$type=ticker$count=12$cols=4$cate=0

लोडसेडिङ र ग्यास अभावले सरस्वती पूजा पनि प्रभावित

SHARE:

सरस्वती माताको मूर्तिमा श्रीपञ्चमीको अवसरमा पूजाअर्चना गर्दै
निजगढका विद्यार्थीहरू । फोटो: जीतलाल श्रेष्ठ
प्रस, वीरगंज, १४ माघ/
    लोडसेडिङका साथै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभावका कारण पर्सा जिल्लामा धूमधामका साथ मनाइँदै आएको सरस्वती पूजा यसपालि प्रभावित भएको छ ।
    विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले श्रद्धा र आस्थाका साथ मनाउने यो पर्व पर्सा जिल्लामा देशका अन्य ठाउँभन्दा भिन्न किसिमले मनाइने गरिन्छ । सरस्वती भएको मठमन्दिरमा गएर पूजाअर्चना गर्नुका साथै विद्यालय र क्याम्पसका अलावा शहर र गाउँको टोल–टोलमा माटोबाट बनाइएका सरस्वती माताको कलात्मक मूर्ति स्थापना गरी भव्य सजावटका साथ पूजाअर्चना गर्ने गरिन्छ । सरस्वती पूजाको नाउँमा शहरदेखि गाउँसम्म सयौं ठाउँमा चन्दा माग्ने कार्य यसपालि पनि यथावत् रह्यो । त्यस्तै मूर्तिहरू पनि विगतभन्दा थोरै बिक्री भएको छ । सरस्वती पूजाको शहर र गाउँमा विगतको जस्तै रौनक भने यसपटक देख्न पाइएन ।
    गतवर्ष शहर र गाउँमा गरिने सरस्वती पूजास्थलमा हिन्दी चलचित्रका चल्तीको गीत खुबै गुञ्जायमान भएपनि यसपटक गुञ्जन पाएन । १४ घण्टे लोडसेडिङको कारण अधिकांश सरस्वती पूजास्थलमा यसपटक माइक र म्युजिक सिस्टमहरू लगाइएको थिएन । शान्त वातावरणमा शहर र गाउँमा सरस्वती पूजा सम्पन्न भएको छ । लोडसेडिङका कारण गीत बज्न पाएन भने पेट्रोलियम पदार्थ र ग्यासको अभावले मिठाइहरू बन्न सकेन । मटीतेल र ग्यास अभावले विगतमा गरिने भोजभतेर पनि यसपालि भएन । प्रसादको लागि फलफूल नै वितरण गरिएको थियो ।
प्रस, कलैया/
    विद्याकी देवी सरस्वतीको पूजा गरी बारामा श्रीपञ्चमी पर्व शनिवार  धूमधामका साथ मनाइएको छ । कलैयालगायत बाराको ९८ गाविसका निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरूले हर्षोल्लासका साथ श्रीपञ्चमी पर्व मनाएका छन् । विद्यार्थीहरूले पण्डाल निर्माण गरी त्यसमा सरस्वतीको मूर्ति स्थापना गरेका थिए । सूर्य उत्तरतिर लागी दिन लामो हुने र आजदेखि बसन्त ऋतु प्रारम्भ भएकाले श्रीपञ्चमीलाई बसन्त पञ्चमीसमेत भनिन्छ । आजका दिन बालबालिकालाई अक्षरसमेत चिनाइन्छ ।
प्रस, निजगढ/
    श्रीपञ्चमी अर्थात् सरस्वती पूजा शनिवार विद्यार्थीहरूले धूमधामका साथ मनाएका छन् ।
    विद्यार्थीहरूले बिहानै स्नान गरी शुद्ध भई आ–आफ्ना विद्यालयमा प्राण प्रतिष्ठा गरिएका सरस्वतीको मूर्ति, फोटोमा पूजाआजा गरेका थिए । विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दा वर्षभरि मेहनत गरी अध्ययन गरिएको विद्या कहिल्यै नभुल्ने र पठनपाठनमा मन लाग्ने विद्यार्थीहरूमा आस्था रहेको पाइन्छ । निजगढ, रतनपुरी, भरतगंजसिगौल, डुमरवाना, कोहल्वी, सपही, अमलेखगंज गाविसका सम्पूर्ण विद्यालयहरूमा धूमधामका साथ सरस्वती माताको पूजा गरिएको छ । सरस्वती पूजालाई विद्यार्थी एवं शिक्षकशिक्षिकाबीच सुमधुर सम्बन्ध बढाउने पर्वका रूपमा समेत लिने गरिन्छ । पूजापछि प्रसाद वितरण गरी   विद्यार्थीहरूले विद्यालयमैं सामूहिकरूपमा मिष्ठान्न भोजन गर्ने हुँदा विद्यार्थीहरूबीच एकापसमा मित्रता प्रगाढ हुने गरेको पाइन्छ । सामूहिकरूपमा मनाइने सरस्वती माताको पूजाआजा विद्यालयजीवनमा विद्यार्थीहरूले कहिल्यै बिर्सन नसकिने क्षणको रूपसमेत रहने पूर्वविद्यार्थीहरू बताउँछन् । श्रीपञ्चमीको अवसरमा विद्यालयहरूमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लोडसेडिङ र ग्यास अभावले सरस्वती पूजा पनि प्रभावित
लोडसेडिङ र ग्यास अभावले सरस्वती पूजा पनि प्रभावित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjYQjiO0pxcoCchly6-We5oB3nVh1VnNCB9PTzud3RxGLAmSCi7E5MdBAjDW0FS-sqER8EH6KWr3RqjpcBrnrRnORj2dwOncXw00L1HaPCS1oP8TlbNNWAJ4mgTvhikD_pYat1oUghekZE/s320/nj.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjYQjiO0pxcoCchly6-We5oB3nVh1VnNCB9PTzud3RxGLAmSCi7E5MdBAjDW0FS-sqER8EH6KWr3RqjpcBrnrRnORj2dwOncXw00L1HaPCS1oP8TlbNNWAJ4mgTvhikD_pYat1oUghekZE/s72-c/nj.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2012/01/blog-post_6047.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2012/01/blog-post_6047.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy