प्रस, रौतहट, १४ माघ/
मध्यमाञ्चलस्तरीय क्षेत्रीय कबड्डी प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा भक्तपुरको टिम विजयी भएको छ भने पुरुषतर्फको कबड्डी प्रतियोगिताको सेमीफाइनलमा बाराको टिम विजयी भएको छ ।
महिलातर्फ आज भक्तपुर र बाराबीच भएको फाइनल प्रतियोगितामा भक्तपुर ३५ अड्ढ हासिल गरी विजयी भएको थियो भने बारा ३४ अड्ढ प्राप्त गरी दोस्रो भएको थियो । यसैगरी पुरुषतर्फ भक्तपुर र बाराबीच भएको सेमीफाइनलमा बारा ५४ अड्ढ प्राप्त गरी फाइनलमा पुगेको छ भने भक्तपुर १८ अड्ढ ल्याइ पराजित भएको थियो । महिलातर्फको विजेता टोलीलाई प्रमाणपत्र तथा मेडल प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी उपेन्द्र साहले वितरण गरेका थिए । सो अवसरमा साहले खेलकुद व्यक्तित्व विकास, शारीरिक विकास तथा ख्याति प्राप्त गर्ने माध्यम भएकोले अझ जागरुक हुन आग्रह गरेका थिए । मध्यमाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष राजिन्द्र मण्डलको संयोजकत्वमा समारोह सम्पन्न भएको थियो । सो अवसरमा अर्जुन बिडारी, रामनारायण मण्डल, क्यामुदीन मन्सुरी निर्णायकमण्डलमा रहेका थिए ।