वासिङ्टन, १४ माघ/एएफपी
इरानको पारमाणविक हतियार निर्माण भइरहेको उच्चरूपमा सुरक्षा दिइएको भूमिगत संयन्त्रलाई नष्ट गर्न हाल अमेरिकी सेनासँग रहेको सबैभन्दा ठूलो परम्परागत बम पर्याप्त नभएको निष्कर्षमा अमेरिकी सेना पुगेको समाचार वाल स्ट्रिट जर्नलले दिएको छ ।
समाचारमा अमेरिकी अधिकारीहरूले सेनाले यसलाई अझै शक्तिशाली बनाउने प्रयास गरिरहेको जानकारी दिए भनी उल्लेख गरिएको छ ।
अमेरिकाले इरान तथा उत्तर कोरियाले तयार गरेको बलियो भूमिगत स्थलहरू नष्ट गर्न म्यासिभ ओर्डन्यान्स पेनेट्ेरटर नाम गरिएको १३.६ टनको ‘बड्ढर बस्टर’ बम तयार गरेको हो ।
समाचारमा यी बड्ढरहरू रहेको गहिराइ वा यसमा तेहरानले दिएको नयाँ सुरक्षाका कारण यी बड्ढरलाई नष्ट गर्न यो बम पर्याप्त नभएको प्रारम्भिक परीक्षणमा देखिएको बताइएको छ ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले नोभेम्बर महिनामा १० मुलुकका गुप्तचर स्रोत तथा आफ्नै स्रोतबाट प्राप्त सूचना अनुसार इरानले पारमाणविक संयन्त्र विकास गरिरहेको देखिएको बताएको थियो ।
प्रतिवेदनमा सैनिक केन्द्रमा फलामको भाँडोमा विस्फोटक पदार्थको परीक्षण तथा शहाब–३ निर्देशित क्षेप्यास्त्रको अध्ययनले इरान पारमाणविक हतियारको कार्यक्रममा रहेको देखिएको उल्लेख गरिएको थियो ।
इरानले उक्त प्रतिवेदन आधारहीन भएको आरोप लगाएको छ भने वासिङ्टन तथा युरोपेली महासङ्घले यसैका आधारमा इरानका तेल तथा केन्द्रीय बैंकमाथि प्रतिबन्ध लगाएका छन् । समाचारमा पेन्टागनले यस बमलाई विस्फोट हुनुअगाडि जमिनभित्र
ढु·ा तथा फलाम छेडेर भित्र पस्न सक्ने गरी विकास गर्न बजेटका लागि कङ्ग्रेससँग आग्रह गरेको बताइएको
छ ।
यस्ता २० वटा बम तयार गर्न प्रतिरक्षा विभागले ३३ करोड अमेरिकी डलर खर्च गरिसकेको छ र यसलाई बोइङ कम्पनीले तयार गरेको बताइएको छ ।
अमेरिकी प्रतिरक्षामन्त्री लिओन पेनेटाले जर्नललाई दिएको एक अन्तर्वार्तामा यो बम इरानमा भूमिको निकै तल बनेका बड्ढरहरूलाई नष्ट गर्न कमजोर भएको स्वीकार गरेको बताइएको छ ।
उनले यसमा धेरै विकास गर्न
बाँकी रहेको र यसले छिट्टै निकै
गहिरो भागलाई नष्ट गर्न सक्ने अनुमान गरिएको बताए ।