अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न: आमा–बुवा र चार दाजुभाइ गरी ६ जना सगोलका अंशियार छौं । केही महिना पहिले मात्र सबैको अंश लाग्ने सगोलको केही अचल सम्पत्ति एकजना दाजुको नाममा राखियो । उक्त जग्गामा सबैको अंश कायम हुने पनि लेखिएको छ । दाजुको नाममा जग्गा दर्ता भएको एक महिनापछि अन्य अंशियारलाई जानकारी नदिई अरुसाग बिक्री गरेका छन् । उक्त बिक्रीबारे भरखरेै अन्य अंशियारलाई थाहा भएको छ । सो जग्गा खरिदकर्ताबाट फिर्ता हुन्छ कि हुदैन ? फिर्ता हुन्छ भने कति फिर्ता हुन्छ । कुन निकायमा के मुद्दा कहिलेसम्म दिनुपर्छ ?
–एकजना शिक्षक
उत्तर: सगोलको पैतृक सम्पत्ति कुनै एक अंशियारको नाममा दर्ता भएपनि त्यसमा सबै अंशियारको अंश लाग्ने कानुनी प्रावधान छ । त्यस्तो सगोलको सम्पत्ति बिक्री गर्नुपर्यो भने सबैको सहमति लिएर मात्र बिक्री गर्न पाइन्छ । दर्तावालाले अन्यलाई जानकारी नदिई गुपचुप बिक्री गर्यो भने अन्य अंशियारले आफ्नो हक जति बदर गराई लिन पाउँछन् । तपार्इंको जिज्ञासा अनुसारको सबै जग्गाको लेखत बदर हुन सक्दैन तर जति अंशियारको लेखतमा सहमति मंजुरी छैन त्यतिजना अंशियारले आफ्नो अंश जति बदर गराउन पाउँछन् । जिज्ञासामा ६ अंशियार देखिएकोमा बिक्री गर्नेबाहेक सबैले आफ्नो हकको लेखत बदर गराउन सक्छन् । जस्तै ६ खण्डको ५ खण्ड जति सम्पत्ति बदर भएर आउन सक्छ । यस्तो मुद्दा सम्बन्धित जिल्ला अदालतमा लेखत पारित भएको मितिले एक वर्षभित्र थाहा पाएको मितिले ३५ दिनभित्र दायर गर्नुपर्छ । हदम्यादको प्रावधान अरू पनि छन् तर उपरोक्त म्यादभित्र बदर हुने बढी सम्भावना रहन्छ ।
प्रश्न: आमा र दुई दाजुभाइ गरी तीन अंशियार छौं । सगोलको पैतृक सम्पत्तिमध्ये थोरै आमाको नाममा छ र बढी भाउजुको नाममा छ । दाजुले अंश पाउन आमा र भाइमाथि मुद्दा दिएका छन् । जग्गावाला भाउजुलाई प्रतिवादी बनाइएको छैन । भाउजुको नामको सम्पत्ति बण्डा लगाउन के गर्नुपर्छ ?
–एकजना कृषक
उत्तर: सामान्यतया जसको नाममा सगोलको सम्पत्ति छ, त्यस व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दिइन्छ जसले गर्दा अदालतले ऊसँग सम्पत्ति विवरण माग गरेका बखत दिन सकोस् । अरूको नामको सम्पत्तिको विवरण अरूले दिनुपर्ने बाध्यता छैन । तर आफ्नो जिम्माको सम्पत्तिको तायदाती फाँटवारी अदालतले मागेको बखत दिनैपर्ने बाध्यता छ । नदिए अंश दपौटजस्ता खतरा बढ्न सक्छ । यस अवस्थामा सगोलको सम्पत्ति दर्ता भएको व्यक्ति मुद्दामा संलग्न छैन भने, कि अन्तरकालीन आदेशद्वारा प्रतिवादी बनाउन सकिन्छ कि उसलाई समेत प्रतिवादी बनाएर प्रतिवादीमध्येका कोहीले अंश मुद्दा चलाउनुपर्छ । अंश मुद्दामा प्रतिवादी बनाएपछि भाउजुले पनि
आफ्नो जिम्माको सम्पत्तिको तायदाती फाँटवारी दिन्छिन् र उनको नामको सम्पत्तिहरू बण्डा लाग्ने अवस्थाको रहेछ भने त्यसमा पनि सबैको अंश ठहरिन सक्छ ।
प्रश्न: चार दाजुभाइ सगोलमा बसेको अवस्थामा केही सम्पत्ति २०४० साल यता आर्जन भएका छन् ? त्यसमध्ये केही सम्पत्ति एकजनाकी पत्नीको नाउामा दर्ता भएको छ । श्रीमतीको नाउामा दर्ता भएको जग्गा अन्य दाजुभाइलाई अंश नदिने अडान उनको छ । सगोलको भाउजुको नाउत्मा दर्ता भएको जग्गामा अन्य अंशियारको हक लाग्छ कि लाग्दैन ?
–दिलीप, सर्लाही
उत्तर: सगोलको आर्जनको सम्पत्ति सगोलको जुनसुकै अंशियारको नाउँमा दर्ता भएपनि सबैको अंश हक लाग्छ तर सगोलको कुनै अंशियारले आफ्नो ज्ञान, सीप, प्रयासले कुनै सम्पत्ति प्राप्त गरेको छ भने त्यसमा अन्य अंशियारको हक लाग्दैन । कुनै अंशियारकी पत्नीले दाइजो, पेवाको रूपमा वा कसैसँग दान–बकसको माध्यमले पाएको छ भने पाउनेको निजी हुन्छ । अन्यको अंश लाग्दैन । सगोलको भाउजुको नाउँमा रहेको दाइजो पेवाको होइन र राजीनामा लेखतबाट खरिद भएर दर्ता भएको छ भने त्यो सम्पत्तिमा सबै अंशियारको हक लाग्छ । भाउजुको नाउँमा रहेको सम्पत्तिमा हक लाग्ने नलाग्ने सम्पत्ति प्राप्तिको स्रोतमा भर पर्छ ।