प्रस, वीरगंज, १ माघ/
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले मुलुकको संविधान बन्ने कुरामा शड्ढा उब्जेको बताएका छन् ।
ठूला दलहरूका क्रियाकलापका कारण संविधाननिर्माणमा नै शड्ढा उब्जिएको बताउँदै यादवले निर्णायक आन्दोलनको तयारीमा जुट्न आफ्ना नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले नयाँ संविधान बन्न नसकेमा सबैभन्दा बढी घाटा मधेसी जनतालाई हुने बताउँदै त्यसतर्फ सचेत गराएका थिए ।
फोरम पर्सा क्षेत्र नं. १ को कार्यकर्ता भेलालाई अलौंमा आज सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । वर्तमान सरकार इतिहासमैं सबैभन्दा बढी भ्रष्ट देखिएको आरोप लगाउँदै अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन आफूले फिर्ता लिएको स्पष्ट पारेका थिए । मधेसी मोर्चालाई ठूला दलहरूले जुत्ता–चप्पलको रूपमा आवश्यकतानुसार प्रयोग गरिरहेको टिप्पणी गर्दै नेता यादवले संयुक्त मधेसी मोर्चाबाट मधेसी जनताले मुक्ति नपाउने दाबी गरे ।
क्षेत्रीय अध्यक्ष छोटेलाल साहको सभापतित्वमा सम्पन्न भेलामा पार्टीका पर्सा अध्यक्ष प्रदीप यादवले स·ठन निर्माणका साथसाथै समाजसेवामा जुट्नसमेत मातहतका स·ठन एकाइहरूलाई आग्रह गरेका थिए । जनसमर्थन प्राप्त गर्नको लागि जनताको दु:ख–सुख, बाधा–अप्ठ्यारामा समेत हातेमालो गर्दै सहयोग पुर्याउन सके मात्र स·ठनप्रति जनआस्था र विश्वास बढ्ने जिल्ला अध्यक्ष यादवले बताए । कार्यक्रममा सभासद् तथा मधेसी जनअधिकार फोरम नेपालका महासचिव रामसहाय यादव, केन्द्रीय सदस्य तथा क्षेत्रीय इन्चार्ज लालबाबू राउत गद्दी, रामाज्ञाप्रसाद कुशवाहा, महिला फोरमकी केन्द्रीय सदस्य सुनिता साह, नेतृ मिनी सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।