उपेन्द्र यादव, बारा, २ माघ/
जिल्ला कृषि विकास कार्यालय, बाराको यस आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरू कार्यालय प्रमुख र शाखा प्रमुखहरूको मनोमालिन्यले गर्दा प्रभावित भएको बुझिन्छ । मनोमालिन्यको कारण सरकारले मिसन प्याज कायक्रमको लागि बनाएको नीति कार्यान्वयन हुन सकेको छैन ।
किसानहरूले प्याज लगाउनुभन्दा पहिले नै प्याजको बीउ खसाल्ने बेलामा कृषि कार्यालयले किसानहरूलाई दुईपल्ट तालिम दिनुपर्ने भए तापनि एउटा पनि तालिम जिल्ला कृषि कार्यालय बाराले नदिएको किसानहरूले गुनासो गरेका छन् ।
बाराका बाली विकास अधिकृत गणेश मिश्रले किसानहरूलाई कार्यालयकै कमिकमजोरीले समयमैं तालिम दिन नसकेको कुरा बताउँछन् । त्यसैगरी सरकारले मकै मिशन कार्यक्रम अन्तर्गत बाराका किसानहरूलाई अनुदानमा २६ टन मकैको बीउ उपलब्ध गराएपनि कृषि विकास कार्यालयको कमी–कमजोरीले अहिलेसम्म ५ टन मात्रै मकैको बीउ किसानहरूले अनुदान लगेको कृषि विकास स्रोतले जनाएको छ । मकै मिशनमा पनि कार्यालय प्रमुख महेन्द्र चौधरीले स्रोत केन्द्रहरूमार्फत् वितरण गर्न लगाउँदा ढिलो भएकोले किसानहरूले बजारबाट किनेर बीउ छरिसकेकाले मकैं मिशनको रकम नै फ्रिज हुने अवस्थामा पुगेको छ ।
अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम अन्तर्गत सरकारले दोस्रो चौमासिकको लागि १५ हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निमार्ण गरिसक्नुपर्नेमा दोस्रो चौमासिक दुई महिना मात्र बाँकी रहँदा पनि कुनै प्रक्रिया अगाडि नबढाएको स्रोतबाट जानकारी दिएको छ । १५ हेक्टर पोखरी निर्माण प्रक्रिया सुरु गर्यो भने ३ महिना लाग्ने भए तापनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढाएको कारण यस शीर्षकको रकम पनि फ्रिज हुने आशड्ढा गरिएको छ ।
कृषि विकास कार्यालय, बाराका प्रमुख महेन्द्र चौधरीले शाखा प्रमुखहरूलाई एक्लाएर आफैं कार्यक्रम अगाडि बढाउँदा प्रगति नभएको हो कि भनी सोध्दा प्रमुख चौधरीले स्टाफ बैठकले नै सबै कार्यक्रम गर्न मलाई जिम्मेवारी दिएको र स्रोत केन्द्रमार्फत् कार्यक्रम अगाडि बढाएको बताउँछन् ।
सरकारले बारामा मकै मिशन, प्याज मिशन र अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम अन्तर्गत करोडौं रुपियाँ अनुदान दिएपनि यस वर्ष किसानहरूले लाभ पाएका छैनन् ।