$type=ticker$count=12$cols=4$cate=0

वीरगंजको सुरक्षा व्यवस्थाबारे चासो र अन्तक्र्रिया सम्पन्न इबी साधेको होइन गुड पुलिसिङ गर्न खोजिएको हो– एसपी

SHARE:

प्रस, वीरगंज, १५ माघ/
    रेस नेपालले आयोजना गरेको ‘वीरगंजको बदलिंदो सुरक्षा अवस्था, सम्भावना र चुनौती’ विषयक गोष्ठीका सहभागीहरूले पर्सा जिल्लाको सन्दर्भमा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त देखिएपनि यसले दीर्घकालीन प्रभाव पार्नेबारे शड्ढा व्यक्त गरेका छन् ।
     स्थानीय होटल मकालुमा आयोजित अन्तक्र्रियामा प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झाले प्रहरी प्रशासनबीच तालमेल गडबड भएर विगतका दिनमा सुरक्षा व्यवस्था फितलो रहेपनि हालका दिनमा त्यस्तो नदेखिएको बताए । उनले प्रहरीले सस्तो लोकप्रियता भन्दा सक्रियता बढाएकोमा खुशी व्यक्त गर्दै केही कुराले पुलिसको अनावश्यक दबदबा बढ्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए । उनले हालका दिनमा वीरगंजको सुरक्षा व्यवस्थाबारे विभिन्न टीकाटिप्पणी भइरहेको बताउँदै सुरक्षा खोज्नेले सुरक्षाचक्रमा आउनुपर्ने बताए । उनले प्रहरीले गरेको प्रयासबाट तत्काल आत्तिनु नपर्ने बताएका थिए । उनले प्रहरीको वर्तमान कार्यशैली तारिफ गर्ने लायकको भएपनि प्रहरीलाई देवता बनाउन नहुने बताए । सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानीले पर्सामा प्रहरी प्रशासनले आफ्नो काम कर्तव्य निर्वाह मात्रै गरेको बताउँदै एक व्यक्तिले पैसा नलिंदाको परिणाम समग्र जिल्लामा शान्ति सुव्यवस्था कायम भएको बताएका थिए भने तमलोपाका जनार्दन यादवले पर्साको शान्ति सुरक्षामा क्रान्तिकारी परिवर्तन आएको टिप्पणी गरेका थिए । एमालेका अर्जुन सिंहले पर्सा प्रहरीले चर्चायोग्य काम गरेपनि राजनीतिक दलसँग दूरी बढाएकोले त्यसमा सुधार गर्नुपर्ने बताए । वीउवासङ्घका रवीन्द्र वर्णवालले  प्रहरीको आडमा वीउमनपाले नाला, तोडफोड गरेको भएपनि यसको मरम्मत सम्भार नगर्दा समस्या भएको बताएका थिए । अधिवक्ता वीरेन्द्र यादवले शहर सुरक्षित भएपनि गाउँ असुरक्षित रहेको र वीरगंजमा मदिरा सेवनकर्ता चालकलाई पक्राउ गरिएपनि ग्रामीण क्षेत्रमा निर्वाध मदिरा उत्पादन भइरहेको बताएका थिए ।
    अन्तक्र्रियामा उठेका प्रश्नको जवाफ दिंदै पर्साका प्रजिअ शम्भु कोइरालाले एसपी खरेल बढुवा भएर जाने अवस्थामा रहेको हुँदा निजको अनुपस्थितिमा सुरक्षा व्यवस्थालाई संस्थागत कसरी गर्ने भन्नेबारे आफू चिन्तित भएको बताए । उनले प्रहरी प्रशासनबाट गरिएको सुधारका प्रयास यसै शहरका लागि हो भन्ने कुरा आत्मसात गर्न नागरिक समाजसँग आग्रह गरेका थिए । काम गर्ने क्रममा भएका त्रुटि सच्याउन सकिने बताउँदै उनले तलब मात्र खाएर जान सक्ने अवस्थाका बावजुद सुधारका प्रयासको सकारात्मक टिप्पणी गर्न आग्रह गरे । उनले पर्सा जिल्लामा सबैभन्दा आलोचित गाविस सचिवहरू भएको बताएका थिए । गाविस सचिवविरुद्ध ९० प्रतिशत गुनासो आउने गरेको उनको कथन थियो । राजनीतिक संरक्षण र सामूहिक राजीनामाको घुर्कीले सचिवहरू उन्मादी भएको उनले टिप्पणी गरेका थिए । गाविसमा जाँदा त्यहाँ भएका अनियमितताको कुरा सुनेर रुन मन लाग्ने  प्रजिअ बताए । उनले पर्सा जिल्लाको शैक्षिक अवस्था पनि निकै दुर्बल रहेकोमा चिन्ता व्यक्त गरे ।
    प्रहरी उपरीक्षक रमेश खरेलले गुड पुलिसि· चलाउन खोजिएको बताउँदै इबी राखेर काम नगरेको बताए । उनले उन्मादी तौरबाट जनतालाई सेवा दिने नाउँमा दु:ख दिने करिब ६० जना प्रहरीमाथि कारबाई गरेको बताए । उनले २४ घण्टा बजार सञ्चालन गर्ने पक्षमा भएको बताउँदै ८ बजे मदिरा पसलबाहेक अरू पसल बन्द गराइएको छ भने त्यसलाई सच्याउने बताए । पर्सामा गाँजा खेती विगतका दिनमा प्रहरी प्रशासनबाटै संरक्षित भएको स्वीकार गर्दै उनले हाल सञ्चय गरी राखिएको गाँजा नष्ट गर्न पुन: प्रचार अभियान सञ्चालन गर्न र नष्ट नगर्नेविरुद्ध तदारुकता साथ कारबाई चलाउने बताए । प्रहरी उपरीक्षक
खरेलले पेशागत मर्यादा कायम राख्ने कुरामा कुनै पनि हालतमा सम्झौता नहुने बताउँदै नागरिक र प्रहरीबीचको दूर बढ्न नदिने प्रतिबद्धता जाहेर गरेका
थिए । रेस नेपालका अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियाको सञ्चालन केसी लामिछानेले गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंजको सुरक्षा व्यवस्थाबारे चासो र अन्तक्र्रिया सम्पन्न इबी साधेको होइन गुड पुलिसिङ गर्न खोजिएको हो– एसपी
वीरगंजको सुरक्षा व्यवस्थाबारे चासो र अन्तक्र्रिया सम्पन्न इबी साधेको होइन गुड पुलिसिङ गर्न खोजिएको हो– एसपी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9N3x5FMj3vNCPxRC_9x8EgZ-EU7W2sqImf_edKbYpyoPMe8f8Cg36kY9W7Gq1p3Zy17QJdfZuJDQupDlVyoEVUTu5wkNl1M9_Qkh2NaCe0S5ZF7PYsgF8xTisumS7K3WCRdGLr6CaOuE/s320/ras.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9N3x5FMj3vNCPxRC_9x8EgZ-EU7W2sqImf_edKbYpyoPMe8f8Cg36kY9W7Gq1p3Zy17QJdfZuJDQupDlVyoEVUTu5wkNl1M9_Qkh2NaCe0S5ZF7PYsgF8xTisumS7K3WCRdGLr6CaOuE/s72-c/ras.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/01/blog-post_9938.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/01/blog-post_9938.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy