शक्तिशाली राष्ट्र निर्माण हुने क्रममा, भारत अहिले अतीतको चरमोत्कर्ष गौरव, इतिहासको धनी र होनहार भविष्यको रूपमा उभिएको छ । आफ्नो विश्वप्रख्यात प्रजातान्त्रिक विशिष्टताका लागि केनबरादेखि कायरोसम्म र एसियाली क्षेत्रमा स्थायित्व दिने शक्तिका साथै विकासशील मुलुकहरूको प्रतिनिधिको रूपमा देखापरेको
छ ।
हामीले गौरव र विनम्रताका साथ आफ्नो ६३ औं गणतन्त्र दिवस मनाइरहँदा आफ्नो विशिष्ट प्राचीन सभ्यता र बहुलवादी प्रजातन्त्रमा दृष्टिपात गर्दा के अनुभूति गर्दछौं भने यी दुई शक्तिले हामीलाई यस
क्षेत्रको प्रकाशस्तम्भको रूपमा प्रतिष्ठापित गरेका छन् । एकदमै स्वाभाविक छ, यस्तोमा कसैलाई आश्चर्य हुन सक्दछ, हामी किन सोफ्ट पावर मात्र छौं ? किन कठोर वा महाशक्तिशाली बन्न चाहेनौं ?
सोफ्ट पावर के हो ? हार्वर्ड विश्वविद्यालयका प्रोफेसर जोसेफ नाइले सर्वप्रथम यस शब्दको प्रतिपादन गर्दै अरूसँग व्यवहार गर्दा भय र प्रलोभनको साटो आकर्षण उत्पन्न गरी परिवर्तन ल्याउन सक्ने क्षमता बताएका छन् । यस विश्वमा कुनैपनि राष्ट्र, मात्र सोफ्ट पावर वा कठोरशक्ति बनिरहन सक्दैन । अरू मुलुकलाई प्रभावित पार्ने आकाङ्क्षा,
आफ्नो सोचमा सहभागी
बनाउने र सहयोगका लागि
तत्पर गराउने चाहना जुन पनि मुलुकको विदेश नीतिको एउटा अ· हो ।
के हामी त्यो काम भय र प्रलोभनको नीतिले गर्न सक्छौं ? सम्भव नै छैन, संयुक्त राष्ट्र अमेरिकाले पाकिस्तान र अफगानिस्तानमा कारबाई गरेर यो यथार्थ भोगिसकेको छ । सफ्ट पावर अनुनयको प्रक्रियामात्र होइन । एउटा राष्ट्रले अर्को राष्ट्रलाई आफ्नो सोचमा डोर्याउने योग्यता पनि राख्नुपर्दछ । त्यसका लागि सम्बद्ध राष्ट्रसँग देय सम्पत्ति पनि हुनुपर्छ । उदाहरणका लागि हाम्रो प्रजातन्त्र, अहिंसक स्वतन्त्रता आन्दोलन, बहुलवादी समाज, प्राचीन र धनी संस्कृति, शिक्षित श्रमशक्ति, कला र शिल्प, कम्प्युटर सफ्टवेयर उद्योग, बलिउड र पाककला सबै सोफ्ट पावकै अ· हुन् । विदेशी परिवत्र्य सञ्चितिले यसमा थप मदत पुर्याउँछ ।
प्रधानमन्त्री मनमोहन सिंहले एकपटक भनेका थिए–“भारतको सोफ्ट पावर कुनै न कुनै रूपले विदेशनीतिको
महत्त्वपूर्ण उपकरण हुन सक्दछ । सांस्कृतिक सम्बन्धहरू भारतको चलचित्र उद्योग–बलिउड...“म मध्यपूर्व, अफ्रिका जहाँ जाँदा पनि मानिसले भारतीय फिल्मबारे कुरा गरेको पाएको छु ।” अथवा भारतीय चिकित्सकहरू, भारतीय प्राविधिकहरू अथवा भारतीय पाकशास्त्रीहरू । ती सबै राजदूत हुन् । प्रत्येक त्यो व्यक्ति, जो भारतको लागि बोल्दछ, भारतको सोफ्ट पावर प्रतिनिधि हो । स्त्री वा पुरुष, जसलेपनि काम गर्ने भारतीय ढाँचाको विश्वसनीयता र यथार्थको छनक दिन्छ । यो तत्कालका लागि उत्तरदायित्व हो र साथै भार पनि ।
भारतको सोफ्ट पावर सम्बन्धी निबन्धमा शशि थरूर भन्दछन्,...“आज थुप्रै मानिस भारतलाई एक्काइसौं शताब्दीको ठूलो शक्ति भन्दछन्, जबकि हामी अझ पनि आफ्ना सबै नागरिकलाई उचित भोजन, शिक्षा र रोजगार दिन सक्षम छैनौं । त्यसैले यसबारे जब म सोच्दछु, अनि मलाई लाग्दछ आर्थिक वृद्धि, सैन्य शक्ति वा जनसङ्ख्या होइन, अपितु एक्काइसौं शताब्दीमा
