्मा कार्की (३:३५:७१) ले स्वर्ण पदक जितिन् । शैला राणाले रजत र सोनिरा विष्टले कास्य पदक जिते ।     पुरुष दुई सय मिटर ब्याक स्ट्रोक स्पर्धामा मध्यमाञ्चलका शैलेश राणा (२:५२:५६) ले स्वर्ण पदक जिते । शिरीष गुरुङले रजत र मिराज प्रजापतिले कास्य पदक जितेका थिए । महिला दुई सय मिटर ब्याक स्ट्रोकमा श्रेया धितालले (३:०९:७८) मा स्वर्णपदक जिते । श

सरकारी तथा सामुदायिक विद्यालय बन्द शिक्षक कर्मचारी तेस्रो चरणको आन्दोलनमा

Image
प्रस, वीरगंज, १४ फागुन/     पठन–पाठन ठप्प पार्दै सरकारी तथा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् । नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको अगुवाइमा पर्सामा पनि आज जुलुस, धर्ना तथा विरोधसभा सम्पन्न भएको छ ।     वीरगंज रेल्वे मावि परिसरबाट सुरु भएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जिल्ला शिक्षा कार्यालयमा पुगेर धर्ना तथा विरोधसभामा परिणत भएको थियो ।     सभालाई नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष रामचन्द्र पडित, शैक्षिक गणतान्त्रिक मञ्चका बिन्दा दास, शिक्षक सङ्घका तीर्थराज यादव, सङ्घका केन्द्रीय सदस्य राजेश पाण्डे, शिक्षक स·ठनका अशोक चौधरी, शिक्षक मञ्चका दिनेश चौरसिया, राहत शिक्षक सङ्घर्ष समिति पर्साका सोनालाल पटेल र शिक्षक युनियन पर्साका सचिव प्रदीप जयसवालले सम्बोधन गरेका थिए ।     विद्यालयका प्रशासनिक कर्मचारीहरूेसमेत सहभागी रहेका यो तेस्रो चरणको आन्दोलन हो । विगत लामो समयदेखि विभिन्न ३५ सूत्रीय शैक्षिक मागहरू अगाडि सारेर आन्दोलनरत शिक्षकहरूको केन्द्रीय कार्यक्रमअनुसार आज जिल्लाका सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयहरू बन्द रहे । फा