प्रस वीरगंज २ माघ/
१४ औं राष्ट्रिय भूकम्प दिवस आज वीरगंजमा पनि कार्यक्रमको आयोजना गरी मनाइएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय वीरगंजको आयोजनामा घण्टाघरमा १४ औ राष्ट्रिय भूकम्प दिवस मनाइएको थियो । आम जनमानसलाई सचेतना दिलाउने उद्देश्यले आयोजित सो कार्यक्रममा डिभिजन कार्यालय पर्साले परिवारमा भूकम्पीय प्रकोपको पूर्व तयारी योजना, सुरक्षात्मक भवन निर्माणका लागि ध्यान दिनुपर्ने कुराबारे पर्चा–पम्प्लेट वितरण गरिएको बताएका थिए । कार्यक्रम डिभिजन कार्यालयका प्रमुख सुनीलकुमार ठाकुरको अध्यक्षता र प्रजिअ शम्भु कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ कोइरालाले १९९० सालमा नेपालमा गएको भूकम्पबाट अतुलनीय क्षति बेहोर्नुपरेको कारण यसबाट जोगिनको लागि मापदण्डअनुसार भवन निर्माण गर्न आग्रह गरेका थिए । उनले
भूकम्पीय जोखिममा नेपाल
अहिलेसम्म अतिसंवेदनशील देशको सूचीमा रहेको कारण भूकम्पीय जोखिमबाट बच्नको लागि पूर्व तयारी आवश्यक रहेको बताए । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश खरेल, स्थानीय विकास अधिकारी रामाधीन यादव, जिशिअ प्रमोदकुमार साह, इन्जिनियर सुखचन्द्रलाल कर्ण, निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष ध्रुव यादव, इन्जिनियर एसोसिएसनका लालबाबु चौरसिया र सञ्जय खेतान लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।