विश्वलाई भारतले दिन सक्ने सक्षम र नेतृत्वदायी भूमिका हो । अझ स्वतन्त्र भारतको एउटा योगदान जसमाथि
विश्व परिवेशमा निरन्तर ध्यान दिइनुपर्दछ, त्यो हो गुणस्तर, जसलाई भारतले आज प्रशस्त मात्रामा दिग्दर्शित गरिरहेको छ–तर ‘सोफ्ट पावर’ बनेर ।
माथिल्लो भनाइमा मेरो एकमात्र आपत्ति ‘आज’ भन्ने शब्दमाथि हो । भारतले त जहिले पनि सोफ्ट पावर प्रदर्शन गरेको छ, यद्यपि नजानेर नहोला, अनपेक्षित नै होला । गौतम बुद्धदेखि महात्मा गाँधीसम्म, कुषाणदेखि मुगलसम्म, नेहरूदेखि पञ्चशीलसम्म, तन्दुरी चिकनदेखि राजकपुर र अमिताभ बच्चनसम्म, आपम (दक्षिण भारतको एउटा खाद्य पदार्थ) र एभियलदेखि एम.एस. शुभलक्ष्मी र रुक्मिणी अरुन्देलसम्म, पस्मिना शलदेखि पटोला साडी तथा टैगोर र मीरा नायरसम्म हाम्रो सोफ्ट पावर निरन्तर प्रवाहमान छ । तिनलाई उत्पादन अथवा सम्पत्ति, जुनरूपमा हेरेपनि, तिनले विश्वसामु
हाम्रो परिचय निरन्तर काम गर्ने, शान्त, सुन्दर, संवेदनशील, परम्परागत, नयाँ गोरेटो कोर्ने र प्रेरणादायीरूपमा दिएका छन् ।
आफ्नो ६४ वर्षको इतिहासमा भारतले कहिले पनि अर्को
मुलुकमाथि अतिक्रमण गर्ने तथा
होच्याउने काम गरेको छैन र आफ्नो विशाल सैन्य शक्ति र आणविक शस्त्रास्त्र भएर पनि भारत कुनै पनि मुलुकका लागि खतरा छैन ।
हामीले धेरैपटक युद्ध गरेका छौं, तर तबमात्र जब हामीमाथि आक्रमण भयो र वार्ता तथा सम्झौताका सबै मार्ग बन्द भए । हामीले आफ्नो भूभाग गुमायौं, तर युद्धमा जितेर अर्काको भूभाग कहिल्यै लिएनौं । यसले विश्वलाई चकित पारेको छ र उनीहरू आश्चर्य गर्दछन् त्यसो भए तापनि यस क्षेत्रमा भारतलाई महाशक्ति बनेर उदित हुन केले रोकेको छ । हामी आफ्नो पाखुरी किन चलाउँदैनौं ? आफ्नो छिमेकका साना मुलुकहरूबाट पनि हामी किन समस्याग्रस्त हुन्छौं ?
यथार्थ के हो भने हामी कलह चाहँदैनौं । वैश्विक रणनीतिक समुदायमा अनुनयशील र सहयोगी शक्तिको रूपमा संलग्न हुन चाहन्छौं । त्यसका लागि महात्मा गाँधी र गौतम बुद्धलाई
आरोप लगाऔं अथवा उनको प्रशंसा गरौं । हामी शान्तिपूर्ण सह–अस्तित्वको मध्यमार्गको अनुसरण गर्दछौं । यसले हामीलाई जोखिममा त पार्छ, तर हामी जोखिमलाई दोषको रूपमा हेर्दैनौं । हामी रक्षापङ्क्ति बनाउँछौं, सुरक्षाका लागि खाडल खन्दैनौं । हामी पुल बनाउँछौं काँढेतार लगाउँदैनौं ।
बलियो आधारशिला नभई कुनै पनि राष्ट्रले सोफ्टपावरको अभ्यास गर्नु
सम्भव छैन । त्यसका लागि शक्ति जरुरी छ तर अटुट युद्ध शृङ्खला होइन । कौटिल्यले आफ्नो प्राथमिक अर्थशास्त्रमा के भनेका छन् भने जब कुनै राष्ट्र जोखिममा हुन्छ त्यहाँ दया, नैतिकता र धार्मिक सिद्धान्तको कुनै स्थान रहन्न, यदि ती युद्धमा विजयका लागि उपयोगी छैनन् भने । निश्चय नै, हामीसँग कठोरशक्ति छ, कुरा के मात्र भने हामी त्यसको उपयोग गर्न चाहँदैनौं ।