तत्काल राहत कार्य योजना अन्तर्गत ल·डीमा सम्पन्न कार्यक्रम । फोटो: आरके पटेल |
जनतालाई तत्काल राहत कार्य योजना अन्तर्गत आज जिल्ला प्रशासन कार्यालय, पर्साको अगुवाइमा ल·डी गाविसमा एकीकृत घुम्ती शिविरद्वारा सरकारी सेवा प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय, पर्साको संयोजनमा ल·डी गाविसको कालीप्रसाद लाखे माध्यमिक विद्यालयको प्रा·णमा आयोजित घुम्ती शिविरबाट ७६ वटा वैवाहिक, ७३ वटा वंशजसमेत १५७ वटा नागरिकता प्रदान गरिएको थियो ।
शिविरमा बालबालिका तथा महिला विकास कार्यालय, पर्साले ७ जनालाई अपा·ताको प्रमाणपत्र वितरण गरेको थियो भने जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले १३४ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै जिल्ला पशु कार्यालयले ५७ वटा पशुको उपचार गरेको थियो भने आन्तरिक राजस्व कार्यालयले सो क्षेत्रमा रहेका पसलेहरूलाई करको दायरामा आउन लागि सचेत गराउँदै प्रचारप्रसार गरेको थियो । नागरिकता लिएकाहरूको नाम जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीमा दर्ता गरेको थियो । एकीकृत घुम्ती शिविरबाट ल·डीलगायत सो आसपासका भिस्वा, धोबिनी, हरिहरपुर गाविसका सेवाग्रही प्रत्यक्ष लाभान्वित भएका थिए । शिविरमा प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला, स्थानीय विकास अधिकारी रामाधीन यादव, प्रहरी उपरीक्षक रमेश खरेल, सशस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त ब्रह्मचार्य, महिला तथा बालबालिका कार्यालय प्रमुख उर्वरा लुइटेल, जनस्वास्थ्य कार्यालय प्रमुख इन्द्रदेवप्रसाद यादवलगायतको उपस्थिति थियो ।
एकीकृत सेवा शिविर सञ्चालनको मौका पारेर आज पर्साको भिस्वा गाविस र ल·डी गाविसमा सावजनिक सुनवाइ कार्यक्रम आयोजना गरिएको थियो । सो सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दाले गाविस कार्यालयमा गाविस सचिव महिनौं दिनसम्म अनुपस्थित रहने, स्थानीय स्वास्थ्य चौकी र इलाका हेल्थ पोस्टमा स्वास्थ्यकर्मीहरू नियमित नबस्ने गरेकाले सर्वसाधारणलाई उपचारमा सास्ती भोग्नुपरेको र गाविस सचिव लक्ष्मी साह कानूले ६० लाख रुपियाँ बजेट दुरुपयोग गरेको गुनासो गरेका थिए । गाउँलेहरूको गुनासो सुनेर प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले गुनासोबारे छानबिन गरी दोषी ठहरिनेलाई कारबाई गर्ने आश्वासन दिएका थिए ।