“न स्त्री स्वातन्त्रमर्हती” यो वाक्य महाभारतबाट लिइएको हो, जसको अर्थ स्वतन्त्रता नारीको अधिकारको कुरा होइन । हाम्रो सभ्य समाजले नारी र पुरुषलाई बेग्लाबैग्लै व्यवहार गर्दै आइरहेको छ । अटल, साहस, क्रोध, बलियो जस्ता शब्दहरू पुरुषको लागि हो भने निर्बल, कमजोर, ईष्र्यालु, मातृत्व जस्ता शब्दहरू महिलाको लागि बनाइएको छ । एउटा पुरुषले घर र समाजबाट पाउने मानमर्यादा नारीको लागि दुर्लभ हुन्छ । पुरुषले बाहिर झगडा गरेर आओस् वा कसैलाई मारेर नै आओस्, त्यसको कारण पनि एउटा स्त्रीमाथि नै जान्छ । हाम्रा छेउछाउका घटनाहरू हामीबाट लुकेका छैनन् । एकपटक केटी जिस्काएको निहुँमा केही केटाहरू झगडा गर्दै थिए । बुझ्दा एउटी केटीलाई दुईजना केटाले मन पराएकाले झगडा गरेका रहेछन् । कुरै नबुझिकन झगडा गर्ने हो त । घटना सानो र बेमतलबको भएता पनि गहिरिएर सोच्दा पुरुषवादी सोचले बाँधिएको हाम्रो समाजले त्यस्ता झगडामा पनि नारीकै दोष देखाउँछ । कसरी भन्नुपर्दा, त्यो केटीले किन त्यो केटालाई साथी बनाइ वा किन दुश्मन बनाइ ? घरबाहिर कति निस्किन्छे ? यस्ता कुराहरूले गर्दा नारीहरू बाध्य भएर कुनै कुनामा रोइरहन्छे तर एकशब्द बोल्ने आँट पनि गर्दैनन् । यदि त्यस्ता कुराहरूमा जवाफ फर्काएमा मुखाले, चोथाले जस्ता उपमा दिइन्छ ।
संसारमा केवल दुई जात छन्, ती हुन्– पुरुष र महिला । धर्म पनि एउटै छ, त्यो हो– मानव धर्म । धर्मको बाँडफाँड पनि महिला र पुरुषबीच बराबर हुनुपर्छ र त्यो धर्म पनि मानव धर्म नै हो । जसमा मानव धर्म छैन, त्यसले नै पुरुष र महिलाका लागि अलग–अलग धर्म, रीतिरिवाज र नीतिनियमहरू बनाउँछन् । एउटी नारीलाई विभिन्न परिधिभित्र राखिन्छ । जसरी एउटा वस्तु (गाई, बाख्रा, भेडा) लाई घरभित्र बाँधेर राखिन्छ, समयमा बाहिर लग्ने र साँझ नपर्दै घरभित्र ल्याइन्छ, त्यसरी नै महिलालाई पनि एउटा वस्तु सरह दाँजिएको छ । तर पुरुषको सन्दर्भमा उसलाई जतिखेर बाहिर जान मन लाग्छ वा जतिखेर जे गर्न मन लाग्छ गरेको हुन्छ, कुनै सीमा तोकिएको हुँदैन । एउटी नारी घरमा जन्मदा उसलाई बुबाको सहारामा बाँच्नुपर्ने हुन्छ भने विवाहपश्चात् लोग्नेको सहारामा र वृद्धावस्थामा छोराको सहारामा बाँच्नुपर्ने हुन्छ । यसरी स्त्रीको जीवन केवल पुरुषसँग मात्र संरक्षण हुन सक्छ । महिला पुरुषबिना हलचल पनि गर्न सक्दिनन् भन्ने कुराले गर्दा नै हो कि अहिलेसम्म महिलाले एक्लै बस्ने साहस पनि गरेकी छैनन् । यदि एक्लै आजीवन बस्ने साहस गरिहाल्छे भने पनि हाम्रा सभ्य समाजका भलादमी भनाउँदाहरूले बस्न दिंदैनन् । भावनात्मक तरिकाले होस् वा डरधम्कीले भए पनि पुरुषसँग बस्ने बाध्यता सृजना गराएकै हुन्छन् । मैले विवाहको विरोध गरेको होइन, मैले त केवल पुरुषवादी सोच कस्तो हुन्छ भनेर मात्र भन्न खोजेकी हुँ ।
अनि एउटा कुरा अहिले धेरै प्रचलित रहेको छ र त्यो हो “कुनै पनि पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ भने बिग्रनुको पछाडि पनि महिला नै ।” आखिरमा हामीलाई थाहा भएकै हो कोही पनि व्यक्ति चाहे महिला होस् वा चाहे पुरुष बिग्रन वा बन्नु उसैको हातमा हुन्छ न कि मात्र महिलाको हातमा । नत्रभने एउटा महिला बिग्रनु वा बन्नुको पछाडि पुरुषको पनि हात हुन्छ भनेर अझसम्म कसैको मुखबाट सुन्नुभएको छ ? अवश्य पनि छैन । तर, एउटी महिला बिग्री भने त्यहाँ अवश्य पनि अर्को महिलाकै नाम उच्चारण हुन्छ तर पुरुषको लिइँदैन । किन हरेक कुरामा महिलालाई नै दोषी ठान्ने ?
तपाईंलाई लाग्न सक्छ, म एउटी पीडित, पिछडिएकी, स्वतन्त्रता नपाएकी महिला होली तर तपाईं गलत हुनुहुन्छ किनकि यो सोच तपाईंको होइन, यो सोच पहिलेदेखि चलिआएको पुरुषवादी भावनाले ओतप्रोत को हो, जसलाई बदल्नु आवश्यक छ । जुन देशमा नारी र पुरुष बराबर छन्, त्यस्ता देश आज विकसित छन् ।
स्वतन्त्रता भन्ने कुरा समाजमा ढोल पिट्दै हिंड्दै गर्दा पनि पाइँदैन । महिला स्वतन्त्रताको कुरा गर्छाै किनकि महिलालाई स्वतन्त्रताबाट पहिलेदेखि नै टाढा राखिंदै आइएको छ । स्वतन्त्रता भनेको अधिकार हो । जब महिलाले आफ्नो अधिकार सहीरूपले प्रयोग
गर्छिन्, तब समाजमा महिला र पुरुषलाई अलग्याएर हेरिंदैन र समानता हुँदै
जान्छ । अनि देशको पूर्णरूपले विकास हुनेछ ।