$type=ticker$count=12$cols=4$cate=0

वीरगंजलाई हामी कस्तो बनाउने ?

SHARE:

चन्द्रकिशोर
    सहरीकरणको दौडमा सम्पूर्ण तराई क्षेत्रलाई नियाल्ने हो भने वीरगंज अग्रस्थानमा आउँछ । तर वीरगंजको विस्तार जुनरूपमा भइरहेको छ, त्यो सन्तोषजनक छैन । सहरमा जनसङ्ख्या थपिनु, घरहरू बढ्दै जानु एउटा जिउँदो सहरको लागि राम्रो पक्ष हो । तर जे जति कारणले सहरको स्वरूप विस्तार हुँदै गइरहेको छ त्यसलाई व्यवस्थित गर्नु अर्को पक्ष हो । त्यस्तैे वीरगंजको पुरानो बसोबास क्षेत्रलाई  उपयोगी बनाइराख्न केही मान्यताहरूको पालन गर्न नागरिक सतर्कताको खाँचो त्यतिकै छ । यी सबै काम सरकारले गर्नुपर्ने हो, तर सबै कुरा उनीहरूकै टाउकोमा जाँदैन । नगरवासीको आफ्नो जिम्मेवारी पनि हुन्छ । आज वीरगंज जे जस्तो छ, त्यसमा यहाँका बासिन्दाको पनि भूमिका छ ।
    सडकको जग्गा अतिक्रमण गर्ने, पोखरीहरू मास्ने, सडकमा फोहर फाल्ने, निमार्ण सामग्रीहरू थुपार्ने, सडकमा आवतजावत बाधित हुने किसिमले घरको छाना निकाल्ने, नालामा दिसा गर्न लगाउने, नालाजाम पार्ने, सडकपेटीमा पसलहरू थाप्ने, जथाभावी होर्डिङ बोर्ड लगाउने, जथाभावी बिजुली, टेलिफोन र केबुल तार झुन्डयाउने, पोस्टर टाँस्ने, माइक बजाउने, सडकमा पानी खन्याउने, गाईवस्तु छाडा छाड्ने, जथाभावी पार्किङ गर्नेजस्ता समस्याहरू यहींका नगरवासीले  गरेका हुन् । आज माईराम पोखरी कब्जा गर्ने यसै शहरका स्वनामधन्य व्यक्ति हुन् । उनीहरू पोखरी मिच्दै घर बनाउँदै गइरहेका सबैले देखेका छन् । यी कुराहरू एउटा जिम्मेवार नागरिकले आफैं सोच्नुपर्ने कुरा होइन र ? नगर क्षेत्रको बासिन्दा बन्न खोज्ने तर आवश्यक नागरीय सभ्यता पालना नगर्नेजस्तो गैरजिम्मेवार प्रवृत्तिले नगरको कस्तो स्वरूप बनाउँछ ?
    अहिले बस्दै गरेका नयाँ–नयाँ टोलहरूमा एम्बुलेन्स, वारुणयन्त्र छिर्ने अवस्था छ कि छैन, त्यसको चासो न उपमहानगरपालिकाले राखेको छ न टोलवासीले नै । उपमहानगरपालिकामा यतिखेर निर्वाचित जनप्रतिनिधि छैनन्, जनप्रतिनिधिको नाममा जो राजनीतिक व्यक्ति त्यहाँ हर्ताकर्ता बन्न पुगेको छ, उसको प्राथमिकतामा ‘नगर’ छैन, भन्ने कुरा प्रस्ट छ । नगरपालिकाका दर्जनौंको सङ्ख्यामा रहेका अधिकृत तहका कर्मचारीहरू, त्यहाँका ‘स्थायी नगरप्रमुख’ हुन्, उनीहरूको समेत प्राथमिकता र स्वार्थ लुकेको छैन । अनि नगर कसको जिम्मामा छाड्ने ? फेरि पनि जिम्मेवारी नगरवासीकै काँधमा आउँछ । यतिखेर नगर सुधारप्रति अलिकति आशाको किरण देखापरेको छ । यो उज्यालोपनलाई जोगाउने, फराकिलो बनाउने र नगरको दिनचर्यासँग जोड्ने काम हामी सबैको हो ।
    करिब आठ वर्ष पहिले यस पङ्क्तिकारले ‘सय वर्षपछिको वीरगंज’को सपना देखेको थियो जो त्यतिखेर ‘तराई खबरपत्रिका’को २०६१ भदौको अड्ढमा प्रकाशित समेत भएको थियो । त्यो सपना आज पनि नगरवासीबीच पस्किन आवश्यक बुझेर जस्ताको त्यस्तै राख्ने प्रयास गरिएको छ । एक पत्रकारको डायरीको रूपमा प्रकाशित भएको सो सपनाको मूलपाठ यस्तो थियो:
