प्रस, वीरगंज, ८ माघ/
इँटा व्यवसायी महासङ्घले सञ्चालन गरेको आन्दोलनप्रति पर्सा–बारा, इँटा व्यवसायी सङ्घले एक्यबद्धता जाहिर गर्दै आन्दोलनलाई एक साता अझ लम्ब्याउने निर्णय गरेको छ । सरकारले इँटा व्यवसायीलाई भ्याटमा दर्ता हुन अनिवार्य गरेपछि आन्दोलनमा उत्रेको इँटा व्यवसायी महासङ्घले गत एक सातादेखि अधिराज्यव्यापी आन्दोलन गर्दै इँटा बिक्री ठप्प पारेको छ । महासङ्घले गरेको आन्दोलनप्रति आज पर्सा–बारा इँटा व्यवसायी सङ्घले एक्यबद्धता जाहेर गरेको सङ्घका अध्यक्ष राजकुमार सिन्धीले बताए ।
इँटा व्यवसायीहरूले हाल तिर्दै आएको वार्षिक कर दोब्बर तिर्न तयार रहेपनि आवधिक यस व्यवसायमा भ्याट लगाउँदा व्यवसायी मर्कामा पर्ने अध्यक्ष सिन्धीले बताए । उनले व्यवसायीहरूले भ्याटजस्तो झन्झटिलो कागजी गर्न नसकिने हुँदा भ्याटको विरोध गरेको बताए ।
पर्सा–बारामा १२५ वटा इँटा भट्टा
रहेका र ३० वटा इँटा–भट्टाहरू भ्याटको कारण बन्द भएको बताउँदै कोइला, दाउरा, मजदुरआदि समस्या भोग्दै आएका व्यवसायीहरू भ्याटको थप समस्यामा परेको बताए । उनले भारत र ब·लादेशमा पनि इँटामा भ्याट
लगाउन खोजिएको र विरोधपछि
हटाएर निर्धारित कर प्रणालीमार्फत् एकमुस्ठ करको व्यवस्था गरिएको
बताए ।
पर्सा–बारामा मात्रै करिब ३० करोड रुपियाँ इँटा भट्टामा लगानी भएको अध्यक्ष सिन्धीले जानकारी गराउँदै सरकारको गलत रवैयाको कारण लगानी जोखिममा परेकोले व्यवसायीहरू चिन्तित बन्दै गएको बताए ।