प्रस, वीरगंज, १३ माघ/
शैक्षिक मागहरूसहित आन्दोलनरत नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको संयुक्त अगुवाइमा आज शिक्षकहरूले जिल्ला शिक्षा कार्यालय, पर्सामा धर्ना दिए । मञ्च र युनियनले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म शिक्षा कार्यालयमा धर्ना दिएको कारण कार्यालयको काम प्रभावित भएको थियो ।
सामुदायिक विद्यालयमा कार्यरत तहगत सम्पूर्ण विद्यालय कर्मचारीलाई स्थायी दरबन्दी कायम गरी सेवा अवधि गणना हुनेगरी शिक्षक सरह सेवा, सुविधा र दुर्गमभत्ता चालू आर्थिक वर्षबाट उपलब्ध हुनुपर्ने, अविच्छिन्न पाँच वर्ष सेवा अवधि पूरा गरेका अन्य अस्थायी शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने, परीक्षामा सामेल हुन नचाहने शिक्षकहरूलाई परीक्षापूर्व नै आकर्षक सुविधा, उपदान र औषधोपचार खर्चसहित बिदा गरिनुपर्ने, मुलुकभर कार्यरत शैक्षिक सत्र पूरा गरेका पिसीएफ, तथा राहत कोटामा नियुक्त शिक्षकहरूलाई स्थायी दरबन्दीमा रूपान्तर गरी दुर्गम भत्ताको व्यवस्था गर्नुपर्ने, अधिकारसम्पन्न उच्चस्तरीय शिक्षा आयोग गठन गरिनुपर्ने, राष्ट्रिय बजेटको न्यूनतम २५ प्रतिशत वा जीडिपी को ६ प्रतिशत नियमितरूपमा शिक्षामा लगानी हुनुपर्ने, शिक्षण पेशामा समावेशीकरण गर्ने क्रममा मुस्लिम समुदायलाई तराई–मधेशमा बस्ने भनी किटान गरिएको तर पहाडी मुस्लिम समुदायको उपेक्षा भएकोले सुधार गर्नुपर्ने लगायत विभिन्न ५० माग अगाडि सारी शिक्षकहरू देशव्यापीरूपमा आन्दोलित भएका छन् ।
प्रस, कलैया/
सम्पूर्ण अस्थायी शिक्षकलाई प्रक्रिया पुर्याई स्थायी गर्नुपर्ने लगायत १० सूत्रीय माग गर्दै बारा शिक्षकहरूले जिल्ला शिक्षा कार्यालयमा शुक्रवार धर्ना दिएका छन् । शिक्षकहरूले कार्यालय अवधिभरि जिल्ला शिक्षा कार्यालय, बारामा धर्ना दिएका हुन् । नेपाल शिक्षक युनियन बारा, नेपाल विद्यालय कर्मचारी परिषद् बारा, नेपाल शैक्षिक गणतान्त्रिक मञ्च बारा, अस्थायी शिक्षक सङ्र्घष समिति बारा, पिसीएफ शिक्षक सङ्र्घष समिति बारालगायत स·ठनमा आबद्ध शिक्षकहरूले धर्ना दिएका थिए । युनियन बाराका अध्यक्ष देवेन्द्र गिरी एवं मञ्च बाराका अध्यक्ष पवन सिहको नेतृत्वमा धर्ना दिइएको हो ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको दरबन्दी कायम गरी सेवा अवधि गणना हुनेगरी शिक्षक सरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने, तलब–भत्ता लगायत सम्पूर्ण निकासा समयमा हुनुपर्ने, राहत पिसीएफ शिक्षकहरूलाई दरबन्दीमा परिणत गर्नुपर्ने, पोशाक भत्ता पाउन बाँकी शिक्षकहरूलाई पोशाक भत्ता उपलब्ध गराउनुपर्ने, दरबन्दी मिलानको नाममा शिक्षकको चाहनाविपरीत जथाभावी सरुवा तत्काल बन्द गर्नुपर्ने, जिल्ला शिक्षा कार्यालय, बाराबाट वितरण हुने भौतिक पूर्वाधार खाजा इत्यादिको रकम पारदर्शी तथा नियम अनुसार हुनुपर्ने शिक्षकहरूको माग रहेको छ ।
प्रस, रौतहट/
नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति रौतहटको आयोजनामा आजदेखि शिक्षकहरू जिल्ला शिक्षा कार्यालय, रौतहटको मूलगेटमा धर्ना दिएका छन् ।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र नेपाल शिक्षक युनियनले पटक–पटक नेपाल सरकारका सम्बन्धित निकाय समक्ष आफ्नो पेशागत हकहितका लागि मागहरू अघि सार्दै आएपनि वास्ता नगरेको आरोप लगाउँदै धर्नामा बसेका हुन् ।
काम रोक धर्नाले जिल्ला शिक्षा कार्यालय रौतहटको कामकाज ठप्प
भएको छ । धर्नाका कारण
कर्मचारीहरू कार्यालयमा उपस्थित हुन सकेनन् । धर्नामा विभिन्न शिक्षक सङ्घ–स·ठनका पदाधिकारीहरूको उपस्थिति थियो ।