देश र समाजका लागि, मानवमात्रको अधिकारका लागि जसले अहर्निश सेवा गर्यो, जसले आत्म बलिदान गर्यो, तिनलाई शहीद भन्ने चलन छ । जसले देशका लागि आत्मोत्सर्ग गर्यो ऊ शहीद हो । त्यसैले कुनै पनि समाजमा शहीदहरूका लागि अपरिमेय श्रद्धा देखाइन्छ । शहीदले जुन कामका लागि आत्मोत्सर्ग गरेका थिए, त्यसको पूर्तिका लागि वर्तमान पीढीले हातको नङ्ग्रा ख्याउँछ । कुनै कुराको सम्झना वा स्मृति गर्नु, उसका उद्देश्यको प्रचार गर्नुको सार्थकता उसका सपना पूर्तिको मार्गलाई स्थायी र विस्तार गर्नु हो । शहीद दिवस मनाउनुको अर्थ– सदा स्वतन्त्रचेत्ता बन्नु हो । किनकि शहीदको उद्देश्य कुनै पनि प्रकारको बन्धन छिनालेर, पूर्ण स्वतन्त्र बन्नु हो । पूर्ण स्वतन्त्र बन्नका लागि राजनीतिक मात्र होइनस आर्थिक, सामाजिक सबै किसिमको स्वतन्त्रता प्राप्त गर्नु, कुनै पनि विभेदबाट मुक्त हुनु हो । यस उद्देश्यका लागि मर्नेहरू त मरेर गए, तिनको सम्झनाले यी उद्देश्य प्राप्तिलाई सहज बनाएर राजनीतिकरूपले उदार, आर्थिकरूपले सम्पन्न, सामाजिकरूपले भेदभावरहित, धार्मिक रूपले समदर्शी, सांस्कृतिकरूपले सहिष्णु र भौगोलिकरूपले ऐक्यबद्ध हुनु नै शहीद मनाउनु हो ।
नेपालमा विगत २२ वर्षमा प्रजातन्त्र आएदेखि नै हजारौं मानिसले विभिन्न विभेदका कारण मृत्यु प्राप्त गरेका छन् । ती विभेद हटाउन पनि हजारौंले बलिदान दिएका छन् । झन् त्यसभन्दा पहिलेको अवस्थामा कैयौंले शहादत दिए, त्यसको कुनै गणना नै छैन । त्यसैले शहीद भनेपछि व्यक्तिलाई होइन, शहादत दिने व्यक्तिको कर्मको पूजा र उसको चाहनाको, सपनाको पूर्ति गर्नु उसप्रति श्रद्धाञ्जली अर्पण गर्नु हो । यस कसीमा हामी कहाँ छौं, हामीले के गरिरहेका छौं भनेर एकपटक आत्मा साक्षी राखी मनन गर्नुपरेको छ । के वर्ष दिनमा एकपटक सम्झना गरेरमात्र शहीदप्रति हामीले आफ्नो कर्तव्य निर्वाह गर्यौं त ? निश्चय नै होइन, हामी जतिजति प्रजातान्त्रिक लडाइँ, विभेदविरुद्ध युद्ध जितिरहेका छौं हामीमा त्यसविपरीत भावनाहरू झन् उर्लेर प्रवाहित भइरहेका छन् । हामीले राजनीतिक स्वतन्त्रता प्राप्त गर्यौं के केही वरिष्ठ नेताहरूबाहेक सभासद्हरू पनि यति स्वतन्त्र छन् कि संविधान बनाउने मामिलामा आफ्नो स्वतन्त्र अभिव्यक्ति उजागर गर्न सकून् ? के यस समाजबाट विभेद उन्मूलन भयो ? के सबै नागरिकले जीवनयापनको न्यूनतम साधन प्राप्त गरिसके ? यसको प्राप्ति जटिल प्रक्रिया हो, हामीले थोरै समयमा ती सबै प्राप्त गर्न सक्दैनौंस ठीक छ, तर के त्यस दिशातर्फ हामीले पाइला सारेका पनि छौं ? इमानदार भएर सोचौं ।
वीरगंजजस्तो तराई क्षेत्रमा विभिन्न राजनीतिक लडाइँ लगायत मधेस आन्दोलनका बेला थुप्रैले ज्यान गुमाएका छन्, के तिनको स्मृति चिरस्मरणीय बनाउनका लागि हामीले कुनै काम गर्न सकेका छौं ? कम्तीमा एकएकजना शहीदको नाममा फूलबल क्लब, क्रिकेट क्लबजस्ता संस्था गठन गरेर, कुनै सामाजिक संस्थाको गठन गरेर, तत्तत् क्षेत्रको विकासका लागि केही गर्ने कुनै अभियान चलाएका छौं ? शहीदको नामलाई हामीले भूतस्मरण मात्र बनाएका छौं । सत्ता नपाएपछि मधेसमा आन्दोलन चलाइदिन्छौं भन्नुको तात्पर्य अर्को शहीद बनाइदिन्छौं भन्नु त हो नि १ एउटा कुराको हेक्का हामीले के राख्नुपर्छ भने सामाजिक र आर्थिक क्रान्ति सफल भएन भने कुनै पनि राजनीतिक आन्दोलन पूर्ण हुन सक्दैन । सामन्तवाद विरुद्ध लड्ने व्यक्तिहरू नै आज देशलाई ‘मर्ज’ गर्ने स्थितिमा पुगेको बेला हामीले कुन शहीदको स्मरण गर्ने ?