    “रातको ११ बज्न लागेको थियो । पत्रकार तरुण विप्लव “वीरगंज २०६१” पुस्तक पढ्दैछन् । एउटा पानामा लेखिएको थियो, वीरगंज अर्थात कंक्रिटको सहर । नगरपालिकाको भवनको मापदण्डलाई मिचेर घरहरू बनेका छन् । घरहरू बन्दैछन्, निगरानी र नियन्त्रण छैन । जनप्रतिनिधिको अभावमा उपमहानगरपालिका लगामबिनाको घोडा भएको छ । उपमहानगरपालिकाभित्र पदाधिकारीहरू बीच समन्वय छैन । त्यसैले उपमहानगरपालिकामा मति र गतिको अभाव छ ।
    सार्वजनिक जग्गाहरू व्यक्ति विशेषले कब्जा गर्दैछन् । घडिअर्वा पोखरी परिसर अव्यवस्थित भएको छ, उपमहानगरपालिका जस्तै । वातावरण बीभत्स छ ।
    नाला खुला छ । श्रीसिया फोहोर नाला भएको छ । घण्टाघरबाट हेर्‍यो भने माकुराका जालजस्तै विद्युत्, टेलिफोन र टि.भी. एन्टेनाका तारहरू देखिन्छ कि धूवाँ उडाउँदै र हर्न बजाउँदै गरेका गाडीहरू देखिन्छन् । बाइपास डम्पिङ साइट भएको पाइन्छ ।
आज १५ भदौ २१६१
    म बिहान ६ बजे कौसीमा गएँ, वीरगंबाट नै प्रकाशित हुने ब्रोडसिट दैनिक ‘घण्टाघर’ पढें । राति मलाई डर लागेको थियो, कस्तो विवरण ठीक सय वर्ष अगाडिको । त्यसैले आज मेरो  वीरगंज नगर पुन: अवलोकन गर्न मन लाग्यो । मेरो बसाइ ग्रेटर वीरगंजको वडा नं २३४ हेटौडामा छ । हेटौडा आवासीय क्षेत्रको रूपमा पूर्णत: विकसित भएको छ । मेरो क्वार्टर भएको क्षेत्र पहिले औद्योगिक क्षेत्र थियो रे, आजकल राज्यले पत्रकारहरूलाई उपलब्ध गराएको कालोनी भएको छ । यहाँदेखि बोर्डरसम्म अब विद्युत् रेल र ट्रलिबसहरू चल्छन् । तर म आफ्नै गाडीले २५ मिनेटमा भिसवा डाँडा पुगें, कहीं ट्राफिक जाम भेटिएन । भ्यु टावरबाट हेरेंं, मलाई अत्यन्त खुशी लाग्यो । मेरो मन गर्वले फुल्यो– मेरो सहर वीरगंज रमणीय र सुन्दर छ । ढलहरू छोपिएका छन्, ढलको फोहर उपचार–पोखरीमा जान्छ र सफा भएपछि श्रीसियामा खसालिन्छ । अहा १ श्रीसियाको पानी त्रिशूलीजस्तै सफा छ, पर्यटकहरू डुङ्गा खियाइरहेका छन् । साबिकको ब्यारेक भएको ठाउँमा नेपाल एकीकरणताका शहीद भएकाहरूको सम्मानमा झन्डै वीरेन्द्र प्रभातघडीको उँचाइमा ‘एकता धरहरा’ निर्माण गरिएको देखिन्छ भने उता कुम्हालटोलमा साबिकको कारागार भएको ठाउँमा भोजपुरी सङ्ग्रहालयको मनोरम दृश्य देखिन्छ ।
    ८ बजे पोखरिया पुगें, यो क्षेत्र मेडिकल लाइन भनेर चिनिन्छ । यहाँ फ्रान्सका डा. राबर्ट फ्रान्सिस ‘मेडिकल रिभोल्युसन इन साउथ एसिया’ विषयमा प्रवचन दिन आएका छन् । उनले आफ्नो प्रवचनको अन्त्यमा भने–“जसरी मलाई बताइएको छ, ठीक सय वर्ष अगाडि वीरगंज नगरका जनताले आफ्नै अगुवाइमा ‘ग्रेटर वीरगंज’ अवधारणाका साथ निर्माण सुरु गरेका थिए । अव्यवस्थाको बीचबाटै व्यवस्थाको खोजी गरेका थिए । आज यो सहर दक्षिण एसियाकै ज्यूँदो सरहको रूपमा पाउँदा सभ्यताको धरोहरप्रति नतमस्तक हुन मन लाग्छ ।”
    गल्ली र टोलहरू सार्‍है सफा छन् । ड्राइपोर्ट क्षेत्र घना बस्तीको क्षेत्र मानिन्छ । अलौलाई टिपिकल भोजपुरी गाउँको रूपमा विकसित गरिएको छ । परसौनी अब एजुकेशन एरिया भएको  छ । हाम्रो  देशको सबभन्दा ठुलो विश्वविद्यालय गणेशमानसिंह खुला विश्वविद्यालय त्यहीं छ । यसै महिनामा कैयौंपटक विश्वविद्यालयमा आउनु परिरहेको छ । आज संयुक्त राष्ट्र सङ्घका महासचिव कोफि अन्नान द्वितीयको ‘वैश्विक शान्ति अभियानमा नेपाल’ विषयक एकल प्रवचन कार्यक्रम रहेको छ । उनी मात्रै तीनपटक यहाँ आइसके । नेपालमा प्राज्ञिक अनुसन्धान, अध्ययन र अन्तर संवादको केन्द्र भएको छ यो विश्वविद्यालय, त्यसैले अन्तर्राष्ट्रिय राजनेताहरू र विद्वान्हरू यहाँ आइरहन्छन् । त्यही सिएनएनकी पत्रकार मार्क पेरीले सोधिकी थिइन्– तपाईंहरूले वीरगंज सहरलाई यस्तो स्वच्छ, हराभरा, आनन्ददायी र बसूँबसूँ लाग्ने कसरी बनाउनुभयो ?
    लक्ष्मीप्रसाद देवकोटाको काव्यबारे विद्यावारिधि गर्ने पानामाकी छात्रा भियोलाले देवकोटा अध्ययन मण्डलमा आफ्नो तेर्‍हौं नेपाली काव्य पुस्तिका ‘अहा १ वीरगंज’ को दिउँसो लोकार्पण गराइन् । मण्डल, वातानुकूल बन्दोबस्त भएका महाकवि सम्बन्धी सङ्ग्रहालय र शोधार्थीहरूको अध्ययन, अनुसन्धान र बसोवास गर्ने थलो भएको छ ।
    नगवा, जो कूटनीतिक क्षेत्रका रूपमा स्थापित भएको छ, त्यहाँ विभिन्न राष्ट्रका महावाणिज्य दूतावासहरू अवस्थित छन् । त्यही माइदिया पोखरी किनारमा निर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बृहत् वीरगंजका प्रमुखद्वारा प्रेस मिट कार्यक्रम साँझ सम्पन्न भयो । गत महिना सम्पन्न सार्कको दशौं पटकको ‘वीरगंज शिखर सम्मेलन’ को व्यवस्थापनको समीक्षा गर्दै आउँदो मङ्सिरमा विश्व व्यापार स·ठनको ऐतिहासिक बैठक वीरगंजमा हुने घोषणा गर्नुभयो ।
    फर्किने बेला इन्डस्ट्रियल कोरिडोर नम्बर ६ भएर फर्कें । भनिन्छ, वीरगंज–पथलैयाबीच एउटा कोरिडोर विकसित भएपछि बृहतर वीरगंजको अवधारणा जन्मिएको थियो । फर्कंदा २६ मिनेट लागेको थियो ।”
           ह् ह् ह्
    यो सपनालाई सामाजिक यर्थाथका रूपमा रूपान्तरण गर्ने काम हामी नगरवासीको हो । भन्न के खोजिएको हो भने हामी तपाईंले आफ्नो नगरलाई कस्तो बनाउन चाहन्छौं, त्यसको एउटा साझा सपना हामीसँग हुनुपर्‍यो । एउटा ज्युँदो सहरले दुई, चार वा दश वर्षको सपना हेर्दैन उसले करिब सय वर्षको सपना हेर्छ । हामी पनि वीरगंजका लागि सय वर्षको सपना हेरौं र एउटा सुन्दर सहर निर्माणका लागि नागरिक कर्तव्यको पालना गरौं ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वीरगंजलाई हामी कस्तो बनाउने ?
वीरगंजलाई हामी कस्तो बनाउने ?
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/01/blog-post_737.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/01/blog-post_737.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy